सीधे मुख्य सामग्री पर जाएं

बकरा ईद

१) अकरअ बिन जाबिर (अल्लाह उनीसँग प्रसन्न होउन) ले अल्लाहका रसूल (उनीमाथि शान्ति होस्) सँग सोधे, हे अल्लाहका रसूल ! हज प्रत्येक वर्ष अनिवार्य छ वा जीवनमा एकपल्ट मात्र ? उहाँमाथि शान्ति होस् ले भन्नुभयो, "प्रत्येक वर्ष होईन बरु जीवनमा एकपल्ट मात्रै, जो एक भन्दा बढी हज गर्छ त्यो एच्छिक हो ।" (अबू दाऊद)

२) अबू हुरैरह (अल्लाह उनीसँग प्रसन्न होउन) को भनाई छ कि मैले अल्लाहका रसूल (उनीमाथि शान्ति होस्) ले भन्दै गरेको सुनें, "जसले अल्लाहको लागि हज गर्‍यो, न सहवास गर्‍यो न अपशब्द नै भन्यो ऊ फर्कदा भर्खर आमाको कोखबाट जन्मे झैं भएर फर्कनेछ ।" (बुखारी)

३) बुरैदह (अल्लाह उनीसँग प्रसन्न होउन) को भनाई छ कि अल्लाहका रसूल (उनीमाथि शान्ति होस्) ईदुल फित्रको दिन केही खाएर नमाज पढ्नको लागि जानु हुन्थ्यो र ईदुल अदहा (बकरा ईद) को दिन (नमाज पढेर) फर्केपछि  आफूले गरेको कुर्बानीको मासु खानु हुन्थ्यो । (अहमद)

४) जैद बिन अर्कम (अल्लाह उनीसँग प्रसन्न होउन) को भनाई छ कि अल्लाहका रसूल (उनीमाथि शान्ति होस्) का सहाबी (साथि) हरुले भने, हे अल्लाहका रसूल ! यी कुर्बानीहरु के हुन ? वहाँ (माथि शान्ति होस्)  ले भन्नुभयो, तिमीहरुको बुवा इब्राहीम को सुन्नत हो । उनीहरुले फेरी सोधे यसमा हामीहरुको लागि के रहेको छ हे अल्लाहका रसूल ? वहाँमाथि शान्ति होस्  ले भन्नुभयो, प्रत्येक कपालको बदलाम एउटा पुण्य रहेको छ । उनीहरुले फेरी सोधे, ऊन पनि यसमा समावेस गरिएको छ ? वहाँ (माथि शान्ति होस्) ले भन्नुभयो,ऊनको प्रत्येक कपालको बदलामा एक पुण्य रहेको छ ।(इब्ने मज) 

५) जब अल्लाहका रसूल (उनीमाथि शान्ति होस्) हिज्रत (पलायन) गरेर मदीना जानुभयो, (त्यहाँ) मानिसहरुले वर्षमा दुईचोटी खुशी मनाउने गरेको देख्नुभयो । वहाँ (माथि शान्ति होस्) ले सोध्नुभयो, "यी कुन दिनहरु हुन ?" मानिसहरुले जवाफ दिए, "हामी यी दिनहरुलाई अज्ञानताको कालदेखी नै मनाउँदै आइरहेका छौं (अर्थात यी हाम्रा पुराना पर्वहरु हुन्) ।" अल्लाहका रसूल (उनीमाथि शान्ति होस्) ले भन्नुभयो,"अल्लाहले यी दुई दिनको सट्टा तिमीहरुलाई राम्रा दुईदिन दिएका छन अर्थात ईदुल अदहा (बकरा ईद) र ईदुल फित्र ।" (रमजान महिनापछिको ईद) । (मिश्कात)

६) अबू हुरैरह (अल्लाह उनीसँग प्रसन्न होउन) को भनाई छ, अल्लाहका रसूल (उनीमाथि शान्ति होस्) ले भन्नुभयो, "जो (कुर्बानी गर्ने) सामर्थ्य राखेर पनि कुर्बानी गर्दैन ऊ हाम्रो ईदगाह (ईदको नमाज पढ्ने ठाउँ) मा नआओस ।" (अहमद)

