१) आइशा (रजि.) को भनाई छ कि जब अल्लाहका रसूल (स.) अपवित्रताको अवस्थामा गुस्ल गर्नुहन्थ्यो, सर्वप्रथम आफ्नो हात धुनु हुन्थ्यो, फेरी दाहिने हातले देब्रे हातमा पानी हालेर गुप्ताङ्ग धुनु हुन्थ्यो फेरी वुजु गर्नु हुन्थ्यो जसरी नमाजको लागि उहाँ (स.) वुजु गर्नु हुन्थ्यो । फेरी पानी लिनुहुन्थ्यो अनि आफ्नो कपालको जरामा औंला हाल्नुहुन्थ्यो । अनि जब यो आभास हुन्थ्यो कि पानी जरासम्म पुगिसकेको छ भने आफ्नो टाउकोमा तीन चोटि पानी हाल्नुहुन्थ्यो। अनि पूरै शरीरमा पानी खन्याउनु हुन्थ्यो । (बुखारी र मुस्लिम)
२) मैमुना (रजि.) भन्नु हुन्छ कि मैले अल्लाहका रसूल (स.) लाई गुस्ल गर्नको लागि पानी राखें । उहाँ (स.) ले पहिले आफ्ना दुवै हातहरुमा पानी खन्याउनु भयो र दुई वा तीन चोटि तिनीहरुलाई धुनुभयो । अनि दाहिने हातले देब्रे हातमा पानी खन्याउनु भयो र आफ्नो गुप्ताङ्गलाई धुनु भयो । अनि आफ्नो हातलाई भुइँमा रगड्नुभयो । अनि कुल्ला गर्नु भयो र नाकमा पानी हाल्नु भयो । अनि अनुहार र हात कुहिनासम्म धुनु भयो । अनि तीन चोटि टाउको धुनु भयो अनि पूरै शरीरमा पानी खन्याउनु भयो । अनि आफ्नो ठाउँबाट हटेर खुट्टा धुनु भयो । (बुखारी र मुस्लिम)
टिप्पणियाँ