सीधे मुख्य सामग्री पर जाएं

मक्रूह कार्यहरु

*मक्रुह को अर्थ ती कार्यहरु हुन् जसले गर्दा नमाज अमान्य त हुदैन तर ती कार्यहरुलाई गर्नु अप्रिय हो ।
*“नमाजका सुन्नत कार्यहरु” शिर्षक अन्तर्गत जुन सुन्नतहरुको उल्लेख भएको छ तिनीहरुमध्ये कुनै सुन्नत छुटाउनु मक्रुह हो । यस बाहेक नमाजमा तल उल्लेखित कार्यहरु मक्रुह हुन् । 

लुगा, शरीर वा  भुइँलाई सच्याइ राख्नु

१) मुअ‍ैकिब (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो “नमाज पढ्दा पत्थरहरुलाई सफा नगर (स्मरण रहोस् कि अल्लाहका रसूल (स.) को समयमा मस्जिदको भुइँ कच्चा हुने गर्थ्यो र त्यहाँ पत्थरहरु हुन्थे) यदि यसो गर्नु आवश्यक छ भने एक पटकमा पत्थरलाई समतल बनाऊ ।” (बुखारी, मुस्लिम, अबू दाऊद, अह्मद, तिर्मिजी, नसई, इब्ने माजा)

कम्मरमा हात राख्नु

२) अबू हुरैरह (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले नमाजको अवस्थामा कम्मरमा हात राख्न मनाही गर्नुभएको छ । (अबू दाऊद)

आकाश तिर हेर्नु

३) अबू हुरैरह (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो “केही व्यक्ति नमाजको अवस्थामा आकाशतिर हेर्छन्, उनीहरुले यसो नगरुन्, अन्यथा उनीहरुको आँखा उखेलिनेछ । (अह्मद, नसई, मुस्लिम)

ध्यान अलमलाउने बस्तु अगाडि हुनु

४) अनस (रजि.) को भनाई अनुसार आइशा (रजि.) सँग एउटा पातलो पर्दा थियो जुन उहाँ आफ्नो घरमा एकातिर झुण्याउनु हुन्थ्यो । उहाँलाई अल्लाहका रसूल (स.) ले भन्नुभयो “यस पर्दालाई हटाऊ किनभने यसमा भएका बुट्टा मलाई नमाजमा अलमलाउँछन् ।” (बुखारी)

५) आइशा (रजि.) को भनाई अनुसार “अल्लाहका रसूल (स.) ले मेरो उनको ओड्नीमा नमाज पढ्नुभयो जसमा धारीहरु थिए । अल्लाहका रसूल (स.) ले भन्नुभयो ‘यसको धारीहरुले मेरो ध्यानलाई अलमलाइदिएको छ । यसलाई अबू जहम्कोमा लिएर जाऊ (अबू जहम, जसले अल्लाहका रसूल (स.) लाई त्यो ओड्नी उपहार स्वारुप दिएका थिए) र मेरो लागि एउटा सादा ओड्नी लिएर आऊ ।’” (बुखारी र मुस्लिम)

सलाम फेर्दा हातले इशारा गर्नु

६) जाबिर बिन समुरा (रजि.) भन्नुहुन्छ कि हामी अल्लाहका रसूल (स.) को पछाडि नमाज पढिरहेका थियौं । उहाँ (स.)ले भन्नुभयो “ यिनीहरु हातले इशारा गरेर किन सलाम फेर्छन, मानौ घोडाको पुच्छर हो । आफ्ना हातलाई जाँघमा राखेर अस्सलामु अलैकम, अस्सलामु अलैकुम भन्नु तिमीहरुको लागि पर्याप्त रहेको छ ।” (नसई)

मुखलाई ढाक्नु र लुगालाई झुण्ड्याएर भुईंमा छुवाउनु

७) अबू हुरैरह (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले नमाजमा आफ्नो लुगालाई झुण्ड्याउन र आफ्नो मुखलाई ढाक्न मनाही गर्नुभएको छ । (अह्मद, अबू दाऊद, तिर्मिजी, नसई, इब्ने माजा, हाकिम)

खानाको उपस्थितिमा नमाज पढ्नु

८) आइशा (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो “यदि खाना पस्किएको छ र नमाज पनि सुरु हुँदैछ भने पहिले खाना खाऊ ।” (अह्मद, मुस्लिम)

