सीधे मुख्य सामग्री पर जाएं

इमाम बन्ने सबैभन्दा बढी लायक को हो ?


१) अबू सईद (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो “यदि तीन जना नमाजी छन् भने तिमीहरुमध्ये कुनै एकले इमामत गर्ने (इमाम बन्ने) र इमामतको लायक तिनीहरु मध्येबाट सबैभन्दा राम्ररी कुरआन पढ्न जान्ने व्यक्ति हुन्छ । (बुखारी र मुस्लीम) 

२) इब्ने मस्ऊद रजिको भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो, “मानिसहरुको इमाम उनीहरुमध्येबाट सबै भन्दा राम्ररी कुरआन पढ्न जान्ने व्यक्ति हुनेछ । यदि सबैजना समानरुपले कुरआन पढ्न जान्छन् भने तिनीहरुमध्येबाट सबैभन्दा धेरै सुन्नतको ज्ञान राख्ने इमाम हुनेछ । यदि सुन्नतको ज्ञान पनि सबैजनालाई समानरुपले छ भने तिनीहरुमध्येबाट जसले पहिले हिज्रत (पलायन) गरेको छ ऊ इमाम बन्ने छ । यदि हिज्रतमा पनि सबैजना बराबर छन् भने उमेरमा जेठो व्यक्तिले इमामत गर्ने र कोही व्यक्ति अरुको ठाउँमा इमामत नगरोस् र न उसको घरमा उसले बस्ने ठाउँमा बसोस् तर यदि ऊ स्वयं अनुमति दिन्छ भने कुनै आपत्ति छैन । (अह्मद, मुस्लिम)

*इमाम अबू हनीफा (रह.) र इमाम अह्मद बिन हम्बल (रह.) का अनुसार अक्रअ् (राम्ररी पढ्न जान्ने अर्थात कुरआनको हाफिज जसले पुरै कुरआन कण्ठस्त  पारेको हुन्छ) लाई अफ्कह् (राम्रो ज्ञान भएको अर्थात आलिम जसलाई कुरआन र हदीसको राम्रो ज्ञान हुन्छ) माथि प्राथमिकता प्राप्त छ जस्तो हदीसमा उल्लेख भएको छ । इमाम नववी (रह.) लेख्नुहुन्छ “हदीसमा प्रयोग भएको यो वाक्य यदि सबै जना समानरुपले कुरआन पढ्न जान्छन् भने तिनीहरुमध्येबाट सबै भन्दा धेरै सुन्नतको ज्ञान राख्ने इमाम हुनेछ । यस कुराको प्रमाण हो कि अक्रअ् (कुरआनको हाफिज) लाई सबैजना माथि प्राथमिकता प्राप्त छ ।

*इमाम शाफिई (रह.) र इमाम मालिक (रह.) का अनुसार अफकह् (विद्वान) लाई अक्रअ् (कुरआनको हाफिज) माथि प्राथमिकता प्राप्त छ । इमाम शाफिई भन्नुहुन्छ “यस हदीसमा सहाबीहरु (रजि.) लाई सम्बोधन गरिएको थियो । उनीहरुमा जो सबैभन्दा राम्ररी पढ्ने हुन्थे उनी नै धेरै राम्ररी बुझ्ने हुन्थे । उनीहरुको धेरै उमेरमा ईमान अपनाएका थिए । तसर्थ पढ्नु भन्दा पहिले बुझ्थे । उनीहरुमा कोही पनि पढ्ने यस्ता थिएनन् जो बुझ्दैनथे । तर यस्ता बुझ्ने उनीहरुमा हुनसक्थे जो पढ्न जान्दैनथे । (नैल अल्–औतार)

३) अनस (रजि.) को भनाई अनुसार नबी (स.) ले दुईपटक इब्ने मक्तुम (रजि.) लाई आफ्नो पछाडि (स्वयम् मदीनामा नहुँदा) मदीनाको इमाम बनाउनुभयो । उनी सबैजनालई नमाज पढाउँथे जबकि उनी अन्धा थिए ।(अह्मद, अबू दाऊद)

*हनफी बिद्वानहरुका अनुसार यदि अन्धो व्यक्ति अरु सम्पूर्ण नमाजीहरुभन्दा उत्तम छ भने उसको इमामत न्याय संगत हुनेछ अन्यथा मक्रुह हुनेछ । हम्बली विद्वानहरुका अनुसार पनि अन्धो व्यक्तिको इमामत मक्रुह हुनेछ । (अल् फिक्ह अला अल्–मजाहिब अल्–अर्बआ)

