सीधे मुख्य सामग्री पर जाएं

अजानका वाक्यहरु

१) अब्दुल्लाह बिन जैद (रजि.) को भनाई छ कि शुरुमा जब अल्लाहका रसूल (स.) ले नमाजको लागि शंख बजाएर सबैजनालाई भेला गर्ने आदेश दिनुभयो । एकरात म सुतिरहेको थिएँ, स्वप्नमा एउटा मान्छे आएर मेरो परिक्रमा गर्न थाल्यो । उसको हातमा एउटा शंख थियो । मैले उसलाई सोधें “हे अल्लाहका भक्त! के तिमी यो शंख बेच्ने हो?उसले सोध्यो, “तिमी यसले के गर्छौ?” मैले भनें, “हामी यसको सहयोगले मानिसहरुलाई नमाजको लागि आह्वान गर्नेछौं । उसले भन्यो, “के म तिमीलाई यस भन्दा राम्रो तरिका सिकाउँ ?” मैल भनेें “अवश्य” । उसले भन्यो “तिमी भनः
‘अल्लाहु अक्बर, अल्लाहु अक्बर, अल्लाहु अक्बर, अल्लाहु अक्बर
अश्हदु अल्ला इलाह इल्लल्लाह, अश्हदु अल्ला इलाह इल्लल्लाह
अश्हदु अन्न मुहम्मदर् रसूलुल्लाह, अश्हदु अन्न मुहम्मदर् रसूलुल्लाह
हैय अलस्सलाह्, हैय अलस्सलाह्
हैय अलल् फलाह्, हैय अलल् फलाह्
अल्लाहु अक्बर, अल्लाहु अक्बर
ला इलाह इल्लल्लाह”
अर्थात : 
“अल्लाह महान् छन्, अल्लाह महान् छन्, अल्लाह महान् छन्, अल्लाह महान् छन्
म गवाही दिन्छु कि अल्लाह बाहेक कोही उपास्या छैन, म गवाही दिन्छु कि अल्लाह बाहेक कोही उपास्था छैन
म गवाही दिन्छु कि मुहम्मद अल्लाहका रसूल हुन्, म गवाही दिन्छु कि मुहम्मद अल्लाका रसूल हुन्
नमाजको लागि आऊ नमाजको लागि आऊ
सफलताको लागि आऊ, सफलताको लागि आऊ
अल्लाह महान् छन्, अल्लाह महान छन्
अल्लाह बाहेक कोही उपास्य छैन”

त्यसपछि त्यो मान्छे अलि पछाडि सर्यो अनि भन्यो, “नमाजको लागि उभियौ, भन (अर्थात इकामतको लागि):
“अल्लाहु अक्बर, अल्लाहु अक्बर
अश्हदु अल्ला इलाह इल्लल्लाह
अश्हदु अन्न मुहम्मदर् रसूलुल्लाह
हैय अलस्सलाह्
हैय अलल् फलाह्
कद् कामतिस् सलाह्, कद् कामतिस् सलाह्
अल्लाहु अक्बर, अल्लाहु अक्बर
ला इलाह इल्लल्लाह”
अर्थातः
“अल्लाह महान् छन्, अल्लाह महान् छन् 
म गवाही दिन्छु कि अल्लाह बाहेक कोही उपास्य छैन 
म गवाही दिन्छु कि मुहम्मद अल्लाहका रसूल हुन्
नमाजको लागि आऊ
सफलताको लागि आऊ
नमाज उभियो, नमाज उभियो (नमाज सुरु हुन लाग्यो)
अल्लाह महान् छन्, अल्लाह महान् छन्
अल्लाह बाहेक कोही उपास्य छैन”

