सीधे मुख्य सामग्री पर जाएं

इमाम र मुक्तदीहरुले उभिने अवस्था


*यदि इमामसँग एक जना मुक्तदी छ भने ऊ इमामको दाहिनेतिर इमामसँगै उभिनुपर्छ र यदि दुई वा दुईभन्दा बढी मुक्तदीहरु छन् भने उनीहरु इमामको पछाडि उभिनुपर्छ ।

१) जाबिर (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) मग्रिबको नमाज पढ्नको लागि उभिनुभयो अनि म उहाँ (स.) को देब्रेतिर गएर सामेल भएँ । उहाँ (स.) ले मलाई हातले समातेर आफ्नो दाहिने तिर गरिदिनु भयो । अनि जब्बार बिन सख्र (रजि.) आए र अल्लाहका रसूल (स.) को देबे्रतिर उभिए । उहाँ (स.) ले हामीहरुको हात समातेर हामीहरुलाई धकेलेर आफ्नो पछाडि गरिदिनुभयो । (मुस्लिम, अबू दाऊद)

२) समुरह् बिन जुन्दुब (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले हामीहरु तीनजना भएको अवस्थामा हामी मध्ये एकजना अगाडि हुने आदेश दिनुभएको छ अर्थात एकजना अगाडि इमामको हैसियतले र दुईजना पछाडि मुक्तदीको हैसियतले । (तिर्मिजी)

*हनफी, मालिकी शाफिई र हम्बली विद्वानहरुका अनुसार यदि एकजना मुक्तदी छ भने उसले इमामको दाहिनेतिर अलिक पछाडितिर उभिनु उत्तम हो । मालिकी, शाफिई र हम्बली विद्वानहरुका अनुसार इमामको बराबरमा उभिनु मक्रुह हो । हनफी विद्वानहरुका अनुसार मक्रुह होइन । (अल्–फिक्ह अला अल्–मजाहिब अल्–अर्बआ)

३) अनस (रजि.) भन्छन्, “मैले र मेरो घरबाट एकजना अनाथ बालकले अल्लाहका रसूल (स.) को पछाडि नमाज पढ्यौं र मेरो आमा हामीहरुको पछाडि हुनुहुन्थ्यो । अर्को हदीसमा उल्लेख छ “म र ऊ अनाथ बालक अल्लाहका रसूल (स.) को पछाडि उभिएका थियौं र आमा हाम्रो पछाडि ।” (बुखारी र मुस्लिम)

४) अबू हुरैरह (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो, “इमामलाई बीचमा उभ्याऊ र आफ्नो बीचमा रहेको खाली ठाउँलाई भर । ” (अबू दाऊद)

५) इब्ने मस्ऊद (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो “मेरो नजिक बुझक्कडहरु उभिनु, अनि उनीहरु भन्दा कम बुझक्कडहरु अनि उनीहरु भन्दा कम र तिमीहरु बजारका व्यर्थका कुराहरुबाट बच ।” (अह्मद, मुस्लिम, अबू दाऊद, तिर्मिजी)

६) अबू मालिक अश्अरी (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) जमाअतमा पुरुषहरुलाई सबै भन्दा अगाडि उभ्याउनु हुन्थ्यो अनि उनीहरुको पछाडि बच्चाहरुलाई र त्यसपछि महिलाहरुलाई । (अह्मद, अबू दाऊद)

७) अबू हुरैरह (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो “पुरुषहरुको सबैभन्दा राम्रो सफ अगाडिको सफ हो र उनीहरुको सबैभन्दा नराम्रो सफ पछाडिको सफ हो । महिलाहरुको सबैभन्दा राम्रो सफ पछाडिको सफ हो र उनीहरुको सबैभन्दा नराम्रो सफ अगाडिको सफ हो । (मुस्लिम, अह्मद, अबू दाऊद, तिर्मिजी, नसई, इब्ने माजा)

८) वाबिसा बिन मअ्बद (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले एकजनालाई सफको पछाडि एक्लै उभिएर (जमाअतका साथ) नमाज पढिरहेको देख्नुभयो अनि उहाँ (स.) ले उसलाई नमाज पुनः पढ़ने आदेश दिनुभयो । (अबू दाऊद, तिर्मिजी, इब्ने माजा)

