१) अबू सईद खुदरी (रजि.) को भनाई छ कि अल्लाहका रसूल (स.) ईद अल्–अज्हा वा ईद अल्–फित्रको दिन ईदगाह (केवल ईदको नमाज पढ्ने ठाउँ) जानुभयो । पुरुषहरुलाई खुल्ला (धर्मोपदेश) सुनाएपछि उहाँ (स.) स्त्रीहरु तिर जानुभयो र भन्नुभयो, “हे स्त्रीहरु हो ! सदका (दान) गर किनभने मैले नर्कमा तिमीहरुको अधिकतरलाई देखेको छु ।” स्त्रीहरुले सोधे, “हे अल्लाहका रसूल ! यसो किन भएको हो ?, उहाँ (स.) ले भन्नुभयो, “तिमीहरु धेरै धिक्कार्छौ र आफ्ना पतिहरुको अवज्ञा गर्छौ । मैले तिमीहरु भन्दा बढी अरु कसैलाई देखिन जो बुद्धिमा र दीन (इस्लाम) मा कम छन् र बुद्धिमानी पुरुषलाई मूर्ख बनाउँछन् । स्त्रीहरुले सोधे, “हे अल्लाहका रसूल ! हामी कसरी बुद्धिमा र दीन (इस्लाम) मा कम छौं ?” उहाँ (स.) ले भन्नुभयो, “के स्त्रीको गवाही पुरुषको तुलनामा आधा होईन ?” स्त्रीहरुले भने, “हो” अनि भन्नुभयो “यो हो स्त्रीको कम बुद्धि, अनि जब स्त्री हैजको अवस्थामा हुन्छे, ऊ नमाज पनि पढ्दैन र रोजा पनि राख्दैन ?” स्त्रीहरुले भनिन् “हो” । (बुखारी र मुस्लिम)
२) अनस (रजि.) को भनाई छ कि यहूदीहरुकोमा जब स्त्रीहरु हैजको अवस्थामा हुने गर्थे उनीहरु न त उनीहरु (स्त्रीहरु) सँग बसेर खाना खान्थे र न उनीहरुसँग संभोग गर्थे । यस विषयमा अल्लाहका रसूल (स.) सँग सोधे अनि यो आयत अवतरित भयो,“र उनीहरु तिमीसँग रजस्वलाको बारेमा सोध्दछन् । भनिदेऊ यो एक प्रकारको अपवित्रता हो ।” अनि, रजस्वलाको अवस्थामा स्त्रीहरुबाट अलग बस र तिनीहरु पवित्र नहोउन्जेलसम्म तिनको नजिक नजाऊ ।” (सूरह अल्–बकरह) ।अनि अल्लाहका रसूल (स.) ले भन्नुभयो, “संभोग बाहेक जे पनि गर्न सक्छौ ।” (मुस्लिम, अहमद, अबू दाऊद, तिर्मिजी, नसई, इब्ने माजा)
टिप्पणियाँ