१) आइशा (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो, “तीन जना यस्ता छन् जसमाथि (इस्लामका) अनिवार्य कार्यहरु अनिवार्य छैनन् । पहिलो सुतेको व्यक्ति नब्यूँझेसम्म, दोस्रो बच्चा वयस्क नभएसम्म र तेस्रो पागल विवेकशिल नभएसम्म” । (अहमद, अबू दाऊद, तिर्मिजी, नसई, इब्ने माजा, हाकिम)
२) अम्र बिन शुअैब (रजि.) आफ्नो पिता र हजुरबुबाद्वारा उल्लेख गर्नुहुन्छ कि अल्लाहका रसूल (स.) ले भन्नुभयो, “यदि तिमीहरुको बच्चा ७ वर्षको भयो भने उनीहरुलाई नमाज पढ्ने आदेश देऊ र १० वर्षको भएपछि उनीहरुलाई पिट (यदि नमाज पढ्दैनन् भने) र उनीहरुको सुत्ने ठाँउ आफ्नो सुत्ने ठाँउबाट छुट्याइदेऊ । (अह्मद, अबू दाऊद, हाकिम)
टिप्पणियाँ