९) तल्क (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो “जो सफको पछाडि उभिएर एक्लै (जमाअतका साथ) नमाज पढ्छ उसको नमाज मान्य हुदैन ।” (इब्ने हिब्बान)

*माथिका हदीसहरुमा अल्लाहका रसूल (स.) ले नमाज अमान्य हुने भनेकोलाई मक्रुह हुनुको अर्थ दिने र नमाज पुनः पढ़ने दिइएको आदेशलाई मक्रुहलाई हटाउन यसो गर्ने अर्थ दिने ।

१०) अबू बक्र (रजि.) को भनाई छ, “म मस्जिदमा प्रवेश गर्दा अल्लाहका रसूल (स.) ले नमाज पढाउँदै गरेको  देखें र उहाँ (स.) रुकुको अवस्थामा हुनुहुन्थ्यो । म सफमा पुग्नु भन्दा पहिले नै रुकुको अवस्थामा गएँ र त्यसै अवस्थामा हिँड्दै जमाअतमा सामेल भएँ । पछि अल्लाहका रसूल (स.) ले मलाई भन्नुभयो “अल्लाह तिम्रो भलाईको इच्छामा बृद्धि गरुन्, अर्को पल्ट देखि यसो नगर्नु ।” (बुखारी) । अर्थात सफको पछाडि उभिएर यदि रुकु जायज छ भने त्यस ठाउँमा पूरा नमाज पनि जायज छ ।

११) मुकातिल् बिन हिब्बान (रजि.) को भनाई अल्लाहका रसूल (स.) भन्नुहुन्छ “यदि कोहि नमाज पढ्न आउँछ तर ( आफूसँग उभिने) कसैलाई पाउँदैन भने उसले अगाडिको सफबाट कसैलाई तानेर आफुसँग उभ्याउनुपर्छ । जसलाई अगाडिको सफबाट तानिनेछ उसको लागि धेरै पुण्य रहेको छ ।” (अबू दाऊद) 

१२) वाबिसा (रजि.) को भनाई अनुसार एक जनाले सफको पछाडि एक्लै नमाज पढ्यो । अल्लाहका रसूल (स.) ले भन्नुभयो, "हे नमाज पढ्ने व्यक्ति ! तिमी अगाडिको सफमा किन नमिलेको ? वा (अगाडिको सफ पूरा भएको खण्डमा) कसैलाई अगाडिको सफबाट किन नतानेको ? आफ्नो नमाज फेरी पढ़ ।” (बैहकी, तबरानी)

*यस विषयमा हनफी, शाफिई र हम्बली विद्वानहरुमा कुनै मत भिन्नता छैन तर विवरणमा मत भिन्नता पाइन्छ । हनफी र शाफिई विद्वानहरुका अनुसार यस्तो व्यक्तिले “अल्लाहु अक्बर” भनेपछि यस विषयको ज्ञान राख्ने व्यक्तिलाई तान्नुपर्छ । हम्बली विद्वानहरुका अनुसार यस्तो व्यक्तिले अगाडि सफबाट कसैलाई बोलेर वा खोकेर आफूसँग पछाडि उभ्याउनुपर्छ, हातले समातेर तान्नु मक्रुह हो । (अल्–फिक्ह अला अल्–मजाहिब अल्–अर्बआ) 

*इमाम मालिक (रह.) को अनुसार ऊ एक्लै उभिने र कसैलाई पनि अगाडिको सफबाट नतान्ने किनकी कसैलाई सफबाट तान्नु मक्रुह हो । उनका अनुसार मुकातिल (रजि.) र वाबिसा (रजि.) द्वारा उल्लेखित माथिको हदीसको सनदमा कमजोरी छ र विश्वसनीय छैन । (अल्–फत्ह अल्–रब्बानी)

१३) इब्ने मस्ऊद (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले इमामले अग्लो ठाँउमा उभिनु र मुक्तदीहरु ऊभन्दा तल हुनुबाट मनाही गरेका छन् । (दार कुत्नी)

