सीधे मुख्य सामग्री पर जाएं

नमाज अमान्य हुने कार्यहरु

अमले कसीर

*यस विषयमा चारजना इमामहरुको सहमति रहेको छ कि प्रत्येक काम जुन नमाजको विपरित हो यदि धेरै मात्रामा (अमले कसीर) गरिन्छ भने त्यसले नमाज अमान्य हुन्छ र यदि कम मात्रामा (अमले यसीर) गरिन्छ भने त्यसले नमाज अमान्य हुँदैन । अमले कसीर भन्नाले ती कार्यहरु हुन् जसलाई गरेको देखेर अरुहरु यो सम्झन्छन् कि कर्ता नमाजको अवस्थामा छैन । (नववी)

*चारैजना इमामहरुका अनुसार अमले कसीरको परिभाषा यही हो । शाफिई विद्वानहरुका अनुसार यसको सीमा तीन लगातार पाइला हिडे बराबर हो र हनफी विद्वानहरुका अनुसार देख्नेलाई कुनै शंका नहोस् कि कर्ता नमाज पढिरहेको छैन र यदि उसलाई शंका हुन्छ भने त्यो अमले यसीर हो । तर ती कार्यहरु जुन नमाजका अङ्गहरु (जस्तै रुकू वा सज्दा) हुन् र ती अङ्गहरुलाई बिर्सिएर बढी मात्रामा गरिन्छ भने यसले गर्दा नमाज अमान्य हुँदैन । (अल्–फिक्ह अला अल्–मजाहिब अल्–अर्बआ)

नमाजको कुनै अङ्ग वा शर्तलाई छुटाउनु

१) अल्लाहका रसूल (स.) को भनाई छ “यदि तिमीहरुमध्ये कसैको वुजु टुट्यो भने उसले फेरी वुजु नगरेसम्म अल्लाह उसको नमाजलाई स्वीकार्दैनन् (अर्थात वुजु बिना नमाज मान्य हुँदैन) ।

जानाजानी कुरा गर्नु

२) इब्ने मस्ऊद (रजि.) को भनाई छ, “हामी अल्लाहका रसूल (स.) लाई नमाज पढेको बेलामा सलाम गर्ने गथ्र्यौं र उहाँ (स.) सलामको जवाफ दिनुहुन्थ्यो । हामी हब्शाबाट फर्केर आएपछि हामीले अल्लाहका रसूल (स.) लाई सलाम ग¥यौं तर उहाँ (स.) ले जवाफ दिनु भएन । हामीले सोध्यौंं “हे अल्लाहका रसूल ! हामी पहिले तपाईलाई सलाम गर्दा जवाफ दिनुहुन्थ्यो ।” उहाँ (स.) ले भन्नुभयो “नमाजमा पूर्ण ध्यानको आवश्यकता हुन्छ ।” (अर्थात सलामको जवाफ दिनाले ध्यान भंग हुन्छ) । (बुखारी र मुस्लिम)

३) जैद बिन अर्कम (रजि.)को भनाई छ, “हामीहरु नमाज पढेको अवस्थामा कुराकानी गर्ने गथ्र्यौं । हामीमध्ये एकजना नजिकमा उभिएको व्यक्तिसँग कुरा गथ्र्यो । तर कुरआनको आयत “र, अल्लाहका सामु पूर्ण भक्ति एवं विनयकासाथ उभिने गर ।” अवतरित भएपछि हामीलाई नमाजमा कुराकानी नगर्ने आदेश दिइयो । (बुखारी, मुस्लिम, अबू दाऊद तिर्मिजी, नसई, इब्ने माजा)

*तर जो बिर्सेर वा अज्ञानतामा नमाजमा बोल्छ भने उसको नमाज व्यर्थ जाँदैन । 

४) मुआविया बिन हकम सुल्लमी भन्छन् “म अल्लाहका रसूल (स.) को पछाडि नमाज पढिरहेको थिएँ र एक जनालाई हाच्छिउँ आयो अनि मैले उसलाई भने “यर्हमुकल्लाह्” (अल्लाह तिमीमाथि दया गरुन) । सबै जना मतिर हेर्न थाले अनि मैले भने “मेरी आमा मलाई गायब गरुन्, तपाईहरु मलाई किन यसरी हेरिरहनु भएको छ ? उनीहरु आफ्ना जाँघमा हातले हान्न थाले । उनीहरु मलाई मौन गराउन चाहन्थे तर म उनीहरुसँग कुरा गर्न चाहन्थें । अन्ततः म मौन भएँ । अल्लाहका रसूल (स.) प्रति मेरा बाबु आमा समर्पित, मैले उहाँ (स.) भन्दा पहिले र उहाँ (स.) पछि पनि उहाँ (स.) भन्दा राम्रो शिक्षक देखेको छैन । अल्लाहको कसम् ! नमाज सकेपछि उहाँ (स.) ले न त मलाई झपार्नु भयो, न कुट्नुभयो र न गाली गर्नुभयो केवल यति भन्नुभयो, “नमाजमा कुराकानी गर्नु सही होइन, नमाज त केवल “सुब्हान अल्लाह, अल्लाहु अकबर” भन्नु र कुरआनको वाचन गर्नु हो ।

