सीधे मुख्य सामग्री पर जाएं

नमाजका सर्तहरु

*कुनै पनि नमाजलाई त्यसको समय हुनुभन्दा पहिले पढ्ने अनुमति छैन । त्यसैले नमाजको समय भएको ज्ञान हुनु जरुरी छ । अल्लाह तआलाले भनेका छन्ः “निस्सन्देह आस्थावानहरुमाथि समयको पालनाका साथ नमाज अनिवार्य गरिएको छ ।” (सूरह अन्–निसा: १०३)
**अल्लाह तआलाले भनेका छन्: “हे आस्थावानरु हो ! तिमीहरु नमाजकालागि उभिंदा आफ्नो अनुहार धोऊ.... (अर्थात वुजु गर) । (सूरह अल्–माइदा: ६) 

१) अब्दुल्लाह बिन उमर (रजि.) को भनाई अनुसार अल्लाहका रसूल(स.) ले भन्नुभयो, “अल्लाह तआला वुजु बिना कुनै पनि नमाज स्वीकार गर्दैनन् र माले गनिमतबाट चोरेर दिइएको सदका (दान) स्वीकार गर्दैनन् ।” (बुखारी, मुस्लिम, अह्मद, अबू दाऊद, तिर्मिजी, नसई, इब्ने माजा)

२) अबू हुरैरह (रजि) को भनाई छ कि एउटा देहाती (मस्जिदमा) आयो र मस्जिदको सहन् (आंगन) मा बसेर पिसाब गर्न थाल्यो । सहाबीहरु (रजि.) उसलाई समात्न र रोक्न दर्गुन थाले । अल्लाहका रसूल (स.) ले भन्नु भयो, “उसलाई पिसाब गर्न देऊ र त्यस पछि उसको पिसाब माथि एक मग पानी बगाईदिनु किनकी तिमीहरु सजिलो बनाउन पठाइएका हौ (मामिलालाई सजिलो बनाउन पठाइएका हौं) झन गाह्रो बनाउन पठाइएका होइनौं ।” (बुखारी, अहमद्, अबू दाऊद, तिर्मिजी, नसई, इब्ने माजा)

*नमाज पढ्ने ठाउँ यदि अपवित्र छ वा कपडा वा शरिरमा अपवित्रता लागेको छ भने नमाज मान्य हुँदैन ।
**पानी बगाएर जमिनलाई पवित्र पार्नुमा कसैको असहमति छैन । तर हनफी विद्वानहरुका अनुसार जमिनलाई खन्नु र त्यसमाथि तीन पटक पानी बगाउनु वा एकै पटक धेरै पानी बगाउनु जरुरी छ । उनीहरुको प्रमाण अबू दाऊद, दार कुत्नी र तहावीको अर्को हदीस हो जसमा उल्लेख भएको छ कि जब देहातीले पिसाब गरिसक्यो अल्लाहका रसूल (स.) ले जमिनलाई खन्न र त्यसमाथि पानी बगाउने आदेश दिए । अरु विद्वानहरुको अनुसार यो हदीस मुर्सल (यसमा सही हुने सर्तहरुमा कमि भएको) वा कमजोर (सही हुने सर्तहरुमा धेरै कमि भएको अवस्था) भएकोले यो हदीस विश्वसनीय नभएको हो । तर स्मरण रहोस् कि हनफी विद्वानहरुका अनुसार जमिन खन्ने काम केवल यस अवस्थामा गरिनेछ जब जमिन कच्ची र यति कडा होस् कि पानी सोस्ने क्षमता नहोस् र यदि त्यो जमिन पानी सोस्ने क्षमता राख्छ भने त्यसलाई खन्नु जरुरी हुँदैन । (इमाम अ‍ैनी फी शरह सही अल्–बुखारी)
***हनफी विद्वानहरुको अनुसार हावा र घाममा सुखेर अशुद्धताको प्रभाव सकिनाले पनि जमिन पवित्र हुन्छ । तर यस अवस्थामा त्यस जमिनमा केवल नमाज पढ्ने उचित हुनेछ, जमिनको त्यस भागले तयम्मुम गर्ने अनुमति छैन । (शरह वकावह्) यसको लागि हनफी विद्वानहरु यो प्रमाण दिन्छन्, अब्दुल्लाह बिन् उमर (रजि.) को भनाई छ, “म जब अविवाहित र युवा थिँए र मस्जिदमा सुत्ने गर्थें । कुकुरहरु मस्जिदमा आउँथे, पिसाब गर्थे र यता  घुुम्थे तर यस कारणले मस्जिदलाई धोईंदैन थियो । (अबू दाऊद)