७) जाबिर (अल्लाह उनीसँग प्रसन्न होउन) को भनाई छ कि मैले अल्लाहका रसूल (उनीमाथि शान्ति होस्) सँग बकरा ईदको नमाज पढें । जब उहाँ फर्कनुभयो वहाँलाई भेंडा दिइयो । तब उहाँले त्यसलाई जबह (कुर्बानी) गर्नुभयो र भन्नुभयो "बिस्मिल्लाहि व अल्लाहु अक्बर, अल्लाहुम्म हाजा अन्नी व अम्मन लम् युजह्ही मिन उम्मती ।" अर्थ: शुरु अल्लाहको नामबाट र अल्लाह महान छन । हे अल्लाह ! यो मेरो तर्फबाट र मेरो समुदायका ती सम्पूर्ण मानिसहरुको तर्फबाट जसले कुर्बानी गरेका छैनन । (तिर्मिजी)

८) अबू उबैद मौला बिन अजहर (अल्लाह उनीसँग प्रसन्न होउन) को भनाई छ, मैले उमर (अल्लाह उनीसँग प्रसन्न होउन) सँग ईदको नमाज पढें । वहाँ (उमर) ले पहिले नमाज पढाउनुभयो र फेरी खुत्बा (उपदेश) दिनको लागि उभिनुभयो र भन्नुभयो, "हे मानिसहरु हो! अल्लाहका रसूल (उनीमाथि शान्ति होस्) ले तिमीहरुलाई यी दुईटै ईदमा रोजा राख्न मनाही गरेका छन । ती मध्ये एउटा त तिमीहरुको (रमजान महिनाको) रोजा को इफ्तार (रोजाको महिनालाई समाप्त गर्ने) को दिन हो र दोस्रो ईदको दिन तिमीहरु आफ्नो कुर्बानीको मासु खान्छौ ।" (बुखारी)

९) याह्या बिन सईदको भनाई छ कि मैले अबू उमामह बिन सहल अन्सारी (अल्लाह उनीसँग प्रसन्न होउन) बाट सुनें, उनी भन्छन कि हामी मदीना (अरबको एउट शहर) मा कुर्बानीको जनावरलाई राम्ररी खुवाएर मोटो पार्छौं र मुसल्मानहरु यसै गर्छन । (बुखारी) 

१०) बारा बिन आजिब (अल्लाह उनीसँग प्रसन्न होउन) को भनाई छ अल्लाहका रसूल (उनीमाथि शान्ति होस्) ले भन्नुभयो, "पहिलो काम जसबाट हामी आजको दिनलाई आरम्भ गर्छौं त्यो हो नमाज । फेरी हामी फर्कन्छौं र कुर्बानी गर्छौं (बली दिन्छौं) । जसले यसो गर्‍यो उसले हाम्रो सुन्नत (तरिका) बमोजिम गर्‍यो । जसले (नमाज पढ्नु भन्दा) पहिले नै कुर्बानी गर्‍यो उसले कुर्बानी गरेन बरु आफ्नो घर परिवारको लागी मासु तयार पार्‍यो ।" (बुखारी)

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

फर्ज नमाज एक्लै वा जमाअतका साथ पढिसकेपछि पुनः त्यही नमाजको जमाअतमा सामेल हुनु

१) यजीद बिन अस्वद (रजि.) भन्छन्, “म हजको बेला अल्लाहका रसूल (स.) सँग थिएँ । मैले बिहानको नमाज उहाँ (स.) सँग खैफ मस्जिदमा पढें । उहाँ (स.) ले सलाम फेरे पछि दुई जनालाई सबैजनाको पछाडि उभिएको देख्नुभयो जसले उहाँ (स.) सँग नमाज पढेका थिएनन् । उहाँ (स.) ले भन्नुभयो “उनीहरुलाई म समक्ष लिएर आऊ ।” उनीहरुलाई ल्याए पछि उनीहरु डरले कापिरहेका थिए । उहाँ (स.) ले उनीहरुसँग सोध्नुभयो, “तिमी दुवैजनाले हामीहरुसँग नमाज किन नपढेको ?” उनीहरुले जवाफ दिए “हे अल्लाहका रसूल ! हामीहरु आफ्नो घरमा नमाज पढेर आएका थियौं ।” उहाँ (स.) ले भन्नुभयो “यसो नगर, यदि तिमीहरु घरबाट नमाज पढेर मस्जिद आउँदा मस्जिदमा नमाज भईरहेको छ भने तिमीहरु पनि जमाअतमा सामेल होऊ । यो नमाज तिमीहरुको लागि नफ्ल नमाज हुनेछ ।” (अह्मद, अबू दाऊद, तिर्मिजी, नसई, दार कुत्नी, इब्ने हिब्बान, हाकिम) २) अबू जर (रजि.) भन्छन्, “ अल्लाहका रसूल (स.) ले मलाई भन्नुभयो, ‘यदि तिमीहरुमाथि यस्ता शासकहरुले प्रधानता प्राप्त गरे जो नमाजलाई उसको समयभन्दा ढीला पढ्छन् भने तिमीहरुको अवस्था त्यतिबेला कस्तो हुने होला ?’ मैले भनें, ‘त्यसो भए तपाई मलाई ...

