*जसले अजान सुन्दछ उसले मुअज्जिनसँग अजानका वाक्यहरुलाई दोहोर्याउनुपर्छ र जब मुअज्जिन “हैय अलस्सलाह्” र “हैय अलल् फलाह” भन्छ त्यति बेला “ला हौल वला कूवत इल्ला बिल्ला” भन्नु मुस्तहब हो ।
१) उमर (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो, “जसले सच्चा ह्रदयका साथ यसो गर्छ उसले स्वर्गमा प्रवेश पाउँछ ।” (मुस्लिम, अबू दाऊद)
*बिहान (फज्र) को अजानमा “अस्सलातु खैरुम् मिनन् नौम”को जवाफमा कुनै पनि वाक्य भन्ने हदीसमा उल्लेख भएको छैन । (सुबुल् अल्–सलाम्, तुह्फत् अल्–अह्वजी)
हनफी, हम्बली र शाफिई विद्वानहरुका अनुसार बिहानको अजानमा प्रयोग हुने वाक्य “अस्सलातु खैरुम् मिनन् नौम” को जवाफमा “सदक्त व बरर्त” (तिमिले सत्य भन्यौ र पुण्यको काम बतायौ) भन्नु मुस्तहब् हो । (अल्–फिक्ह अला अल्–मजाहिब अल् अर्बआ)
टिप्पणियाँ