३) अनस (रजि.) द्वारा उल्लेखित हदीसमा अल्लाहका रसूल (स.) ले भन्नुुभयो “पिसाब कपडा वा शरिरमा लागेको अवस्थामा पवित्रता अपनाऊ किनभने साधारणतया कब्र (चिहान) मा यसकै कारणले सजायँ दिइन्छ ।” अल्लाह तआलाको भनाई छः “र, आफ्ना वस्त्रहरु पवित्र राख ।” (सूरह अल्–मुद्दस्सिर: ४)

४) जाबिर बिन समुरह (रजि.) को भनाई अनुसार एउटा मान्छेले अल्लाहका रसूल (स.) लाई सोध्यो “के म आफ्नी पत्नीसँग समागम गर्दा लगाएको लुगामा नै नमाज पढ्न सक्छु ?” उहाँ (स.) ले भन्नुभयो, “सक्छौ तर यदि त्यस लुगामा अपवित्रता लागेको छ भने त्यसलाई सफा गर ।” (अहमद, इब्ने माजा)

*नमाज पढ्दा पुरुष तथा स्त्री दुबैले आफ्ना गुप्ताङ्ग छोप्नु अनिवार्य छ भन्ने विषयमा सबै इमामहरुको सहमति रहेको छ । (बिदायत् अल्–मुज्तहिद)

५) सलमा बिन अकू (रजि.) को भनाई छ कि मैले अल्लाहका रसूल (स.) लाई सोधें “के म केवल आफ्नो कुर्तामा नमाज पढ्न सक्छु ?उहाँ (स.) ले भन्नुभयो, “अँ, तर काँडाको प्रयोगले भए पनि बटन लगाऊ (अर्थात: आफ्नो गुप्ताङगलाई जसरी भए पनि लुकाऊ) ।” (बखारी)

*पुरुषको लागि नाइटो देखि घुँडासम्मको भाग गुप्ताङ्गमा समावेश छ र नमाजको अवस्थामा यो भागलाई छोप्नु अनिवार्य छ ।

६) जुर्हद (रजि.) को भनाई छ, "म एउटा खास्टो ओढेर बसिरहेको थिएँ र मेरो तिघ्रा नाङ्गो थियो । त्यतिबेला अल्लाहका रसूल (स.) मेरो अगाडिबाट जानुभयो र मलाई भन्नुभयो, आफ्नो तिघ्रालाई छोप किनभने तिघ्रा गुप्ताङ्गको एउटा भाग हो ।” (अह्मद, अबू दाऊद, तिर्मिजी, मालिक, तअ्लिकत इमाम बुखारी)

७) उमर (रजि.) को भनाई अनुसार अल्लहका रसूल (स.) ले भन्नुभयो, “जब तिमीमध्ये कोही नमाज पढ्छ उसले दुईवटा वस्त्रमा नमाज पढ्नु उचित छ । र यदि उसँग  दुईवटा वस्त्र छैनन् भने उसले आफ्नो वस्त्रले नाइटो मुनि छोप्ने। नमाज पढ्न यहूदीहरुको जस्तो शरिरमा लुगालाई बेर्नु हुँदैन ।” (तबरानी, बैहकी)

