१) फातिमा बिन्त कैस (कैस कि छोरी फातिमा, अल्लाह उनीसँग प्रसन्न होऊन) को भनाई छ, म अल्लाहका संदेष्टा (उनीमाथि शान्ति होस्) को सेवामा उपस्थित भएँ, अनि मैले भने कि अबू जहम र मुआवियाले मलाई बिहेको प्रस्ताव राखेका छन (यस बिषयमा हजुरको के बिचार रहेको छ ?) । उहाँ (माथि शान्ति होस्) ले भन्नुभयो, "मुआविया त गरीब छ, ऊसँग सम्पत्ति छैन र अबू जहम आफ्नो लौरोलाई आफ्नो काँधबाट हटाउँदैन ।" (बुखारी, हादीसको संग्रह)
अर्थात : यस हदीसबाट प्रष्ट हुन्छ कि ठूलाबडासँग विवाहका लागि सरसल्लाह गर्दा यदि कसैको कम्जोरीको कुरा गरिन्छ भने त्यसलाई गीबत मानिदैन । यस अवस्थामा यसको अनुमति रहेकोछ ।
२) आइशा (अल्लाह उनीसित प्रसन्न होऊन) को भनाई छ, अल्लाहका रसूल (उनीमाथि शान्ति होस्) ले भन्नुभयो, "मलाई लाग्छ कि फलानो र फलानो ब्यक्तिलाई हाम्रो दीन (इस्लाम) को विषयमा केही पनि ज्ञान छैन । (बुखारी)
अर्थात: यस हदीसमा पनि अल्लाहका रसूल (उनीमाथि शान्ति होस्) ले दुईजना ब्यक्तिको कमी कमजोरीलाई वर्णन गर्नु भएको छ । यसलाई पनि गीबत भनिदैन । यहाँ कमजोरी उल्लेख गर्नुको कारण सर्वसाधारण मुस्लिमहरुलाई माथि उल्लेखित दुईजना ब्यक्तिहारुको ईमानको अवस्थाबाट अवगत गराउनु हो ताकि मुस्लिमहरु उनीहरुको लहलहैमा लागेर आफ्नो ईमानलाई खतरामा नपारुन् ।
टिप्पणियाँ