१४) हुजैफा (रजि.) ले मदयनमा एउटा अग्लो ठाउँमा उभिएर इमामत गर्नुभयो अनि इब्ने मस्ऊद (रजि.) ले उनको कमीज समातेर तान्नुभयो । नमाज सकेपछि उहाँले हुजैफा (रजि.) लाई भन्नुभयो “के तपाईलाई थाहा छैन अल्लाहका रसूल (स.) ले यसो गर्नबाट मनाही गर्नुभएको छ ? उनले भने “अँ, थाहा छ । जतिबेला तपाईले मलाई तान्नुभयो मलाई त्यो कुरा याद आयो ।” (अबू दाऊद, इब्ने हिब्बान)

*तर कुनै आवश्यक कुरा सिकाउनको लागि वा कुनै उद्देश्यले पहिलो पटक इमामले मुक्तदीहरुभन्दा अग्लो ठाउँमा उभिनु सही हो । 

१५) सहल बिन सअ्द (रजि) को भनाई अनुसार मस्जिदमा पहिलोपटक मिम्बर राखेको दिन अल्लाहका रसूल (स.) ले त्यसमाथि बसेर “अल्लाहु अकबर” भन्नुभयो अनि रुकु गर्नुभयो अनि पछाडि सरेर तल ओर्लिनु भयो र सज्दा गर्नु भयो सँगै सबै जनाले सज्दा गरे । अनि दोस्रो रकअतमा पनि यसरी नै गर्नु भयो र यसरी नै नमाजको अन्तिमसम्म गर्नुभयो । नमाज सकाएर पछडि फर्किएर भन्नुभयो “हे मनुष्यहरु हो ! मैले यसरी गर्नुको कारण यो हो कि तिमीहरु नमाजमा मेरो अनुसरण गर र नमाज पढ्ने तरिका सिक ।” (बुखारी, मुस्लिम)

*मुक्तदीहरुले इमाम भन्दा अग्लो ठाउँमा उभिएर नमाज पढ्ने अनुमति छ।  

१६) अबू हुरैरह (रजि.) को भनाई अनुसार उनले जमाअतमा सामेल भएर मस्जिदको कौसीमा नमाज पढे । (मुस्नद सईद बिन् मन्सूर, शाफिई, बैहकी, बुखारी फिल्–तअ्लीकात)

१७) अबू हुरैरह (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो, “यदि मानिसहरुलाई अजान र पहिलो सफमा कति पुण्य छ भन्ने कुराको ज्ञान भएको भए र त्यसको लागि गोला हाल्नु परे पनि गोला हाल्ने छन् ।” (बुखारी)

१८) आइशा (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो ,“अल्लाह र उनका फरिश्ताहरु सफहरुको दाहिने तर्फ नमाज पढ्नेहरुमाथि शान्ति पठाउँछन् । ” (अबू दाऊद)

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

फर्ज नमाज एक्लै वा जमाअतका साथ पढिसकेपछि पुनः त्यही नमाजको जमाअतमा सामेल हुनु

१) यजीद बिन अस्वद (रजि.) भन्छन्, “म हजको बेला अल्लाहका रसूल (स.) सँग थिएँ । मैले बिहानको नमाज उहाँ (स.) सँग खैफ मस्जिदमा पढें । उहाँ (स.) ले सलाम फेरे पछि दुई जनालाई सबैजनाको पछाडि उभिएको देख्नुभयो जसले उहाँ (स.) सँग नमाज पढेका थिएनन् । उहाँ (स.) ले भन्नुभयो “उनीहरुलाई म समक्ष लिएर आऊ ।” उनीहरुलाई ल्याए पछि उनीहरु डरले कापिरहेका थिए । उहाँ (स.) ले उनीहरुसँग सोध्नुभयो, “तिमी दुवैजनाले हामीहरुसँग नमाज किन नपढेको ?” उनीहरुले जवाफ दिए “हे अल्लाहका रसूल ! हामीहरु आफ्नो घरमा नमाज पढेर आएका थियौं ।” उहाँ (स.) ले भन्नुभयो “यसो नगर, यदि तिमीहरु घरबाट नमाज पढेर मस्जिद आउँदा मस्जिदमा नमाज भईरहेको छ भने तिमीहरु पनि जमाअतमा सामेल होऊ । यो नमाज तिमीहरुको लागि नफ्ल नमाज हुनेछ ।” (अह्मद, अबू दाऊद, तिर्मिजी, नसई, दार कुत्नी, इब्ने हिब्बान, हाकिम) २) अबू जर (रजि.) भन्छन्, “ अल्लाहका रसूल (स.) ले मलाई भन्नुभयो, ‘यदि तिमीहरुमाथि यस्ता शासकहरुले प्रधानता प्राप्त गरे जो नमाजलाई उसको समयभन्दा ढीला पढ्छन् भने तिमीहरुको अवस्था त्यतिबेला कस्तो हुने होला ?’ मैले भनें, ‘त्यसो भए तपाई मलाई ...