*अधिकांश इमामहरु (जसमा इमाम मालिक (रह.), इमाम शाफिई (रह.) र इमाम अहमद बिन हम्बल (रह.) सामेल छन्) को यही मस्लक हो । इमाम नववी (रह.), इमाम अबू हनीफा (रह.), अब्दुल्लाह बिन मुबारक (रह.), सुफयान  सौरी (रह.) र केही अरु इमामहरुका अनुसार बिर्सेर वा अज्ञानताको कारणले बोल्नाले नमाज अमान्य हुन्छ । उनीहरुको तर्क अनुसार मुआविया (रजि.) द्वारा उल्लेखित माथिको हदीसबाट यो ज्ञात हुँदैन कि जसले नमाजको अवस्थामा बोलेको थियो उहाँ (स.) ले उसलाई नमाज दोहोर्याउने आदेश दिनुभएको थिएन । (नैल अल्–औतार)

खानु र पिउनु

*नमाजमा जानाजानी खानाले र पिउनाले नमाज अमान्य हुन्छ । यदि कोही अनजानीमा वा अज्ञानताको कारणले खान्छ वा पिउँछ भने पनि उसको नमाज हनफी र मालिकी विद्वानहरुका अनुसार अमान्य हन्छ तर शाफिई र हम्बली विद्वानहरुका अनुसार अमान्य हुँदैन । (अल्–फिक्ह अला अल्–मजाहिब अल्–अर्बआ)

*इमाम ताऊस (रह.) र इस्हाक (रह.) का अनुसार नफ्ल नमाजमा पिउनाले नमाज अमान्य हुँदैन किनभने उनीहरुका अनुसार यो अमले यसीर हो ।

हाँस्नु

*नमाजमा हाँस्नाले नमाज अमान्य हुन्छ भन्ने विषयमा सबैको सहमति छ ।

*हनफी विद्वानहरुका अनुसार ठूलो स्वरले हाँस्नाले वुजु पनि टुट्छ तर यदि नमाजको अन्तिम रकअतमा सलाम फेर्नु भन्दा पहिले तशह्हुद पढ्ने समय जति बसिएको छ भने हनफी विद्वानहरुका अनुसार त्यतिबेला ठूलो स्वरले हाँस्नाले नमाज अमान्य हुँदैन । किनभने नमाजको अन्तिम फर्ज तशह्हुद पढ्ने समय जति बस्नु हो, दरुद र अस्सलामु अलैकुम्  भनेर नमाज सकाउनु वाजिव हो । (अल्–फिक्ह अला अल् –मजाहिब अल्–अर्बआ)

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

फर्ज नमाज एक्लै वा जमाअतका साथ पढिसकेपछि पुनः त्यही नमाजको जमाअतमा सामेल हुनु

१) यजीद बिन अस्वद (रजि.) भन्छन्, “म हजको बेला अल्लाहका रसूल (स.) सँग थिएँ । मैले बिहानको नमाज उहाँ (स.) सँग खैफ मस्जिदमा पढें । उहाँ (स.) ले सलाम फेरे पछि दुई जनालाई सबैजनाको पछाडि उभिएको देख्नुभयो जसले उहाँ (स.) सँग नमाज पढेका थिएनन् । उहाँ (स.) ले भन्नुभयो “उनीहरुलाई म समक्ष लिएर आऊ ।” उनीहरुलाई ल्याए पछि उनीहरु डरले कापिरहेका थिए । उहाँ (स.) ले उनीहरुसँग सोध्नुभयो, “तिमी दुवैजनाले हामीहरुसँग नमाज किन नपढेको ?” उनीहरुले जवाफ दिए “हे अल्लाहका रसूल ! हामीहरु आफ्नो घरमा नमाज पढेर आएका थियौं ।” उहाँ (स.) ले भन्नुभयो “यसो नगर, यदि तिमीहरु घरबाट नमाज पढेर मस्जिद आउँदा मस्जिदमा नमाज भईरहेको छ भने तिमीहरु पनि जमाअतमा सामेल होऊ । यो नमाज तिमीहरुको लागि नफ्ल नमाज हुनेछ ।” (अह्मद, अबू दाऊद, तिर्मिजी, नसई, दार कुत्नी, इब्ने हिब्बान, हाकिम) २) अबू जर (रजि.) भन्छन्, “ अल्लाहका रसूल (स.) ले मलाई भन्नुभयो, ‘यदि तिमीहरुमाथि यस्ता शासकहरुले प्रधानता प्राप्त गरे जो नमाजलाई उसको समयभन्दा ढीला पढ्छन् भने तिमीहरुको अवस्था त्यतिबेला कस्तो हुने होला ?’ मैले भनें, ‘त्यसो भए तपाई मलाई ...

