*यदि केही
कारणले केही व्यक्तिहरु मस्जिदमा जमाअत सकेपछि पुगे भने उनीहरुको लागि सोही
नमाजको दोस्रो जमाअत बनाउन सकिन्छ । यस दोस्रो जमाअतलाई पनि अजान र
इकामतसँग पढ्न सकिन्छ । केवल इकामतका साथ पनि र बिना अजान र इकामतको पनि ।
१) अबू सईद (रजि.) को भनाई अनुसार मस्जिदमा जमाअत सकेपछि एकजना मानिस आइपुग्यो । अनि अल्लाहका रसूल (स.) ले भन्नुभयो, “को त्यस व्यक्तिलाई सद्का दिन चाहन्छ ?” अनि एकजना उभियो र उसँग नमाज पढ्यो । (अबू दाऊद, तिर्मिजी)
२) अनस (रजि.) एउटा मस्जिदमा पस्नुभयो जहाँ नमाज पढि सकिएको थियो । उनले अजान र इकामत भने अनि जमाअतका साथ नमाज पढे । (बुखारी)
*यदि इमाम र मुक्तदीहरुको बीच कुनै छेकावार छ तर मुक्तदीहरुले इमामको गतिबिधिको ज्ञान सुन्नाले वा हेर्नाले हुन्छ भने यस अवस्थामा जमाअत बनाउने अनुमति छ।
३) आइशा (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) राती आफ्नो कोठामा नमाज पढ्ने गर्नुहुन्थ्यो र कोठाको पर्खाल सानो थियो । एक रात मानिसहरुले उहाँ (स.) लाई नमाज पढेको देखे र उहाँ (स.) को नमाजसँगै नमाज पढ्न थाले । (बुखारी)
टिप्पणियाँ