१) बिलाल बिन सअद (अल्लाह उनीसँग प्रसन्न होउन) को भनाई छ, राष्ट्रपति मुआविया ((अल्लाह उनीसँग प्रसन्न होउन)) ले अबू दर्दा ((अल्लाह उनीसँग प्रसन्न होउन)) लाई चिठ्ठीमा दमिश्कको बदमाशहरुको नाम लेखेर पठाउन भने । अबू दर्दा ((अल्लाह उनीसँग प्रसन्न होउन)) ले भन्नुभयो, "दमिश्कको बदमाशहरुसँग मेरो के सम्बन्ध ? म कसरी चिन्न सक्छु र?" उन (अबू दर्दा) को छोरा बिलालले भने, म उनीहरुको नाम लेखिदिन्छु । त्यसपछि उनले नामहरु लेखिदिए । अबू दर्दा (अल्लाह उनीसँग प्रसन्न होउन) ले भने, यी नामहरु तिमीलाई कसरी थाहा भयो ? बदमाशहरुको नाम त्यतिबेला मात्रै तिमीलाई थाह हुनेछ जब स्वयं तिम्रो सम्बन्ध उनीहरुसँग होस । तिमी ती नामहरुमा सबभन्दामाथि आफ्नो नाम लेख । अबू दर्दा (अल्लाह उनीसँग प्रसन्न होउन) ले ती नामहरुलाई पठाएनन् । (अल्-अदब अल्-मुफ्रद)
१) यजीद बिन अस्वद (रजि.) भन्छन्, “म हजको बेला अल्लाहका रसूल (स.) सँग थिएँ । मैले बिहानको नमाज उहाँ (स.) सँग खैफ मस्जिदमा पढें । उहाँ (स.) ले सलाम फेरे पछि दुई जनालाई सबैजनाको पछाडि उभिएको देख्नुभयो जसले उहाँ (स.) सँग नमाज पढेका थिएनन् । उहाँ (स.) ले भन्नुभयो “उनीहरुलाई म समक्ष लिएर आऊ ।” उनीहरुलाई ल्याए पछि उनीहरु डरले कापिरहेका थिए । उहाँ (स.) ले उनीहरुसँग सोध्नुभयो, “तिमी दुवैजनाले हामीहरुसँग नमाज किन नपढेको ?” उनीहरुले जवाफ दिए “हे अल्लाहका रसूल ! हामीहरु आफ्नो घरमा नमाज पढेर आएका थियौं ।” उहाँ (स.) ले भन्नुभयो “यसो नगर, यदि तिमीहरु घरबाट नमाज पढेर मस्जिद आउँदा मस्जिदमा नमाज भईरहेको छ भने तिमीहरु पनि जमाअतमा सामेल होऊ । यो नमाज तिमीहरुको लागि नफ्ल नमाज हुनेछ ।” (अह्मद, अबू दाऊद, तिर्मिजी, नसई, दार कुत्नी, इब्ने हिब्बान, हाकिम) २) अबू जर (रजि.) भन्छन्, “ अल्लाहका रसूल (स.) ले मलाई भन्नुभयो, ‘यदि तिमीहरुमाथि यस्ता शासकहरुले प्रधानता प्राप्त गरे जो नमाजलाई उसको समयभन्दा ढीला पढ्छन् भने तिमीहरुको अवस्था त्यतिबेला कस्तो हुने होला ?’ मैले भनें, ‘त्यसो भए तपाई मलाई ...
टिप्पणियाँ