४) इब्ने उमर (रजि.) को भनाई अनुसार पहिलो पटक अल्लाहका रसूल (स.) मदीना आउनु भन्दा पहिले मुहाजिरहरु (हिज्रत गर्नेहरु) कुवाको नजिकको एउटा ठाउँ अस्वामा बसेका थिए । अबू हुजैफा (रजि.) ले मुक्त गरेका दास सालिम (रजि.) सबैजनाको इमामत गर्थे । उनलाई सबैभन्दा बढी कुरआन कण्ठस्त थियो जबकि उनको पछाडि नमाज पढ्नेहरु मध्ये उमर (रजि.) र अबू सलमा (रजि.) पनि थिए । (बुखारी, अबू दाऊद)

५) इब्ने अबी मलीका (रजि.) भन्छन्, उनी उबैद बिन उमैर (रजि.), मसवर बिन मख्रमह (रजि.) र केही अरु सहाबीहरु (रजि) आइशा (रजि.) समक्ष उपस्थित हुने गर्थे अनि आइशा (रजि.) ले मुक्त गरेका दास अबू अम्र (रजि.) उनीहरुको इमाम हुन्थे । अबू अम्र (रजि.) त्यस समय दास नै थिए, मुक्त भएका थिएनन् । (मुस्नद इमाम शाफिई)

*मालिकी, शाफिई र हम्बली विद्वानहरुका अनुसार दासले जुमअको नमाजको लागि इमाम बन्नु उचित छैन अरु नमाजहरुको लागि उचित छ । हनफी विद्वानहरुका अनुसार जुमअको नमाजको लागि पनि दासले इमाम बन्नु उचित छ । (अल्–फिक्ह अला अल्–मजाहिब अल्–अर्बआ)

६) इम्रान बिन हुसैन (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) जबसम्म यात्रामा हुनुहुन्थ्यो, दुई रकअत नमाज पढ्नुहुन्थ्यो । उहाँ (स.) मक्कामा १८ दिनसम्म बस्नुभयो अनि मग्रिबको नमाज बाहेकका नमाजहरु २–२ रकअत पढ्नुभयो । अनि (सलाम फेरे पछि) उहाँ (स.) भन्नुहुन्थ्यो “हे मक्काबासीहरु हो ! उभिएर बाँकी दुई रक्अत पूरा गर किनभने हामी यात्री हौं ।” (मुस्नद इमाम अह्मद)

७) आइशा (रजि.) को भनाई अनुसार एक पटक अल्लाहका रसूल (स.) बिरामी हुनुभयो अनि उहाँ (स.) ले बसेर नमाज पढाउनु भयो । केही व्यक्तिहरु उहाँ (स.) को पछाडि उभिएर नमाज पढ्न थाले अनि उहाँ (स.) ले उनीहरुलाई इशारा गरेर बस्नलाई भन्नुभयो । जब उहाँ (स.) ले सलाम फेर्नुभयो अनि भन्नुभयो “इमामको चयन यस कारणले गरिएको हो कि उसको अनुशरण गरियोस् । तसर्थ इमाम रुकू गर्छ भने तिमीहरु पनि रुकू गर र यदि ऊ उठ्छ भने तिमीहरु पनि उठ र यदि ऊ बसेर नमाज पढाउँछ भने तिमीहरु पनि बसेर नमाज पढ ।” (बुखारी र मुस्लिम)

*आइशा (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले (आफू अन्तिम पटक बिरामी भएको अवस्थामा) सबै जनालई बसेर नमाज पढाउनु भयो । अबू बक्र (रजि.) उहाँ (स.) को तक्बीर सँगै तकबीर भन्थे अनि सबैजना अबू बक्र (रजि.) को तक्बीरसँग तक्बीर भन्थे । (बुखारी र मुस्लिम)
*अरु हदीसहरुले प्रष्ट हुन्छ कि उहाँ (स.) ले सबैजनालाई बसेर नमाज पढ्ने आदेश दिएनन् ।