९) नाफिअ् (रजि.) को भनाई अनुसार अब्दुल्लाह बिन उमर (रजि.) को लागि खाना तयार पारेर पस्किएको हुन्थ्यो र नमाज सुरु भइसकेको हुन्थ्यो । उहाँ खाना खाइसकेपछि नमाजको लागि उपस्थित हुनु हुन्थ्यो जबकि उहाँ खाना खाँदा इमामको किराअतको आवाज सुनिरहनु हुन्थ्यो ।” (बुखारी)

पिसाब र दिसालाई रोकेर नमाज पढ्नु

१०) आइशा (रजि.) भन्नुहुन्छ, “मैले अल्लाहका रसूल (स.) ले यो भनेको सुनेको छु “कोही पनि खानाको उपस्थितिमा र पिसाब र दिसालाई रोकेर नमाज नपढोस् ।” (अह्मद, मुस्लिम, अबू दाऊद)

 निन्द्राको अवस्थामा नफ्ल नमाजहरु पढ्नु

११) आइशा (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो “यदि तिमीहरु मध्ये कसैलाई उंघ लागिरहेको छ भने उसको निन्द्रा नहराएसम्म उसले सुत्नुपर्छ किनभने उंघको अवस्थामा ऊ अल्लाहसित क्षमा याचना गरिरहेको छ वा आफ्नो निंदा गरिरहेको छ भन्ने कुरा उसले थाहा पाउँदैन ।” (बुखारी, मुस्लिम, अह्मद, अबू दाऊद, तिर्मिजी, नसई, इब्ने माजा)

मस्जिदमा नमाजको लागि एउटा विशेष ठाउँ निर्धारित गर्नु

१२) अब्दुर्रहमान बिन शब्ल (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.)ले कागको जस्तो ठुङनुबाट, जनावरको जस्तो गरि हातलाई भुईंमा राख्नबाट र मस्जिदमा उँटको जस्तो एउटा ठाउँ निर्धारित गर्नबाट मनाही गर्नुभएको छ । (अह्मद, इब्ने खुजैमा, इब्ने हिब्बान, हाकिम)

दुबै हातका औंलाहरुलाई एक अर्कामा हाल्नु

१३) अबू सईद (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो “तिमीहरु मध्ये कोही मस्जिदमा हुँदा आफ्ना दुबै हातका औंलाहरुलाई एक अर्कोमा नहाल्नु किनकी तिमीहरु जबसम्म मस्जिदबाट बाहिर जाँदैनौ नमाजको अवस्थामा हुन्छौ ।” (मुस्नद इमाम अहमद)

उठ्दा र बस्दा हातको सहारा लिनु

१४) अब्दुल्लाह बि उमर (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले नमाजको अवस्थामा हातको सहाराले बस्न मनाही गर्नुभएको छ । (अह्मद, अबू दाऊद) । 

*तर बुढेसकालमा वा रोगको कारणले गर्दा हातको वा काठको वा खम्बाको सहारा लिने अनुमति रहेको छ । 

१५) उम्मे कैस (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले बुढेसकालमा जबकि उहाँ (स.) को मासु बढेर आयो, उहाँ (स.) ले नमाजको अवस्थामा खम्बाको सहारा लिन सुरु गर्नुभयो । (अबू दाऊद)

कपाललाई पाछाडितिर बाँध्नु


१६) इब्ने मस्ऊद (रजि.) ले एक जनालाई कपाल पछाडि बाँधेर नमाज पढिरहेको देखे । उनी कपाल खोल्न थाले । पछि त्यस व्यक्तिले इब्ने मस्ऊद (रजि.) सँग सोध्यो “तपाई मेरो टाउकोको कपाललाई किन खोलिराख्नुभएको थियो ?” उनले जवाफ दिए “मैले अल्लाहका रसूल (स.) लाईकपाल पछाडि बाँधेर नमाजपढ्नु आफ्नो पाखुरालाई कसेर नमाज पढ्नु सरह हो भन्ने सुनेको थिएँ ।” (अह्मद, अबू दाऊद, मुस्लिम, नसई) । विद्वानहरुले यसलाई अप्रिय ठहर गरेका छन् । (तिर्मिजी)

अगाडि वा दाहिनेतिर थुक्नु वा नाक सफा गर्नु

१७) अबू हुरैरह (रजि.) र अबू सईद (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले मस्जिदको पर्खालमा सिङ्गान लागेको देख्नुभयो । उहाँ (स.) ले एउटा ढुङ्गा लिनुभयो र त्यसलाई सफा गर्नुभयो अनि भन्नुभयो “यदि तिमी मध्ये कोही आफ्नो नाक सफा गर्छ भने यसले आफ्नो दाहिने तर्फ वा अगाडि नाक सफा नगरोस् या त देब्रे तर्फ थुकोस् वा आफ्नो खुट्टा मुनि ।” (बुखारी र मुस्लिम)