बिहान भएपछि मैले अल्लाहका रसूल (स.) समक्ष उपस्थित भएर यो आफ्नो स्वप्नलाई वर्णन गरें । उहाँ (स.) ले भन्नुभयो, “यो सपना सत्य हो, अल्लाहले चाहे भने । बिलालसँग उभियौ र जुन शब्दहरु तिमीले स्वप्नमा सुनेका थियौ ती शब्दहरुलाई भनिराख ताकि ऊ (बिलाल (रजि.) अजान दिन सकोस् किनभने उसको स्वर तिम्रो भन्दा ठूलो छ । “म बिलालसँग उभिएँ र ती शब्दहरु भन्न थालें अनि उनले अजान भने । “उमर (रजि.) ले जब यो अजान सुन्नुभयो त्यतिबेला उहाँ आफ्नो घरमा हुनुहुन्थ्यो । आफ्नो खास्टोका साथ उमर (रजि.) आउनुभयो अनि भन्नुभयो, “उसको कसम जसले तपाईलाई सत्यका साथ पठाउनुभएको छ मैले पनि यस्तै सपना देखेको छु ।” अल्लाहका रसूल (स.) ले भन्नुभयो “सम्पूर्ण प्रशंसा तथा धन्यबाद केवल अल्लाहकै लागि हुन् । (मुस्नद इमाम अहमद)

२) अबू मह्जुरा (रजि.) को भनाई छ कि अल्लाहका रसूल (स.) ले उनलाई यसरी अजान सिकाउनुभयोः
“अल्लाहु अक्बर, अल्लाहु अक्बर
अश्हदु अल्ला इलाह इल्लल्लाह
अश्हदु अन्न मुहम्मदुर् रसूलुल्लाह
हैय अलस्सलाह
हैय अलल् फलाह
अल्लाहु अक्बर, अल्लाहु अक्बर
ला इलाह इल्लल्लाह”
इमाम मालिक (रह.) को यसै हदीस अनुसार अमल रहेको छ । (सुबुल् अल्–सलाम)

*फज्रको नमाजको लागि दिइने अजानमा “हैय अलल् फलाह, हैय अलल् फलाह” पछि र “अल्लाहु अक्बर, अल्लाहु अक्बर” भन्दा पहिले दुई पटक “अस्सलातु खैरुम् मिनन् नौम” (नमाज निद्रा भन्दा उत्तम हो) भन्नुपर्छ ।
अबू मह्जूरा (रजि.) को भनाई छ, उनले अल्लाहका रसूल (स.) लाई सोधे, “हे अल्लाहका रसूल ! मलाई अजानको सुन्नत सिकाउनुहोस् ।” उहाँ (स.) ले उनलाई अजान सिकाउनुभयो र भन्नुभयो “यदि बिहान (फज्र)को अजान हो भने यसरी भन, 
अस्सलातु खैरुम् मिनन् नौम, अस्सलातु खैरुम् मिनन् नौम’
अल्लाहु अक्बर, अल्लाहु अक्बर
ला इलाह इल्लल्लाह” (अहमद, अबु दाऊद)


टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

फर्ज नमाज एक्लै वा जमाअतका साथ पढिसकेपछि पुनः त्यही नमाजको जमाअतमा सामेल हुनु

१) यजीद बिन अस्वद (रजि.) भन्छन्, “म हजको बेला अल्लाहका रसूल (स.) सँग थिएँ । मैले बिहानको नमाज उहाँ (स.) सँग खैफ मस्जिदमा पढें । उहाँ (स.) ले सलाम फेरे पछि दुई जनालाई सबैजनाको पछाडि उभिएको देख्नुभयो जसले उहाँ (स.) सँग नमाज पढेका थिएनन् । उहाँ (स.) ले भन्नुभयो “उनीहरुलाई म समक्ष लिएर आऊ ।” उनीहरुलाई ल्याए पछि उनीहरु डरले कापिरहेका थिए । उहाँ (स.) ले उनीहरुसँग सोध्नुभयो, “तिमी दुवैजनाले हामीहरुसँग नमाज किन नपढेको ?” उनीहरुले जवाफ दिए “हे अल्लाहका रसूल ! हामीहरु आफ्नो घरमा नमाज पढेर आएका थियौं ।” उहाँ (स.) ले भन्नुभयो “यसो नगर, यदि तिमीहरु घरबाट नमाज पढेर मस्जिद आउँदा मस्जिदमा नमाज भईरहेको छ भने तिमीहरु पनि जमाअतमा सामेल होऊ । यो नमाज तिमीहरुको लागि नफ्ल नमाज हुनेछ ।” (अह्मद, अबू दाऊद, तिर्मिजी, नसई, दार कुत्नी, इब्ने हिब्बान, हाकिम) २) अबू जर (रजि.) भन्छन्, “ अल्लाहका रसूल (स.) ले मलाई भन्नुभयो, ‘यदि तिमीहरुमाथि यस्ता शासकहरुले प्रधानता प्राप्त गरे जो नमाजलाई उसको समयभन्दा ढीला पढ्छन् भने तिमीहरुको अवस्था त्यतिबेला कस्तो हुने होला ?’ मैले भनें, ‘त्यसो भए तपाई मलाई ...