८) अम्र बिन अल्–आस ((रजि.) को भनाई छ, “हामीहरुलाई जात अल्–सलासिल् युद्धमा पठाइएको थियो अत्यन्तै जाडो भएको रातमा मलाई गुस्लको आवश्यकता पर्यो र मलाई भयभयो कि यदि मैले नुहाएँ भने म मर्नेछु भनेर । तसर्थ मैले तयम्मुम् गरें र सबैलाई बिहानको नमाज पढाएँ । जब हामी मदीना फर्केर आयौं, सबैजनाले अल्लाहका रसूल (स.) सँग यस विषयमा सोधे । उहाँ (स.) ले मलाई भन्नुभयो ‘हे अम्र ! के तिमीले अपवित्रताको अवस्थामा सबै जनालाई नमाज पढाएको हो ?’ मैले भने “मैले कुरआनको यो आयत सम्झें ‘र आत्महत्या नगर, निसन्देह अल्लाह तिमीहरु प्रति अति दयालु छन् । (सूरह अन्–निसाः २९) । यस कारण मैले तयम्मुम गरेर नमाज पढें ।” अल्लाहका रसूल (स.) हाँस्नुभयो र अरु केही भन्नु भएन ।” (अह्मद, अबू दाऊद, हाकिम, दार कुत्नी, इब्ने हिब्बान)

९) जाबिर (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो, “कुनै पनि महिला पुरुषको इमाम नबनोस् ।” (इब्ने माजा)

१०) उम्मे वरका (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) उनीसँग भेट्नको लागि उनको घरमा जानुहुन्थ्यो । उहाँ (स.) ले उनको लागि एक जना अजान दिने व्यक्ति पनि  निर्धारित गर्नुभएको थियो जो उनको लागि अजान दिन्थ्यो र उनी आफ्ना घरका सदस्यहरुको इमाम बन्थिन । (अबू दाऊद)

११) इब्ने अब्बास (रजि.) भन्छन् “महिलाले महिलाहरुको इमाम बन्नुपर्छ र यसो गर्दा उनीहरुसँगै (अलिक अगाडि सरेर) उभिनुपर्छ ।” (अब्दुर्रज्जाक)

१२) उबै बिन कअ्ब (रजि.) को भनाई छ, उनी अल्लाहका रसूल (स.) समक्ष आए र भने “हे अल्लाहका रसूल ! राती मैले एउटा काम गरें । उहाँ (स.) ले भन्नुभयो “कुन काम ?” उनले भने केही महिलाहरु मेरो घरमा भेला भए र भने “तिमी कुरआन पढ्छौ तर हामी पढ्दैनौं तसर्थ आज हाम्रो जमाअत बनाऊ ।” अनि मैले उनीहरुलाई आठ रकअत र वित्र पढाएँ । यो सुनेर अल्लाहका रसूल (स.) मौन हुनुभयो र उहाँ (स.) को मौनतालाई मैले उहाँ (स.) को स्वीकृति सम्झें । (तबरानी, अबू यअ्ला)

*हनफी र हम्बली विद्वानहरुका अनुसार कुनै पनि पुरुषले पर महिलाहरुको जमाअत जसमा उसको कुनै मह्रम (आमा, दिदी–बहिनी वा फुपु आदि) छैन भने इमाम बन्नु मक्रुह हो ।(अल्–फिक्ह अला अल्–मजाहिब अल्–अर्बआ)

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

फर्ज नमाज एक्लै वा जमाअतका साथ पढिसकेपछि पुनः त्यही नमाजको जमाअतमा सामेल हुनु

१) यजीद बिन अस्वद (रजि.) भन्छन्, “म हजको बेला अल्लाहका रसूल (स.) सँग थिएँ । मैले बिहानको नमाज उहाँ (स.) सँग खैफ मस्जिदमा पढें । उहाँ (स.) ले सलाम फेरे पछि दुई जनालाई सबैजनाको पछाडि उभिएको देख्नुभयो जसले उहाँ (स.) सँग नमाज पढेका थिएनन् । उहाँ (स.) ले भन्नुभयो “उनीहरुलाई म समक्ष लिएर आऊ ।” उनीहरुलाई ल्याए पछि उनीहरु डरले कापिरहेका थिए । उहाँ (स.) ले उनीहरुसँग सोध्नुभयो, “तिमी दुवैजनाले हामीहरुसँग नमाज किन नपढेको ?” उनीहरुले जवाफ दिए “हे अल्लाहका रसूल ! हामीहरु आफ्नो घरमा नमाज पढेर आएका थियौं ।” उहाँ (स.) ले भन्नुभयो “यसो नगर, यदि तिमीहरु घरबाट नमाज पढेर मस्जिद आउँदा मस्जिदमा नमाज भईरहेको छ भने तिमीहरु पनि जमाअतमा सामेल होऊ । यो नमाज तिमीहरुको लागि नफ्ल नमाज हुनेछ ।” (अह्मद, अबू दाऊद, तिर्मिजी, नसई, दार कुत्नी, इब्ने हिब्बान, हाकिम) २) अबू जर (रजि.) भन्छन्, “ अल्लाहका रसूल (स.) ले मलाई भन्नुभयो, ‘यदि तिमीहरुमाथि यस्ता शासकहरुले प्रधानता प्राप्त गरे जो नमाजलाई उसको समयभन्दा ढीला पढ्छन् भने तिमीहरुको अवस्था त्यतिबेला कस्तो हुने होला ?’ मैले भनें, ‘त्यसो भए तपाई मलाई ...

