आदेश र महत्व
**अधिकतर इमामहरुका अनुसार फर्ज नमाज जमाअतकासाथ पढ्नु सुन्नत मुअक्कदा हो।
१) अबू हुरैरह (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो, “मान्छेले जमाअतका साथ नमाज पढ्नाले घर वा बजारमा एक्लै नमाज पढ्नुभन्दा पच्चिस गुणा बढी पुण्य प्राप्त गर्दछ । यो यस कारणले हो कि यदि ऊ राम्ररी वुजु गरेर मस्जिदतिर जान्छ र ऊ नमाज बाहेक अरु कुनै कामको लागि गएको होइन भने उसले जुन पाइला उठाए पनि त्यस बापत उसलाई एक श्रेणी माथि उठाइन्छ र एउटा पाप खसालिन्छ । अनि जब ऊ नमाज पढ्छ फरिश्ताहरु उसमाथि वुजु भएसम्म शान्ति पठाइरहेका हुन्छन् र उसको लागि प्रार्थना गर्छन कि “हे अल्लाह ! उसमाथि शान्ति पठाऊ । हे अल्लाह ! उसमाथि दया गर । र उसले नमाजको प्रतिक्षा गर्दा पनि ऊ नमाजको अवस्थामा नै हुन्छ (अर्थात नमाजको पुण्य प्राप्त गरिरहेको हुन्छ) ।” (बुखारी र मुस्लिम)
२) अबू हुरैरह (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो, “मलाई त्यस अस्तित्वको कसम छ जसको हातमा मेरो प्राण छ, मैले इच्छा गरेको थिएँ कि आगो बाल्ने आदेश दिऊँ, अनि नमाज पढ्ने आदेश र अजान भइसकेपछि कसैलाई नमाज पढाउने आदेश दिऊँ अनि उनीहरुको घर जलाई दिउँ जो नमाजको लागि आउँदैनन् ।” (बुखारी र मुस्लिम)
*मुस्नद इमाम अह्मदमा यो वाक्यको प्रयोग भएको छ “यदि घरमा महिलाहरु र बच्चाहरु नभएका भए म ईशाको जमात शुरु गर्न लगाउँथे र आफ्ना युवाहरुलाई तिनीहरुको घर जलाउने आदेश दिन्थे जो घरमा नै बसिरहन्छन् र जमाअतमा सामेल हुँदैनन् ।
३) अबू हुरैरह् (रजि.) को भनाई अनुसार एकजना अन्धो मानिस अल्लाहका रसूल (स.) समक्ष उपस्थित भयो र भन्योः “हे अल्लाहका रसूल ! मसँग कोही पनि यस्तो छैन जो मलाई मस्जिद लिएर आओस् । तसर्थ तपाई मलाई घरमै नमाज पढ्ने छुट दिनुहोस् । “पहिले त उहाँ (स.) ले उसलाई छुट दिनुभयो तर पिठ्युँ फर्काएर जान लाग्यो अनि उहाँ (स.) ले उसलाई बोलाउनु भयो र उसलाई सोध्नु भयो “के तिमीलाई अजानको आवाज आउँछ ?” उसले भन्यो” अँ आउँछ ।” उहाँ (स.) ले भन्नुभयो “त्यसो भए अजान सुनेर म हाजिर छु भन (अर्थात मस्जिद आएर जमाअतका साथ नमाज पढ) ।”
४) अबू दर्दा (रजि.) भन्नुहुन्छ, मैले अल्लाहका रसूल (स.) ले यो भनेको सुनेको छु “जुन बस्ती वा गाउँमा तीन जना बस्छन् तर जमाअतका साथ नमाज पढ्दैनन् भने निश्चय नै शैतान उनीहरुमाथि हाबी भइसकेको छ । तसर्थ तिमीहरु अवश्य जमाअतमा नमाज पढ किनभने व्वाँसो छरिएका भेडाहरुमाथि आक्रमण गर्छ तिनीहरुलाई चिर्छ र च्यात्छ ।” (अबू दाऊद)
टिप्पणियाँ