१) अली
(रजि.) र मुआज बिन जबल (रजि.) का भनाई अनुसार अल्लाहका रसूल (स.) ले
भन्नुभयो “तिमीहरुमध्ये कोही नमाज पढ्न (मस्जिदमा) आउँदा इमाम नमाज
पढिरहेको छ (जमाअत सुरु भइसकेको छ) भने इमाम जे गर्दैछ (जुन अवस्थामा छ)
उसले पनि त्यही गरोस् (त्यही अवस्थामा सामेल होस्) । (तिर्मिजी)
*हनफी
विद्वानहरुका अनुसार सना (सुब्हान कल्लाहुम्म) पनि पढ्नुपर्छ । यदि सानो
स्वरले पढिने नमाज हो भने ऊ जमाअतमा सामेल भएपछि सनालाई तक्बीरे तहरीमा भने
पछि तुरुन्तै पढ्नुपर्छ र यदि ठूलो स्वरले पढिने नमाज हो भने सनालाई
इमामले सलाम फेरेपछि आफ्नो बाँकी नमाज पूरा गर्न उठेपछि पढ्नुपर्छ तर यदि ऊ
(सानो स्वरले वा ठूलो स्वरले पढिने दुबै नमाजमा) इमाम रुकू वा सज्दामा
हुँदा जमाअतमा सामेल हुँदा यदि सना पढेपछि पनि इमामलाई त्यही अवस्था
(अर्थात रुकू वा सज्दाको अवस्था) मा भेट्न सकिन्छ भने सना पढेर जमाअतमा
सामेल हुनुपर्छ अन्यथा सना नपढिकन जमाअतमा “अल्लाहु अक्बर” भनेर सामेल
हुनुपर्छ र यदि इमाम बसेको छ भने सना नपढिकन केवल अल्लाहु अक्बर भनेर
जमाअतमा सामेल हुनुपर्छ र सनालाई इमामले सलाम फेरेपछि आफ्ना छुटेका
रकअतहरुलाई पूरा गर्न उठ्दा पढ्नुपर्छ । (अल्–फिक्ह अला अल्–मजाहिब
अल्–अर्बआ)
*अधिकतम विद्वानहरु (जसमा अइम्मए अर्बआ पनि सामेल छन्) का अनुसार यदि मुक्तदी कुनै रकअतमा रुकूको अवस्थामा जमाअतमा सामेल हुन्छ भने उसले त्यो रकअत पायो (अर्थात त्यो रकअतलाई पछि पूरा गर्नु आवश्यक छैन) तर यदि ऊ रुकुपछि (जस्तैः कौमा वा सज्दाको अवस्थामा) सामेल हुन्छ भने उसले रकअत पाएको मानिदैन (अर्थात इमामले सलाम फेरेपछि, आफूले सलाम नफेरिकन त्यो रकअत पूरा गर्नुपर्छ)
२) अबू हुरैरह (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो, “तिमी नमाज पढ्न आँउदा यदि हामी सज्दाको अवस्थामा छौं भने तिमी पनि सज्दामा सामेल होऊ तर त्यसलाई पूरा भएको रकअत नसम्झ । जसले रकअत अर्थात रुकू पायो उसले नमाज पायो ।” (अबू दाऊ, इब्ने खुजैमा, हाकिम)
३)
अबू बक्र (रजि.) को भनाई छ, “मैले मस्जिदमा प्रवेश गरें । मैले देखें कि
अल्लाहका रसूल (स.) नमाज पढाई रहनुभएको छ र उहाँ (स.) रुकूको अवस्थामा
हुनुहुन्छ । म सफमा सामेल हुनुभन्दा पहिले नै रुकू गरें र त्यसै अवस्थामा
हिंडेर जमाअतमा सामेल भएँ । पछि अल्लाहका रसूल (स.) ले मलाई भन्नुभयो
“अल्लाह तिम्रो भलाईको चाहनालाई बढाउन्, अब देखि यसो नगर्नु ।” (बुखारी)
*अर्थात अल्लाहका रसूल (स.) ले अबू बक्र (रजि.) लाई पहिलेदेखि नै रुकू गरेर हिंडदै जमाअतमा सामेल हुन पछिको लागि मनाही गरिदिनु भयो । तर त्यो रकअतलाई दोहोर्याउने आदेश दिनु भएन । यसबाट यो ज्ञात हुन्छ कि जो रुकूमा सामेल हुन्छ उसले त्यो रकअत दोहोर्याउनु पर्ने छैन र यसबाट यो पनि ज्ञात हुन्छ कि माथि अबू हुरैरह (रजि.) द्वारा उल्लेख गरिएको हदीसमा अल्लाहका रसूल (स.) को भनाई “जसले रकअत पायो उसले नमाज पायो” मा शब्द “रकअत” को अर्थ रुकू नै हो ।
४) अबू हुरैरह (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो, “तिमीले इकामत सुनेपछि नमाजको लागि संयमताका साथ जाऊ र हतार नगर । जति नमाज (जति रकअतहरु) पाउँछौ त्यसलाई पढ र छुटेका रकअतहरुलाई पछि पूरा गर ।” मुस्लिम, अह्मद र नसईद्वारा उल्लेखित अरु हदीसहरुमा उहाँ (स.) को यो वाक्य “र छुटेका रकअतहरुको पछि कजा गर” उल्लेख भएको छ ।
५)
मुगीरा बिन शुअ्बा (रजि.) को भनाई छ, “तबूकको युद्धको बेला म अल्लाहका
रसूल (स.) सँगै पछाडि छुटेको थिएँ । उहाँ (स.) शौच गर्न जानु भयो । उतै
उहाँ (स.) ले वुजु गर्नुभयो अनि सबैजना भएको ठाउँमा पुग्दा अब्दुर्रह्मान
बिन औफलाई नमाज पढाउँदै गरेको देख्नुभयो । उहाँ (स.) ले सबैसँग अन्तिम रकअत
पढ्नुभयो । अब्दुर्रहमान बिन औफ (रजि.) ले सलाम फेरेपछि अल्लाहका रसूल
(स.) आफ्नो नमाज पूरा गर्नको लागि उभिनुभयो । अनि नमाज सकाएपछि सबैलाई
संबोधन गरेर भन्नुभयो ‘तिमीहरुले समय मै नमाज पढेर राम्रो काम गर्यौ ।’”
(बुखारी, मुस्लिम, अह्मद)
टिप्पणियाँ