१)
इब्ने उमर (रजि.) को भनाई अनुसार अत्यन्तै जाडो रात र यात्राको बेला बर्षा
हुँदा अल्लाहका रसूल (स.) मुअज्जिनलाई अजानमा “आफ्नै घरमा नमाज पढ” भन्ने
आदेश दिनु हुन्थ्यो । (अह्मद, मुस्लिम)
२)
जाबिर (रजि.) भन्नुहन्छ हामी एक पटक यात्रामा अल्लाहका रसूल (स.) सँग
थियौं । वर्षा भयो अनि उहाँ (स.) ले भन्नुभयो, “ तिमीहरु मध्ये जो आफ्नो
घरमा नमाज पढ्न चाहन्छ पढ ।” (अह्मद, मुस्लिम अबू दाऊद, तिर्मिजी)
३)
एकदिन पानी परेको बेला इब्ने अब्बास (रजि.) ले आफ्ना मुअज्जिन (अजान दिने
व्यक्ति) लाई अजानमा “हैय अलास् सलाह” को सट्टा “सल्लु फी रिहालिकुम्”
(आफ्नै घरमा नमाज पढ) भन्ने आदेश दिए । अरुहरुलाई यो परिवर्तन चित्त बुझेन
अनि इब्ने अब्बास (रजि.) ले भन्नुभयो “के तिमीहरुलाई यस परिवर्तनले गर्दा
अचम्म भइरहेको छ ? यो परिवर्तन त उसले गरेको हो जो म भन्दा उत्तम रहेको
थियो, अर्थात अल्लाहका रसूल (स.) । यस अवस्थामा जमाअतमा उपस्थित हुनु कठिन
कार्य हो र मलाई यो मन परेन कि म तिमीहरुलाई घरबाट निकालुँ र तिमीहरु माटो र
हिलोमा हिँडेर मस्जिदमा आऊ । (बुखारी र मुस्लिम)
४)
इब्ने उमर (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो
“तिमीहरुमध्ये कसैको लागि यदि खाना पस्किएको छ भने उसले हतार नगरोस् र
आफ्नो भोकलाई मेटाओस चाहे यसो गर्नाले मस्जिदमा नमाज सुरु भईसकेको होस् ।”
(बुखारी)
५) आइशा (रजि.) को भनाई अनुसार अल्लाहका रसूल
(स.) ले भन्नुभयो “खाना अगाडि भएको बेला नमाज छैन र न दिसा वा पिसाब लागेको
बेला । (अह्मद, मुस्लिम, अबू दाऊद)
६)
अबू दर्दा (रजि.) भन्नु हुन्छ, “मानिसले दीन बुझेको छ भन्ने कुराको पहिचान
यो पनि हो कि नमाजको समयमा यदि उसलाई कुनै कुराको अत्यन्तै आवश्यकता छ भने
ऊ पहिले आफ्नो आवश्यकतालाई पूरा गर्छ, नमाजलाई एकाग्रताका साथ पढ्नको
निम्ति । (बुखारी)
टिप्पणियाँ