१८) अनस (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो “तिमीहमध्ये कोही नमाज पढ्दा उभिरहेको अवस्थामा किब्लातिर फर्केर नथुकोस बरु आफ्नो देब्रेतिर वा खुट्टामुनि थुकोस् ।” अनि उहाँ (स.) ले आफ्नो ओड्नीको एउटा किनारा समातेर त्यसमा थुक्नु भयो अनि त्यसलाई मल्नुभयो र भन्नुभयो “या त ऊ यसो गरोस् ।” (बुखारी, मुस्लिम, अह्मद)

*तर प्रष्ट रहोस् कि यसो गर्नु केवल त्यतिबेला सम्भव हुन्छ जब मस्जिदको भुइ कच्चा हुन्छ र थुक्नाले अरुलाई कठिन हुदैन । यदि मस्जिदको भुईं कच्चा छैन वा थुक्नाले कसैलाई कठिनाई हुन्छ भने थुक्ने वा नाक सफा गर्ने अनुमति छैन किनभने अरु हदीसहरुमा नबी (स.) ले मस्जिदमा थुक्नबाट मनाही गर्नुभएको छ । यदि थुकिएको छ भने त्यसलाई लुकाउने र सफा गर्ने आदेश दिइएको छ । 

१९) अबू जर (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो “मैले आफ्ना अनुयायीहरुमा मस्जिदमा थुक देखेर पनि त्यसलाई सफा नगर्ने पाप देखेको छु ।” (मुस्लिम)

*हनफी विद्वानहरुका अनुसार माथिका कार्यहरु बाहेक अरु कार्यहरु पनि मक्रूह रहेका छन्। 
क) इक्आ 
ख) इशारा गरेर सलामको जवाफ दिनु 
ग) नमाजमा पढिएका कुरआनका आयतहरु र तस्बीहहरुलाई औंलामा गन्नु 
घ) कुरआन पाठलाई कयामको अवस्था बाहेक अरु अवस्थामा पूरा गर्नु 
ङ) कुरआनको क्रम बिपरित अगाडिको सूरहलाई पछि र पछिको सूरहलाई अगाडि पढ्नु 
च) बाध्यता बिना हाई गर्नु 
छ) बाटो वा स्नानगृहमा नमाज पढ्नु 
ज) अपवित्रताको नजिक नमाज पढ्नु 
झ) इमामले पूर्णरुपले मिहराब भित्र छिरेर नमाज पढाउनु 
ञ) सुतिरहेका मानिसहरुको नजिक नमाज पढ्नु 
ट) प्रत्येक नमाजमा एउटै सूरह दोहोर्याउनु 
ठ) नमाज पढिरहेको बेला अनुहारबाट माटो सफा गर्नु 
ड) बिना कुनै आवश्यकता आँखा बन्द गर्नु 
ढ) आलस्यको कारणले टोपी नलगाई नमाज पढ्नु (अल्–फिक्ह अला अल्–मजाहिब अल्–अर्बआ)









टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

फर्ज नमाज एक्लै वा जमाअतका साथ पढिसकेपछि पुनः त्यही नमाजको जमाअतमा सामेल हुनु

१) यजीद बिन अस्वद (रजि.) भन्छन्, “म हजको बेला अल्लाहका रसूल (स.) सँग थिएँ । मैले बिहानको नमाज उहाँ (स.) सँग खैफ मस्जिदमा पढें । उहाँ (स.) ले सलाम फेरे पछि दुई जनालाई सबैजनाको पछाडि उभिएको देख्नुभयो जसले उहाँ (स.) सँग नमाज पढेका थिएनन् । उहाँ (स.) ले भन्नुभयो “उनीहरुलाई म समक्ष लिएर आऊ ।” उनीहरुलाई ल्याए पछि उनीहरु डरले कापिरहेका थिए । उहाँ (स.) ले उनीहरुसँग सोध्नुभयो, “तिमी दुवैजनाले हामीहरुसँग नमाज किन नपढेको ?” उनीहरुले जवाफ दिए “हे अल्लाहका रसूल ! हामीहरु आफ्नो घरमा नमाज पढेर आएका थियौं ।” उहाँ (स.) ले भन्नुभयो “यसो नगर, यदि तिमीहरु घरबाट नमाज पढेर मस्जिद आउँदा मस्जिदमा नमाज भईरहेको छ भने तिमीहरु पनि जमाअतमा सामेल होऊ । यो नमाज तिमीहरुको लागि नफ्ल नमाज हुनेछ ।” (अह्मद, अबू दाऊद, तिर्मिजी, नसई, दार कुत्नी, इब्ने हिब्बान, हाकिम) २) अबू जर (रजि.) भन्छन्, “ अल्लाहका रसूल (स.) ले मलाई भन्नुभयो, ‘यदि तिमीहरुमाथि यस्ता शासकहरुले प्रधानता प्राप्त गरे जो नमाजलाई उसको समयभन्दा ढीला पढ्छन् भने तिमीहरुको अवस्था त्यतिबेला कस्तो हुने होला ?’ मैले भनें, ‘त्यसो भए तपाई मलाई ...

