१) अम्र बिन मैमून (रजि.) भन्छन्, “जुन दिन बिहान उमर (रजि.) माथि आक्रमण भएको थियो म त्यतिबेला जमाअतको अगाडिको सफमा थिएँ । अनि मेरो र उमर (रजि.) को बीचमा अब्दुल्लाह बिन अब्बास (रजि.) बाहेक अरु कोही पनि थिएन । उन (उमर (रजि.) ले “अल्लाहु अक्बर” भन्नु भएको मात्र थियो उनले “मलाई कुकुरले (हमलावरले) मार्यो वा “उसले मलाई खायो” भनेको सुनें । उनले यो वाक्य उनीमाथि आक्रमण भएको बेला भन्नु भनेका थिए । तुरुन्तै उमर (रजि.) ले अब्दुर्रह्मान बिन औफ (रजि.) लाई समातेर अगाडि गरिदिए (इमाम बनाए) अनि उनले छोटो नमाज पढाए । (बुखारी) ।
२) अबू जैन (रह.) को भनाई अनुसार एकदिन नमाज पढाउँदा अली (रजि.) को वुजु टुट्यो अनि उनले एकजनालाई हात समातेर अगाडि गरे र स्वयं त्यस (नमाज पढाउने) ठाउँबाट हटे । (सुनन् सईद बिन मन्सूर)
*माथिको
अवस्थामा मुक्तदीहरुले छुट्टा छुट्टै नमाजलाई पूरा गर्नुपर्ने हुन्छ ।
जस्तो इमाम अह्मद बिन हम्बल (रह.) भन्नु हुन्छ “इमामले आफ्नो ठाउँमा अरु
कसैलाई इमाम बनाउने अनुमति रहेको छ । जस्तै उमर (रजि.) र अली (रजि.) ले गरे
। त्यस्तै यदि मुक्तदीहरु छुट्टा छुट्टै नमाज पूरा गर्छन भने पनि यसको
अनुमति रहेको छ । जस्तै मुआविया (रजि.) माथि नमाजको अवस्थामा आक्रमण गरिएको
बेला मुक्तदीहरुले छुट्टा छुट्टै नमाज पूरा गरे ।
*हनफी
विद्वानहरुका अनुसार छुट्टा छुट्टै नमाज पढ्नाले नमाज भङ्ग हुन्छ ।
मुक्तदीहरुमध्येबाटै कसैले अगाडि बढेर इमाम बनोस् चाहे इमामले बढाएको होस्
वा स्वयं आवश्यकता अनुसार अगाडि बढेको होस् र जमाअतलाई निरन्तरता दिओस् ।
मालिकी र शाफिई विद्वानहरुका अनुसार दुबै अवस्थाको अनुमति छ तर छुट्टा
छुट्टै नमाज पढ्नुको तुलनामा मुक्तदीहरुमध्येबाट कोही इमाम बनेर जमाअत पुरा
गराउनु मुस्तहब हो । हम्बली विद्वानहरुका अनुसार दुबै अवस्थाहरुको अनुमति
रहेको छ र दुबै अवस्थाहरु समान छन् । (अल्–फिक्ह अला अल्–मजाहिब अल्–अर्बआ)
टिप्पणियाँ