१) जियाद बिन हारिस (रजि.) को भनाई छ कि अल्लाहका रसूल (स.) ले मलाई अजान भन्ने आदेश दिनुभयो । मैले बिहान उज्यालो भईसकेपछि अजान दिएँ । अल्लाहका रसूल (स.) ले वुजु गरिसकेपछि नमाजको लागि उभिनुभयो । बिलाल (रजि.) ले इकामत भन्न खोजे तर अल्लाहका रसूल (स.) ले भन्नुभयो, “जियादले इकामत भन्नेछ किनभने जसले अजान दिन्छ उसैले इकामत भनोस् ।” (अहमद, अबू दाऊद, तिर्मिजी, नसई, इब्ने माजा)
*यस हदीसमा यद्यपी कमजोरी रहेको छ तर इमाम तिर्मिजी (रह.) भन्नुहुन्छ, “यस अनुसार विद्वानहरुमध्ये अधिकतमको अमल रहेको छ तर यसो गर्नु उत्तम रहेको छ, अनिवार्य होईन । यदि अजान भन्ने र इकामत भन्ने व्यक्ति छुट्टा छुट्टै छन् भने सम्पूर्ण इमामहरुको अनुसार यसो गर्ने अनुमति रहेको छ । (बिदायत् अल्–मुज्तहिद)
टिप्पणियाँ