*मस्जिद जानको लागि जति बढी हिँड्न आवश्यकता पर्छ त्यति नै बढी पुण्य प्राप्त हुन्छ ।
१)
अबू मूसा (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो “नमाजमा
सबै भन्दा बढी पुण्य उसको लागि हो जो सबैभन्दा बढी पाइला हिँडेर जमाअतमा
सामेल हुन्छ ।” (मुस्लिम)
२)
जाबिर (रजि.) को भनाई अनुसार मस्जिद नबवीको नजिकको जमिन खाली भयो अनि बनी
सलमा समुदायका मानिहरुले त्यहाँ सर्ने निधो गरे । जब नबी (स.) लाई यो सूचना
प्राप्त भयो, उहाँ (स.) उनीहरु कहाँ जानुभयो र भन्नुभयो “मलाई सूचना
प्राप्त भएको छ कि तिमीहरु मस्जिदको नजिक सर्न चाहन्छौ ?” उनीहरुले भने
“हो, हे अल्लाहका रसूल ! हामी चाहन्छौ । उहाँ (स.) ले भन्नुभयो “हे बनी
सलमा समुदायका मानिसहरु हो ! आफ्नो अहिलेको ठाउँमा नै बसिराख । तिमीहरुको
मस्जिद हिँडेर जाने पाइलाहरुलाई लेखिन्छ । ” (मुस्लिम)
जमाअतमा सामेल हुन जाँदा शान्ति एवं गौरवका साथ जानु
*जमाअतमा
सामेल हुनको लागि मस्जिद जाँदा छिटो छिटो वा दौडेर जानु हुँदैन बरु शान्ति
एवं गौरवका साथ जानु पर्दछ । किनभने नमाजको लागि जादा मानिस नमाजमा नै
हुन्छ ।
३)
अबू कतादा (रजि.) को भनाई छ, हामीहरु अल्लाहका रसूल (स.) सँग नमाज
पढिरहेका थियौं । अनि उहाँ (स.) ले केही व्यक्तिहरुको हल्ला सुन्नुभयो ।
हामीहरुले नमाज समाप्त गरेपछि उहाँ (स.) ले सोध्नुभयो “तिमीहरुलाई के भएको
थियो? उनीहरुले भनें “हामीहरु नमाजको लागि हतारिएर आइरहेका थियौं ।” उहाँ
(स.) ले भन्नुभयो “तिमीहरु यसो नगर्नु, जब तिमीहरु नमाजको लागि आउँछौ,
शान्ति र गौरवका साथ आऊ । जमाअतको जति भाग पाउँछौ त्यसलाई पढ र जति बाँकी
रहन्छ त्यसलाई पूरा गर । ” (बुखारी र मुस्लिम)
टिप्पणियाँ