सलातुल् मरीज (बिरामीको नमाज)

१) इम्रान बिन हुसैन (रजि.) को भनाई छ , “ मलाई पाइल्स भएको थियो । मैले अल्लाहका रसूल (स.) सँग सोधें “नमाज कसरी पढ्ने ?” उहाँ (स.) ले भन्नुभयो “उभिएर नमाज पढ् यदि यसको सामथ्र्य छैन भने बसेर नमाज पढ । र यदि यसको पनि सामथ्र्य छैन भने आफ्नो दाहिनेतर्फ पल्टेर नमाज पढ ।” (बुखारी , अबू दाऊद , तिर्मिजी , नसई , इब्ने माजा) नसईमा यो वाक्य बढी उल्लेख भएको छ “र यदि यसको पनि सामथ्र्य छैन भने सीधा पल्टेर नमाज पढ । अल्लाह तआला कुनै प्राण माथि उसको सामथ्र्य भन्दा अधिक भार (जिम्मेवारी) राख्दैनन् ।” २) अली (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो “बिरामीले उभिएर नमाज पढ्नुपर्छ यदि ऊ यसको सामथ्र्य राख्छ भने र यदि यसको सामथ्र्य राख्दैन भने बसेर नमाज पढ्ने । यदि ऊ सज्दा गर्ने सामथ्र्य राख्दैन भने टाउकोले इशारा गर्ने र आफ्नो सज्दा गर्दा रुकूको तुलनामा अलि बढी झुक्ने । यदि ऊ बसेर नमाज पढ्ने सामथ्र्य राख्दैन भने किब्लातिर फर्केर आफ्नो दाहिनेतिर पल्टेर नमाज पढ्ने । यदि दाहिनेतिर पल्टने पनि सामथ्र्य छैन भने सिधा पल्टेर खुट्टाहरुलाई किब्लातिर गरेर नमाज पढ्ने ।” (दार कुत्नी) । यो हदीस कमजोर श्रेण...

तरावीह वा रमजान महिनाको कियाम

१) आइशा (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले एक रात मस्जिदमा नमाज पढ्नु भयो र धेरै जना उहाँ (स.) सँग सामेल भए । दोस्रो रात उहाँ (स.) ले नमाज पढ्नु भयो र अझै मानिसहरु सामेल भए । फेरी तेस्रो रात वा चौथो रात मानिसहरु भेला भए तर अल्लाहका रसूल (स.) बाहिर आउनु भएन । बिहान भएपछि उहाँ (स.) ले भन्नुभयो “मैले राती तिमीहरुलाई भेला भएको देखेको थिएँ तर मलाई केवल एउटा कुराले बाहिर आउनबाट रोक्यो र त्यो हो कि कतै यो नमाज तिमीहरुमाथि अनिवार्य नगरियोस् ।” यो रमजान महिनामा भएको थियो । (बुखारी , मुस्लिम , अबू दाऊद , नसई , इब्ने माजा , अह्मद , मालिक) २) उबै बिन कअ्ब (रजि.) को भनाई अनुसार उनी अल्लाहका रसूल (स.) समक्ष उपस्थित भए र सोधे “हे अल्लाहका रसूल ! आज राती (बितेको राती) मसँग एउटा अचम्मको घट्ना घट्यो ।” त्यस समय रमजान महिना चलिरहेको थियो । उहाँ (स.) ले भन्नुभयो , “ हे उबै ! त्यो के हो ?” उनले जवाफ दिए “मेरो घरमा केही महिलाहरुले मलाई भने , आज हामी कुरआन पढ्ने छैनौं , हामी त तपाइसँग नमाज पढ्नेछौं । अनि मैले उनीहरुलाई आठ रकअत नमाज पढाएँ । अनि वित्रको नमाज पढाएँ ।” अनि अल्लाहका रसूल (स) ले केह...