*दुबै हात (नाडीसम्म) र अनुहार बाहेक स्त्रीको पूरै शरिर गुप्ताङ्ग हो । यस कारणले स्त्रीको लागि नमाजको अवस्वथामा अनुहार र दुबै हात बाहेक पूरै शरिरलाई छोप्नु  अनिवार्य छ । अल्लाह तआलाको भनाई छः “र आफ्नो श्रृङ्गार प्रदर्शन नगरुन् त्यसबाहेक जुन स्वयं जाहेर हुन्छ ।” (सूरह अन्– नूर)

८) आइशा (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो, “अल्लाह तआला वयस्क स्त्रीको नमाजलाई स्वीकार गदैनन् जबसम्म ऊ टाउकोलाई छोपेर नमाज पढ्दैन ।” (अह्मद, अबू दाऊद, तिर्मिजी, इब्ने माजा)

९) अबू हुरैरह् (रजि.) को भनाई छ कि नबी (स.) ले भन्नुभयो, “तिमीहरुमध्ये कोही पनि एउटा लुगामा नमाज पढ्दा उसको काँधमा त्यस लुगाको कुनै भाग नभएको अवस्थामा नमाज नपढोस् ।” (बुखारी र मुस्लिम) ।

*इमाम अबू हनीफा (रह.), इमाम मालिक (रह.) , इमाम शाफिई (रह.) र इमाम अह्मद बिन हम्बल् (रह.) को सहमति यस कुरामा रहेको छ कि शरिर छोप्नको निम्ति कपडा बाक्लो हुनुपर्दछ । छालाको रङ्ग देखिने कपडाले शरिर छोप्ने अनुमति छैन । (अल्–फिक्ह अला अल्–मजाहिब् अल्–अर्बआ)

**नमाजको लागि किब्ला तिर फर्कनु अनिवार्य छ । अल्लाह तआलाको भनाई छ: “आफ्नो अनुहारलाई मस्जिदे हराम (अर्थात कअ्बा) तिर फर्काऊ । (हे आस्थावानहरु हो !) तिमीहरु जहाँसुकै भए पनि आफ्नो अनुहार (नमाजमा) त्यसैतर्फ गर । (सूरह अल्–बकरह्)
जो व्यक्ति कअ्बालाई आफ्नो आँखाले देख्न सक्छ, उसले ठीक कअ्बातिर फर्केर नमाज पढ्नु उसमाथि अनिवार्य रहेको छ । तर जो कअ्बालाई देख्ने सामथ्र्य राख्दैन उसले कअ्बाको दिशातिर फर्केर नमाज पढनु जरुरी छ तर ठीक कअ्बातिर फर्कनु अनिवार्य छैन । 

१०) अबू हुरैरह् (रजि.) को भनाई अनुसार अल्लहका रसूल (स.) ले भन्नुभयो “किब्ला पूर्व र पश्चिमको बीचमा रहेको छ ।” (तिर्मिजी, इब्ने माजा)

*यो आदेश मदीनाबासीहरुको निम्ति हो । हाम्रो देशको अनुसार किब्ला उत्तर र दक्षिणको बीचमा पर्छ ।

११) मआज् बिन जबल (रजि.) को भनाई छ, “हामीले अल्लाहका रसूल (स.) सँगै यात्रामा बादल लागेको दिन किब्ला नभएको दिशातिर फर्केर नमाज पढ्यौं । जब नमाज समाप्त भयो र घाम निस्कियो अनि हामीले अल्लाहका रसूल (स.) लाई भन्यौं कि हामीले किब्ला नभएको दिशातिर फर्केर नमाज पढेका छौं । उहाँ (स.) ले भन्नुभयो, ‘तिम्रो नमाजलाई हकका साथ अल्लाह तर्फ उठाइएको छ ।’” (तबरानी)

*यदि नमाज पढ्दा पढ्दै सही दिशाको ज्ञान भयो भने त्यही अवस्थामा (अर्थात नमाज पढेकै अवस्थामा) किब्लातिर फर्कनुपर्छ ।

