*महिलाहरुले घरमा नमाज पढ्नु, बरु घरको पनि भित्री कोठामा नमाज पढ्नु मस्जिदमा गएर जमाअतका साथ नमाज पढ्नु भन्दा उत्तम हो ।
१)
उम्मे सलमा (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो
“महिलाहरुको लागि उत्तम मस्जिद उनीहरुको घरको भित्रको कोठा हो ।” (मुस्नद
इमाम अह्मद)
*तर
यदि उनीहरु मस्जिदमा गएर जमाअतका साथ नमाज पढ्न चाहन्छन् भने उनीहरुलाई
यसको अनुमति रहेको छ । तर कुनै प्रकारको उत्पीडन एवं हिंसाको भय नहोस् र
उनीहरु सुगन्धित भएर र श्रृंगार गरेर नआउन् ।
*हनफी
विद्वानहरुका अनुसार आजको समयमा महिलाहरुले (चाहे किशोरी हुन् वा वृद्धा)
मस्जिदमा गएर जमाअतका साथ नमाज पढ्दा हिंसा हुनसक्ने कारणले यसो गर्नु
मकरूह हो । यसै अनुसार फत्वा छ । (आलम गीरी, तन्वीर अल्–अब्सार)
२) इब्ने
उमर (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो “यदि
तिमीहरुसित तिमीहरुको पत्नीहरु राती मस्जिदमा जाने अनुमति लिन्छन् भने
उनीहरुलाई अनुमति देऊ ।” (बुखारी, मुस्लिम, अबू दाऊद, तिर्मिजी, नसई)
*अर्को हदीसमा उल्लेख छ :
३)
“अल्लाहका भक्तिनीहरुलाई अल्लाहको मस्जिदहरुमा जान नरोक यद्यपि उनीहरुको
घर उनीहरुको लागि उत्तम ठाउँ हो (नमाज पढ्नको लागि) ।” (अहमद, अबू दाऊद)
४)
अबू हुरैरह (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो
“अल्लाहका भक्तिनीहरुलाई अल्लाहको मस्जिदहरुमा आउनबाट नरोक तर उनीहरु
मस्जिदमा सादगीका साथ आउन् ।” (मुस्नद इमाम अहमद)
टिप्पणियाँ