१) अब्दुल्लाह
बिन अम्र (अल्लाह उनीसँग प्रसन्न होऊन) को भनाई छ,
अल्लाहका संदेष्टा (उनीमाथि शान्ति
होस्) ले भन्नुभयो,
"जस ब्यक्तिमा यी चार अवगुणहरु पाइने छन् ऊ नितान्त मुनाफिक (कपटी) हो र जसमा कुनै एउटा अवगुण पाइने छ ऊ मुनाफिकहरुको एउटा अवगुण लिएको हुनेछ:
क) जब उसलाई कुनै नासो सुम्पिइन्छ ऊ
त्यसको हिनामिना गर्दछ,
ख) जब बोल्छ, झुठो बोल्छ,
ग) जब बाँचा गर्छ त्यसलाई तोड्दछ,
घ) कसैसँग झगडा हुँदा अपशब्दको
प्रयोग गर्दछ ।" (मिश्कात)
२) उमर
बिन खत्ताब (अल्लाह उनीसँग प्रसन्न होऊन) को भनाई छ, अल्लाहका संदेष्टा
(उनीमाथि शान्ति होस्) ले
भन्नुभयो,
"मलाई यस समुदायमा केवल यस्ता मुनाफिकहरुको डर लागेको छ जो कुरा गराइमा तत्वदर्शी छन् तर कार्यमा
अरुमाथि अत्याचार गर्छन् ।" (बैहकी)
३) अबू हुरैरह (अल्लाह उनीसँग
प्रसन्न होऊन) को भनाई छ, अल्लाहका संदेष्टा (उनीमाथि शान्ति होस्) ले भन्नुभयो,
"मुनाफिक (कपटी) भित्र दुईवटा राम्रा गुणहरु एकै चोटी
उपस्थित हुन सक्दैनन:
क) राम्रो आचरण
ख) दीन (इस्लाम) को सुझबुझ ।"
(मिश्कात)
टिप्पणियाँ