*फर्ज नमाजहरुमा हुने कमी कमजोरीको भर्पाइ गर्नको लागि यी फर्ज बाहेकका नमाजहरुलाई राखिएका छन् ।
१) अबू
हुरैरह (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो “मानिसहरुको
क्रियाकलाप मध्येबाट सबैभन्दा पहिले नमाजको विषयमा सोधपुछ गरिनेछ ।
अल्लाहलाई ज्ञान भए पनि आफ्ना फरिस्ताहरुसँग सोध्नेछन् “मेरो भक्तको नमाज
हेर । के उसले त्यसलाई पूरा गर्यो वा त्यसमा कुनै कमी बाँकी छ ?” यदि
नमाजहरु पूरा छन् भने त्यसलाई
पूर्ण लेखिन्छ र यदि त्यसमा कुनै कमी छ भने अल्लाह भन्छन् “मेरो भक्तको
फर्ज नमाजको कमीलाई त्यस फर्ज बाहेकका नमाजहरुले पूरा गरिदेऊ ।” अनि यसरी
नै सम्पूर्ण क्रियाकलापहरुको जाँच गरिनेछ ।” (अबू दाऊद)
२)
रबीआ बिन मालिक अस्लमी (रजि.) ले भनाई छ, अल्लाहका रसूल (स.) ले मलाई
भन्नुभयो, “माग” । मैले भने. “हे अल्लाहका रसूल ! म स्वर्गमा तपाईको साथ
हुन चाहन्छु ।” उहाँ (स.) ले भन्नुभयो “अरु केही ?” मैले भनें “यही मेरो
इच्छा छ ।” उहाँ (स.) ले भन्नुभयो” त्यसो भए धेरै सज्दाले मेरो सहयोग गर ।”
(मुस्लिम)
टिप्पणियाँ