१) अब्दुल्लाह बिन अब्बास (अल्लाह उनीसँग प्रसन्न होउन) को भनाई छ, अल्लाहका रसूल (उनीमाथि शान्ति होस्) ले भन्नुभयो, "कुनै पुरुष कुनै महिलासँग एकान्तमा नबसोस (यहाँ महिला भन्नुको तात्पर्य गैर महरम अर्थात त्यस्ता महिलाहरु हुन जोसँग विवाह गर्ने अनुमति इस्लामले दिएको छ) र कोही महिला महरम पुरुष (अर्थात जोसँग विवाह गर्ने अनुमति छैन जस्तै साक्य दाई, साक्य भाई, बुबा, काका, मामा, छोरा आदि) बिना यात्रा नगरोस । (त्यहिबेला) एकजना ब्यक्तिले प्रश्न सोध्यो, "हे अल्लाहका रसूल ! मेरो नाम एउटा युद्धमा (भाग लिनको लागि) लेखिएको छ र मेरी पत्नीले हजको नियत गरेर हिडिसकेकिछिन ।" उहाँ (माथि शान्ति होस्) ले भन्नुभयो, "जाऊ आफ्नी पत्नीसँग हज गर ।" (बुखारी र मुस्लिम)
२) उमैमह बिन्त रुकैकह (अल्लाह उनी संग प्रसन्न होउन) को भनाई छ, मैले
सन्देष्टा (उनीमाथि शान्ति होस्) को हातमा संकल्प लिएँ जबकी म महिलाहरुको
भीडमा थिएँ । उहाँ ले भन्नुभयो, "म ती कार्यहरुको विषयमा मात्र संकल्प
लिरहेको छु जसलाई तिमीहरु गर्न सक्नेछौ ।" मैले (उमैमह बिन्त रुकैकह) भनेँ
कि अल्लाह र उनका रसूल हामीभन्दा बढी हामीमाथि कृपालु छन । मैले भने कि हे
अल्लाहका रसूल ! हामीसँग संकल्प लिनुहोस अर्थात हाथ मिलाउनुहोस । उहाँ ले
भन्नुभयो, "मेरो सयजना महिलाहरुसँग मौखिक संकल्प लिनु एउटी महिलासँग मौखिक
संकल्प लिनु सरह नै हो ।" [उहाँ (माथि शान्ति होस्) ले त्यहाँ उपस्थित कुनै महिलासँग हात
मिलाउनु भएन] । (मालिक)
टिप्पणियाँ