तरावीह वा रमजान महिनाको कियाम

१) आइशा (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले एक रात मस्जिदमा नमाज पढ्नु भयो र धेरै जना उहाँ (स.) सँग सामेल भए । दोस्रो रात उहाँ (स.) ले नमाज पढ्नु भयो र अझै मानिसहरु सामेल भए । फेरी तेस्रो रात वा चौथो रात मानिसहरु भेला भए तर अल्लाहका रसूल (स.) बाहिर आउनु भएन । बिहान भएपछि उहाँ (स.) ले भन्नुभयो “मैले राती तिमीहरुलाई भेला भएको देखेको थिएँ तर मलाई केवल एउटा कुराले बाहिर आउनबाट रोक्यो र त्यो हो कि कतै यो नमाज तिमीहरुमाथि अनिवार्य नगरियोस् ।” यो रमजान महिनामा भएको थियो । (बुखारी , मुस्लिम , अबू दाऊद , नसई , इब्ने माजा , अह्मद , मालिक) २) उबै बिन कअ्ब (रजि.) को भनाई अनुसार उनी अल्लाहका रसूल (स.) समक्ष उपस्थित भए र सोधे “हे अल्लाहका रसूल ! आज राती (बितेको राती) मसँग एउटा अचम्मको घट्ना घट्यो ।” त्यस समय रमजान महिना चलिरहेको थियो । उहाँ (स.) ले भन्नुभयो , “ हे उबै ! त्यो के हो ?” उनले जवाफ दिए “मेरो घरमा केही महिलाहरुले मलाई भने , आज हामी कुरआन पढ्ने छैनौं , हामी त तपाइसँग नमाज पढ्नेछौं । अनि मैले उनीहरुलाई आठ रकअत नमाज पढाएँ । अनि वित्रको नमाज पढाएँ ।” अनि अल्लाहका रसूल (स) ले केह...

सलातुल् मरीज (बिरामीको नमाज)

१) इम्रान बिन हुसैन (रजि.) को भनाई छ , “ मलाई पाइल्स भएको थियो । मैले अल्लाहका रसूल (स.) सँग सोधें “नमाज कसरी पढ्ने ?” उहाँ (स.) ले भन्नुभयो “उभिएर नमाज पढ् यदि यसको सामथ्र्य छैन भने बसेर नमाज पढ । र यदि यसको पनि सामथ्र्य छैन भने आफ्नो दाहिनेतर्फ पल्टेर नमाज पढ ।” (बुखारी , अबू दाऊद , तिर्मिजी , नसई , इब्ने माजा) नसईमा यो वाक्य बढी उल्लेख भएको छ “र यदि यसको पनि सामथ्र्य छैन भने सीधा पल्टेर नमाज पढ । अल्लाह तआला कुनै प्राण माथि उसको सामथ्र्य भन्दा अधिक भार (जिम्मेवारी) राख्दैनन् ।” २) अली (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो “बिरामीले उभिएर नमाज पढ्नुपर्छ यदि ऊ यसको सामथ्र्य राख्छ भने र यदि यसको सामथ्र्य राख्दैन भने बसेर नमाज पढ्ने । यदि ऊ सज्दा गर्ने सामथ्र्य राख्दैन भने टाउकोले इशारा गर्ने र आफ्नो सज्दा गर्दा रुकूको तुलनामा अलि बढी झुक्ने । यदि ऊ बसेर नमाज पढ्ने सामथ्र्य राख्दैन भने किब्लातिर फर्केर आफ्नो दाहिनेतिर पल्टेर नमाज पढ्ने । यदि दाहिनेतिर पल्टने पनि सामथ्र्य छैन भने सिधा पल्टेर खुट्टाहरुलाई किब्लातिर गरेर नमाज पढ्ने ।” (दार कुत्नी) । यो हदीस कमजोर श्रेण...