१२) इब्ने उमर (रजि.) को भनाई छ, “मानिसहरु कुबामा बिहानको नमाज (फज्र नमाज) पढिरहेका थिए । त्यतिबेला एउटा व्यक्तिले आएर सूचित गर्यो कि अल्लहका रसूल (स.) माथि कुरआन अवतरित भएको छ र उहाँ (स.) लाई कअ्बातिर फर्कने आदेश भएको छ । त्यसै समयमा सम्पूर्ण नमाजीहरु (नमाजकै अवस्थामा) कअ्बातिर  फर्के । (कअ्बातिर फर्कनु भन्दा पहिले) उनीहरु शाम (सिरिया) तिर फर्केर नमाज पढिरहेका थिए ।” (बुखारी र मुस्लिम)

*किब्लातिर फर्कने अनिवार्यता निम्न अवस्थामा खारिज हुन्छ। 

१३) आमिर बिन रबीआ (रजि.) को भनाई छ कि मैले अल्लाहका रसूल (स.) लाई उहाँ (स.) को सवारीको जनावर गएको दिशातिर फर्केर नमाज पढ्नुभएको देखें ।” (बुखारी र मस्लिम)

*बुखारी (रह.) द्वारा उल्लेख गरिएको हदीसमा यी शब्दहरु बढी छन् “उहाँ (स.) आफ्नो टाउकोले इशारा गर्नुहुन्थ्यो तर फर्ज नमाजमा उहाँ (स.) यसो गर्नु हुन्नथ्यो ।”
तर फर्ज नमाजलाई कुनै बाध्यता बिना नत सवारी (घोडा, उँटहरु) मा पढ्ने अनुमति छ र न किब्लाको अर्को दिशातिर फर्केर पढ्ने अनुमति छ ।

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

फर्ज नमाज एक्लै वा जमाअतका साथ पढिसकेपछि पुनः त्यही नमाजको जमाअतमा सामेल हुनु

१) यजीद बिन अस्वद (रजि.) भन्छन्, “म हजको बेला अल्लाहका रसूल (स.) सँग थिएँ । मैले बिहानको नमाज उहाँ (स.) सँग खैफ मस्जिदमा पढें । उहाँ (स.) ले सलाम फेरे पछि दुई जनालाई सबैजनाको पछाडि उभिएको देख्नुभयो जसले उहाँ (स.) सँग नमाज पढेका थिएनन् । उहाँ (स.) ले भन्नुभयो “उनीहरुलाई म समक्ष लिएर आऊ ।” उनीहरुलाई ल्याए पछि उनीहरु डरले कापिरहेका थिए । उहाँ (स.) ले उनीहरुसँग सोध्नुभयो, “तिमी दुवैजनाले हामीहरुसँग नमाज किन नपढेको ?” उनीहरुले जवाफ दिए “हे अल्लाहका रसूल ! हामीहरु आफ्नो घरमा नमाज पढेर आएका थियौं ।” उहाँ (स.) ले भन्नुभयो “यसो नगर, यदि तिमीहरु घरबाट नमाज पढेर मस्जिद आउँदा मस्जिदमा नमाज भईरहेको छ भने तिमीहरु पनि जमाअतमा सामेल होऊ । यो नमाज तिमीहरुको लागि नफ्ल नमाज हुनेछ ।” (अह्मद, अबू दाऊद, तिर्मिजी, नसई, दार कुत्नी, इब्ने हिब्बान, हाकिम) २) अबू जर (रजि.) भन्छन्, “ अल्लाहका रसूल (स.) ले मलाई भन्नुभयो, ‘यदि तिमीहरुमाथि यस्ता शासकहरुले प्रधानता प्राप्त गरे जो नमाजलाई उसको समयभन्दा ढीला पढ्छन् भने तिमीहरुको अवस्था त्यतिबेला कस्तो हुने होला ?’ मैले भनें, ‘त्यसो भए तपाई मलाई ...