सलातुल् मरीज (बिरामीको नमाज)

१) इम्रान बिन हुसैन (रजि.) को भनाई छ , “ मलाई पाइल्स भएको थियो । मैले अल्लाहका रसूल (स.) सँग सोधें “नमाज कसरी पढ्ने ?” उहाँ (स.) ले भन्नुभयो “उभिएर नमाज पढ् यदि यसको सामथ्र्य छैन भने बसेर नमाज पढ । र यदि यसको पनि सामथ्र्य छैन भने आफ्नो दाहिनेतर्फ पल्टेर नमाज पढ ।” (बुखारी , अबू दाऊद , तिर्मिजी , नसई , इब्ने माजा) नसईमा यो वाक्य बढी उल्लेख भएको छ “र यदि यसको पनि सामथ्र्य छैन भने सीधा पल्टेर नमाज पढ । अल्लाह तआला कुनै प्राण माथि उसको सामथ्र्य भन्दा अधिक भार (जिम्मेवारी) राख्दैनन् ।” २) अली (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो “बिरामीले उभिएर नमाज पढ्नुपर्छ यदि ऊ यसको सामथ्र्य राख्छ भने र यदि यसको सामथ्र्य राख्दैन भने बसेर नमाज पढ्ने । यदि ऊ सज्दा गर्ने सामथ्र्य राख्दैन भने टाउकोले इशारा गर्ने र आफ्नो सज्दा गर्दा रुकूको तुलनामा अलि बढी झुक्ने । यदि ऊ बसेर नमाज पढ्ने सामथ्र्य राख्दैन भने किब्लातिर फर्केर आफ्नो दाहिनेतिर पल्टेर नमाज पढ्ने । यदि दाहिनेतिर पल्टने पनि सामथ्र्य छैन भने सिधा पल्टेर खुट्टाहरुलाई किब्लातिर गरेर नमाज पढ्ने ।” (दार कुत्नी) । यो हदीस कमजोर श्रेण...

तरावीह वा रमजान महिनाको कियाम

१) आइशा (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले एक रात मस्जिदमा नमाज पढ्नु भयो र धेरै जना उहाँ (स.) सँग सामेल भए । दोस्रो रात उहाँ (स.) ले नमाज पढ्नु भयो र अझै मानिसहरु सामेल भए । फेरी तेस्रो रात वा चौथो रात मानिसहरु भेला भए तर अल्लाहका रसूल (स.) बाहिर आउनु भएन । बिहान भएपछि उहाँ (स.) ले भन्नुभयो “मैले राती तिमीहरुलाई भेला भएको देखेको थिएँ तर मलाई केवल एउटा कुराले बाहिर आउनबाट रोक्यो र त्यो हो कि कतै यो नमाज तिमीहरुमाथि अनिवार्य नगरियोस् ।” यो रमजान महिनामा भएको थियो । (बुखारी , मुस्लिम , अबू दाऊद , नसई , इब्ने माजा , अह्मद , मालिक) २) उबै बिन कअ्ब (रजि.) को भनाई अनुसार उनी अल्लाहका रसूल (स.) समक्ष उपस्थित भए र सोधे “हे अल्लाहका रसूल ! आज राती (बितेको राती) मसँग एउटा अचम्मको घट्ना घट्यो ।” त्यस समय रमजान महिना चलिरहेको थियो । उहाँ (स.) ले भन्नुभयो , “ हे उबै ! त्यो के हो ?” उनले जवाफ दिए “मेरो घरमा केही महिलाहरुले मलाई भने , आज हामी कुरआन पढ्ने छैनौं , हामी त तपाइसँग नमाज पढ्नेछौं । अनि मैले उनीहरुलाई आठ रकअत नमाज पढाएँ । अनि वित्रको नमाज पढाएँ ।” अनि अल्लाहका रसूल (स) ले केह...