१)
अल्लाहका रसूल (स.) को भनाई छ “ सूरह फातिहा बिना नमाज मान्य हुँदैन ।” तर
यो आदेश सानो स्वरले पढिने रकअतहरुको लागि मात्र हो । यो आदेश ठूलो स्वरले
पढिने रकअतहरुको लागि होइन किनभने अबू हुरैरह ( रजि.) को भनाई अनुसार
अल्लाहका रसूल (स.) ले ठूलो स्वरले पढिने नमाजमा सलाम फेरेपछि उहाँ (स.) ले
भन्नुभयो “के अहिले कसैले मेरो पछाडि कुरआनको पाठ गरेको छ ?” एकजनाले जवाफ
दियो “हो मैले कुरआनको पाठ गरेको थिएँ, हे अल्लाहका रसूल !” उहाँ (स.) ले
भन्नुभयो” त्यसैले त मलाई कुरआन पढ्न गाह्रो भइराखेको थियो ।” सबैले
अल्लाहका रसूल (स.) को निर्देशन सुनेपछि ठूलो स्वरले पढिने नमाजमा कुरआन
पढ्न बन्द गरिदिए । (अबू दाऊद, तिर्मिजी, नसई, अह्मद, मालिक, शाफिई
इब्ने माजा, इब्ने हिब्बान)
*यो मस्लक सईद बिन मुसैयिब (रजि.), उर्वा (रजि.), शअ्बी (रह.), नाफिअ् बिन् जुबैर (रह.), मक्हूल (रह.), जुहरी (रह.) र धेरै अरु ताबिईहरुको हो । यसै मस्लकलाई इमाम मालिक (रह.), अह्मद बिन हम्बल (रह.) र हनफी विद्वानहरु मध्येबाट इमाम मुहम्मद (रह.) ले अपनाएका छन् । तर इमाम अहमद (रह.) को अनुसार ठूलो स्वरले पढिने नमाजमा यदि मुक्तदी टाढा भएको हुनाले इमामको आवाज सुन्दैन भने उसले कुरआन पढ्नु मस्तहब हो ।
**यस
विषयमा दोस्रो मस्लक यो छ कि सानो स्वरले पढिने र ठूलो स्वरले पढिने दुबै
रकअतहरुमा कुरआन पढ्नुपर्छ । तर ठूलो स्वरले पढिने रकअतहरुमा केवल सूरह
फातिहा पढ्नुपर्छ । यस मस्लकको आधार अल्लाहका रसूल (स.) को यो भनाई हो
“सूरह फातिहा बिना नमाज हुँदैन ।” यसको आदेश प्रत्येक व्यक्तिको लागि हो
चाहे ऊ एक्लै नमाज पढिरहेको होस् वा जमाअतमा सामेल भएर, चाहे इमाम होस् वा
मुक्तदी, चाहे ठूलो स्वरले पढिने नमाज होस् वा सानो स्वरले ।
***यसरी नै उबादा बिन सामित (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो “मैले ठूलो स्वरले कुरआन पढेको समयमा तिमीहरु सूरह फातिहा बाहेक कुरआनको अरु कुनै सूरह नपढ्नु ।” अर्को हदीसमा उल्लेख छ “सूरह फातिहा मात्रै पढ किनभने यसलाई पढिएन भने नमाज हुँदैन ।” (मुस्नद इमाम अह्मद, तिर्मिजी, अबू दाऊद, नसई, दार कुत्नी, बुखारी फी जुज् अल्–किराआ) । यो हसन बसरी (रह.) सईद बिन जुबैर (रह.) मैमून बिन मुह्रान (रह.), इस्हाक (रह.), इमाम शाफिई (रह.), इमाम बुखारी (रह.) र अरु मुहद्दिसहरुको मस्लक हो ।
****यस
विषयमा तेस्रो मस्लक यो छ कि सानो स्वरले पढिने वा ठूलो स्वरले पढिने कुनै
पनि रकअतहरुमा केही पढ्नु हुदैन । न त सूरह फातिहा पढ्ने र न कुरआनको अरु
कुनै भाग । यस मस्लकको आधार कुरआनको यो आयत हो “र, जब कुरआनको पाठ गरिन्छ
तब त्यसलाई ध्यानपूर्वक सुन्ने गर तथा मौन धारण गर्ने गर ताकि तिमीहरुमाथि
दया गरियोस् ।” (सूरह अल्–अअ्राफ : २०४) । यो आदेश जसरी नमाजमा नभएको
अवस्थाको लागि हो त्यसरी नै नमाजमा भएको अवस्था अर्थात सानो स्वरले पढिने र
ठूलो स्वरले पढिने दुबै नमाजको लागि हो । यस आयतमा “ध्यानपूर्वक सुन्ने
गर” आदेश ठूलो स्वरले पढिने रकअतहरुमा कुरआन सुन्नको लागि दिइएको छ र “मौन
धारण गर्ने गर” आदेश ठूलो स्वरले पढिने रकअतहरु सँग सँगै सानो स्वरले पढिने
रकअतहरुमा पनि मौन रहनको लागि दिइएको आदेश हो । यसरी नै जाबिर (रजि.) को
भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो, “जो व्यक्ति इमामको पछाडि
नमाज पढिरहेको छ उसको इमामले गरेको कुरआनको पाठ नै उसको कुरआनको पाठ हो ।”
(दार कुत्नी) । यसरी नै अबू हुरैरह (रजि.) को भनाई अनुसार अल्लाहका रसूल
(स.) ले भन्नुभयो, “इमाम बनाउनुको अर्थ उसको आज्ञापालन गर्नु हो । तसर्थ जब
ऊ ‘अल्लाहु अक्बर’ भन्छ तिमीहरु पनि ‘अल्लाहु अक्बर’ भन र उसले कुरआनको
पाठ शुरु गरेपछि तिमीहरु मौन धारण गर ।” (मुस्लिम) । यो मस्लक इमाम अबू
हनीफा (रह.), सुफयान सौरी (रह.) र कुफाका अरु फकीहहरुको हो ।
टिप्पणियाँ