सलातुल् मरीज (बिरामीको नमाज)

१) इम्रान बिन हुसैन (रजि.) को भनाई छ , “ मलाई पाइल्स भएको थियो । मैले अल्लाहका रसूल (स.) सँग सोधें “नमाज कसरी पढ्ने ?” उहाँ (स.) ले भन्नुभयो “उभिएर नमाज पढ् यदि यसको सामथ्र्य छैन भने बसेर नमाज पढ । र यदि यसको पनि सामथ्र्य छैन भने आफ्नो दाहिनेतर्फ पल्टेर नमाज पढ ।” (बुखारी , अबू दाऊद , तिर्मिजी , नसई , इब्ने माजा) नसईमा यो वाक्य बढी उल्लेख भएको छ “र यदि यसको पनि सामथ्र्य छैन भने सीधा पल्टेर नमाज पढ । अल्लाह तआला कुनै प्राण माथि उसको सामथ्र्य भन्दा अधिक भार (जिम्मेवारी) राख्दैनन् ।” २) अली (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो “बिरामीले उभिएर नमाज पढ्नुपर्छ यदि ऊ यसको सामथ्र्य राख्छ भने र यदि यसको सामथ्र्य राख्दैन भने बसेर नमाज पढ्ने । यदि ऊ सज्दा गर्ने सामथ्र्य राख्दैन भने टाउकोले इशारा गर्ने र आफ्नो सज्दा गर्दा रुकूको तुलनामा अलि बढी झुक्ने । यदि ऊ बसेर नमाज पढ्ने सामथ्र्य राख्दैन भने किब्लातिर फर्केर आफ्नो दाहिनेतिर पल्टेर नमाज पढ्ने । यदि दाहिनेतिर पल्टने पनि सामथ्र्य छैन भने सिधा पल्टेर खुट्टाहरुलाई किब्लातिर गरेर नमाज पढ्ने ।” (दार कुत्नी) । यो हदीस कमजोर श्रेण...

तरावीह वा रमजान महिनाको कियाम

१) आइशा (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले एक रात मस्जिदमा नमाज पढ्नु भयो र धेरै जना उहाँ (स.) सँग सामेल भए । दोस्रो रात उहाँ (स.) ले नमाज पढ्नु भयो र अझै मानिसहरु सामेल भए । फेरी तेस्रो रात वा चौथो रात मानिसहरु भेला भए तर अल्लाहका रसूल (स.) बाहिर आउनु भएन । बिहान भएपछि उहाँ (स.) ले भन्नुभयो “मैले राती तिमीहरुलाई भेला भएको देखेको थिएँ तर मलाई केवल एउटा कुराले बाहिर आउनबाट रोक्यो र त्यो हो कि कतै यो नमाज तिमीहरुमाथि अनिवार्य नगरियोस् ।” यो रमजान महिनामा भएको थियो । (बुखारी , मुस्लिम , अबू दाऊद , नसई , इब्ने माजा , अह्मद , मालिक) २) उबै बिन कअ्ब (रजि.) को भनाई अनुसार उनी अल्लाहका रसूल (स.) समक्ष उपस्थित भए र सोधे “हे अल्लाहका रसूल ! आज राती (बितेको राती) मसँग एउटा अचम्मको घट्ना घट्यो ।” त्यस समय रमजान महिना चलिरहेको थियो । उहाँ (स.) ले भन्नुभयो , “ हे उबै ! त्यो के हो ?” उनले जवाफ दिए “मेरो घरमा केही महिलाहरुले मलाई भने , आज हामी कुरआन पढ्ने छैनौं , हामी त तपाइसँग नमाज पढ्नेछौं । अनि मैले उनीहरुलाई आठ रकअत नमाज पढाएँ । अनि वित्रको नमाज पढाएँ ।” अनि अल्लाहका रसूल (स) ले केह...