सलातुल् मरीज (बिरामीको नमाज)

१) इम्रान बिन हुसैन (रजि.) को भनाई छ , “ मलाई पाइल्स भएको थियो । मैले अल्लाहका रसूल (स.) सँग सोधें “नमाज कसरी पढ्ने ?” उहाँ (स.) ले भन्नुभयो “उभिएर नमाज पढ् यदि यसको सामथ्र्य छैन भने बसेर नमाज पढ । र यदि यसको पनि सामथ्र्य छैन भने आफ्नो दाहिनेतर्फ पल्टेर नमाज पढ ।” (बुखारी , अबू दाऊद , तिर्मिजी , नसई , इब्ने माजा) नसईमा यो वाक्य बढी उल्लेख भएको छ “र यदि यसको पनि सामथ्र्य छैन भने सीधा पल्टेर नमाज पढ । अल्लाह तआला कुनै प्राण माथि उसको सामथ्र्य भन्दा अधिक भार (जिम्मेवारी) राख्दैनन् ।” २) अली (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो “बिरामीले उभिएर नमाज पढ्नुपर्छ यदि ऊ यसको सामथ्र्य राख्छ भने र यदि यसको सामथ्र्य राख्दैन भने बसेर नमाज पढ्ने । यदि ऊ सज्दा गर्ने सामथ्र्य राख्दैन भने टाउकोले इशारा गर्ने र आफ्नो सज्दा गर्दा रुकूको तुलनामा अलि बढी झुक्ने । यदि ऊ बसेर नमाज पढ्ने सामथ्र्य राख्दैन भने किब्लातिर फर्केर आफ्नो दाहिनेतिर पल्टेर नमाज पढ्ने । यदि दाहिनेतिर पल्टने पनि सामथ्र्य छैन भने सिधा पल्टेर खुट्टाहरुलाई किब्लातिर गरेर नमाज पढ्ने ।” (दार कुत्नी) । यो हदीस कमजोर श्रेण...

तरावीह वा रमजान महिनाको कियाम

१) आइशा (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले एक रात मस्जिदमा नमाज पढ्नु भयो र धेरै जना उहाँ (स.) सँग सामेल भए । दोस्रो रात उहाँ (स.) ले नमाज पढ्नु भयो र अझै मानिसहरु सामेल भए । फेरी तेस्रो रात वा चौथो रात मानिसहरु भेला भए तर अल्लाहका रसूल (स.) बाहिर आउनु भएन । बिहान भएपछि उहाँ (स.) ले भन्नुभयो “मैले राती तिमीहरुलाई भेला भएको देखेको थिएँ तर मलाई केवल एउटा कुराले बाहिर आउनबाट रोक्यो र त्यो हो कि कतै यो नमाज तिमीहरुमाथि अनिवार्य नगरियोस् ।” यो रमजान महिनामा भएको थियो । (बुखारी , मुस्लिम , अबू दाऊद , नसई , इब्ने माजा , अह्मद , मालिक) २) उबै बिन कअ्ब (रजि.) को भनाई अनुसार उनी अल्लाहका रसूल (स.) समक्ष उपस्थित भए र सोधे “हे अल्लाहका रसूल ! आज राती (बितेको राती) मसँग एउटा अचम्मको घट्ना घट्यो ।” त्यस समय रमजान महिना चलिरहेको थियो । उहाँ (स.) ले भन्नुभयो , “ हे उबै ! त्यो के हो ?” उनले जवाफ दिए “मेरो घरमा केही महिलाहरुले मलाई भने , आज हामी कुरआन पढ्ने छैनौं , हामी त तपाइसँग नमाज पढ्नेछौं । अनि मैले उनीहरुलाई आठ रकअत नमाज पढाएँ । अनि वित्रको नमाज पढाएँ ।” अनि अल्लाहका रसूल (स) ले केह...