१) अब्दुल्लाह बिन मुगफ्फल (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.)ले भन्नुभयो, “प्रत्येक अजान र इकामतको बीचमा नमाज छ ।“ उहाँ (स.) ले यो कुरा तीन पटक भन्नुभयो । (बुखारी)
२) जाबिर बिन सम्रा (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) का मुअज्जिनहरु अजान पछि पर्खन्थे र अल्लाहका रसूल (स.) लाई बाहिर आएको नदेखेसम्म इकामत भन्दैनथे । जब उनीहरु उहाँ (स.) लाई देख्थे तब इकामत भन्थे । (अहमद, मुस्लिम, अबू दाऊद, तिर्मिजी)
*तर यी हदीसहरु र अरु हदीसहरुले यो आभास हुन्छ कि अजान र इकामतको बीचमा यति अन्तराल हुनुपर्छ कि नमाजीहरुले शौचालय जाने र वुजु गर्ने समय प्राप्तहोस् ।
**हनफी र शाफिई विद्वानहरुको अनुसार मग्रिबको अजान र इकामतको बीचमा केबल यति अन्तराल हुनुपर्छजसमा पवित्र कुरआनको तीन आयत तिलावत हुन सकोस् र अरु नमाजहरुमा नमाजीहरुको आउने प्रतिक्षा गर्नु बेस हो । (अल्–फिक्ह अला अल्–मजाहिब अल्–अर्बआ)
टिप्पणियाँ