सलातुल् मरीज (बिरामीको नमाज)

१) इम्रान बिन हुसैन (रजि.) को भनाई छ , “ मलाई पाइल्स भएको थियो । मैले अल्लाहका रसूल (स.) सँग सोधें “नमाज कसरी पढ्ने ?” उहाँ (स.) ले भन्नुभयो “उभिएर नमाज पढ् यदि यसको सामथ्र्य छैन भने बसेर नमाज पढ । र यदि यसको पनि सामथ्र्य छैन भने आफ्नो दाहिनेतर्फ पल्टेर नमाज पढ ।” (बुखारी , अबू दाऊद , तिर्मिजी , नसई , इब्ने माजा) नसईमा यो वाक्य बढी उल्लेख भएको छ “र यदि यसको पनि सामथ्र्य छैन भने सीधा पल्टेर नमाज पढ । अल्लाह तआला कुनै प्राण माथि उसको सामथ्र्य भन्दा अधिक भार (जिम्मेवारी) राख्दैनन् ।” २) अली (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो “बिरामीले उभिएर नमाज पढ्नुपर्छ यदि ऊ यसको सामथ्र्य राख्छ भने र यदि यसको सामथ्र्य राख्दैन भने बसेर नमाज पढ्ने । यदि ऊ सज्दा गर्ने सामथ्र्य राख्दैन भने टाउकोले इशारा गर्ने र आफ्नो सज्दा गर्दा रुकूको तुलनामा अलि बढी झुक्ने । यदि ऊ बसेर नमाज पढ्ने सामथ्र्य राख्दैन भने किब्लातिर फर्केर आफ्नो दाहिनेतिर पल्टेर नमाज पढ्ने । यदि दाहिनेतिर पल्टने पनि सामथ्र्य छैन भने सिधा पल्टेर खुट्टाहरुलाई किब्लातिर गरेर नमाज पढ्ने ।” (दार कुत्नी) । यो हदीस कमजोर श्रेण...

तरावीह वा रमजान महिनाको कियाम

१) आइशा (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले एक रात मस्जिदमा नमाज पढ्नु भयो र धेरै जना उहाँ (स.) सँग सामेल भए । दोस्रो रात उहाँ (स.) ले नमाज पढ्नु भयो र अझै मानिसहरु सामेल भए । फेरी तेस्रो रात वा चौथो रात मानिसहरु भेला भए तर अल्लाहका रसूल (स.) बाहिर आउनु भएन । बिहान भएपछि उहाँ (स.) ले भन्नुभयो “मैले राती तिमीहरुलाई भेला भएको देखेको थिएँ तर मलाई केवल एउटा कुराले बाहिर आउनबाट रोक्यो र त्यो हो कि कतै यो नमाज तिमीहरुमाथि अनिवार्य नगरियोस् ।” यो रमजान महिनामा भएको थियो । (बुखारी , मुस्लिम , अबू दाऊद , नसई , इब्ने माजा , अह्मद , मालिक) २) उबै बिन कअ्ब (रजि.) को भनाई अनुसार उनी अल्लाहका रसूल (स.) समक्ष उपस्थित भए र सोधे “हे अल्लाहका रसूल ! आज राती (बितेको राती) मसँग एउटा अचम्मको घट्ना घट्यो ।” त्यस समय रमजान महिना चलिरहेको थियो । उहाँ (स.) ले भन्नुभयो , “ हे उबै ! त्यो के हो ?” उनले जवाफ दिए “मेरो घरमा केही महिलाहरुले मलाई भने , आज हामी कुरआन पढ्ने छैनौं , हामी त तपाइसँग नमाज पढ्नेछौं । अनि मैले उनीहरुलाई आठ रकअत नमाज पढाएँ । अनि वित्रको नमाज पढाएँ ।” अनि अल्लाहका रसूल (स) ले केह...