सलातुल् मरीज (बिरामीको नमाज)

१) इम्रान बिन हुसैन (रजि.) को भनाई छ , “ मलाई पाइल्स भएको थियो । मैले अल्लाहका रसूल (स.) सँग सोधें “नमाज कसरी पढ्ने ?” उहाँ (स.) ले भन्नुभयो “उभिएर नमाज पढ् यदि यसको सामथ्र्य छैन भने बसेर नमाज पढ । र यदि यसको पनि सामथ्र्य छैन भने आफ्नो दाहिनेतर्फ पल्टेर नमाज पढ ।” (बुखारी , अबू दाऊद , तिर्मिजी , नसई , इब्ने माजा) नसईमा यो वाक्य बढी उल्लेख भएको छ “र यदि यसको पनि सामथ्र्य छैन भने सीधा पल्टेर नमाज पढ । अल्लाह तआला कुनै प्राण माथि उसको सामथ्र्य भन्दा अधिक भार (जिम्मेवारी) राख्दैनन् ।” २) अली (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो “बिरामीले उभिएर नमाज पढ्नुपर्छ यदि ऊ यसको सामथ्र्य राख्छ भने र यदि यसको सामथ्र्य राख्दैन भने बसेर नमाज पढ्ने । यदि ऊ सज्दा गर्ने सामथ्र्य राख्दैन भने टाउकोले इशारा गर्ने र आफ्नो सज्दा गर्दा रुकूको तुलनामा अलि बढी झुक्ने । यदि ऊ बसेर नमाज पढ्ने सामथ्र्य राख्दैन भने किब्लातिर फर्केर आफ्नो दाहिनेतिर पल्टेर नमाज पढ्ने । यदि दाहिनेतिर पल्टने पनि सामथ्र्य छैन भने सिधा पल्टेर खुट्टाहरुलाई किब्लातिर गरेर नमाज पढ्ने ।” (दार कुत्नी) । यो हदीस कमजोर श्रेण...

तरावीह वा रमजान महिनाको कियाम

१) आइशा (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले एक रात मस्जिदमा नमाज पढ्नु भयो र धेरै जना उहाँ (स.) सँग सामेल भए । दोस्रो रात उहाँ (स.) ले नमाज पढ्नु भयो र अझै मानिसहरु सामेल भए । फेरी तेस्रो रात वा चौथो रात मानिसहरु भेला भए तर अल्लाहका रसूल (स.) बाहिर आउनु भएन । बिहान भएपछि उहाँ (स.) ले भन्नुभयो “मैले राती तिमीहरुलाई भेला भएको देखेको थिएँ तर मलाई केवल एउटा कुराले बाहिर आउनबाट रोक्यो र त्यो हो कि कतै यो नमाज तिमीहरुमाथि अनिवार्य नगरियोस् ।” यो रमजान महिनामा भएको थियो । (बुखारी , मुस्लिम , अबू दाऊद , नसई , इब्ने माजा , अह्मद , मालिक) २) उबै बिन कअ्ब (रजि.) को भनाई अनुसार उनी अल्लाहका रसूल (स.) समक्ष उपस्थित भए र सोधे “हे अल्लाहका रसूल ! आज राती (बितेको राती) मसँग एउटा अचम्मको घट्ना घट्यो ।” त्यस समय रमजान महिना चलिरहेको थियो । उहाँ (स.) ले भन्नुभयो , “ हे उबै ! त्यो के हो ?” उनले जवाफ दिए “मेरो घरमा केही महिलाहरुले मलाई भने , आज हामी कुरआन पढ्ने छैनौं , हामी त तपाइसँग नमाज पढ्नेछौं । अनि मैले उनीहरुलाई आठ रकअत नमाज पढाएँ । अनि वित्रको नमाज पढाएँ ।” अनि अल्लाहका रसूल (स) ले केह...