सीधे मुख्य सामग्री पर जाएं

कति जना नमाजीहरु मिलेर जमाअत बन्छ ?

*इमाम बाहेक कम से कम एक जना नमाजी भएपछि जमाअत बन्दछ चाहे त्यो नमाजी बुझक्कड बच्चा होस् वा महिला ।

*मजाहिबे अर्बआ (चारजना इमामहरुको मस्लक) मा रोग, अत्यान्तै अन्ध्यारो, आँधी र भय एवं त्रासको बेला पनि जमाअतमा उपस्थिति नजनाउनु जायज रहेको छ । अन्धो मान्छे यदि स्वयं मस्जिद जाने सामथ्र्य राख्दैन र कोही उसलाई मस्जिद लैजाने छैन भने उसलाई पनि जमाअतमा उपस्थिति नजनाउने अनुमति छ । (अल्–फिक्ह अला अल्–मजाहिब अल् अर्बआ)

*मालिकी र हम्बली विद्वानहरुका अनुसार यदि केवल एउटा बुझक्कड बच्चा छ भने नफ्ल नमाजको मात्र जमाअत बन्न सक्छ, फर्ज नमाजको जमाअत बन्दैन । (अल्–फिकह अला अल्–मजाहिब अल्–अर्बआ, अल्–मुग्नी)

१) अबू मूसा (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो “दुईजना वा सो भन्दा बढी जमाअत हुन् ।”(इब्ने माजा)

२) अबू मूसा (रजि.) भन्नुहुन्छ,“मैले एक रात मेरी सानी आमा मैमूना (रजि.) को घरमा रात व्यतित गरें । राती अल्लाहका रसूल (स.) जब व्युँझेर नमाज पढन् थाल्नुभयो म पनि उहाँ (स.) सँग नमाज पढ्न सामेल भएँ । म उहाँ (स.) को देब्रेतिर उभिएँ अनि उहाँ (स.) ले मेरो टाउकोमा समातेर मलाई आफ्नो दाहिने तिर उभ्याइदिनुभयो । (बुखारी, मुस्लिम, अह्मद, अबू दाऊद तिर्मिजी, नसाई , इब्ने माज) 

*मुस्नद इमाम अह्मदद्वारा उल्लेखित हदीसमा “त्यति बेला म १० वर्षको थिएँ” वाक्य बढी उल्लेख छ । 

३) अबू सईद (रजि.) र अबू हुरैरह (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो “जसले राती व्यूँझेर आफ्नी पत्नीलाई पनि व्यूँझायो अनि दुबैजनाले नमाज पढे ती दुबैलाई अल्लाहलाई अत्यधिक याद गर्नेवाला पुरुष तथा महिलाहरु” मा लेखियो ।” (अबू दाऊद)

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

फर्ज नमाज एक्लै वा जमाअतका साथ पढिसकेपछि पुनः त्यही नमाजको जमाअतमा सामेल हुनु

१) यजीद बिन अस्वद (रजि.) भन्छन्, “म हजको बेला अल्लाहका रसूल (स.) सँग थिएँ । मैले बिहानको नमाज उहाँ (स.) सँग खैफ मस्जिदमा पढें । उहाँ (स.) ले सलाम फेरे पछि दुई जनालाई सबैजनाको पछाडि उभिएको देख्नुभयो जसले उहाँ (स.) सँग नमाज पढेका थिएनन् । उहाँ (स.) ले भन्नुभयो “उनीहरुलाई म समक्ष लिएर आऊ ।” उनीहरुलाई ल्याए पछि उनीहरु डरले कापिरहेका थिए । उहाँ (स.) ले उनीहरुसँग सोध्नुभयो, “तिमी दुवैजनाले हामीहरुसँग नमाज किन नपढेको ?” उनीहरुले जवाफ दिए “हे अल्लाहका रसूल ! हामीहरु आफ्नो घरमा नमाज पढेर आएका थियौं ।” उहाँ (स.) ले भन्नुभयो “यसो नगर, यदि तिमीहरु घरबाट नमाज पढेर मस्जिद आउँदा मस्जिदमा नमाज भईरहेको छ भने तिमीहरु पनि जमाअतमा सामेल होऊ । यो नमाज तिमीहरुको लागि नफ्ल नमाज हुनेछ ।” (अह्मद, अबू दाऊद, तिर्मिजी, नसई, दार कुत्नी, इब्ने हिब्बान, हाकिम) २) अबू जर (रजि.) भन्छन्, “ अल्लाहका रसूल (स.) ले मलाई भन्नुभयो, ‘यदि तिमीहरुमाथि यस्ता शासकहरुले प्रधानता प्राप्त गरे जो नमाजलाई उसको समयभन्दा ढीला पढ्छन् भने तिमीहरुको अवस्था त्यतिबेला कस्तो हुने होला ?’ मैले भनें, ‘त्यसो भए तपाई मलाई ...

सलातुल् मरीज (बिरामीको नमाज)

१) इम्रान बिन हुसैन (रजि.) को भनाई छ , “ मलाई पाइल्स भएको थियो । मैले अल्लाहका रसूल (स.) सँग सोधें “नमाज कसरी पढ्ने ?” उहाँ (स.) ले भन्नुभयो “उभिएर नमाज पढ् यदि यसको सामथ्र्य छैन भने बसेर नमाज पढ । र यदि यसको पनि सामथ्र्य छैन भने आफ्नो दाहिनेतर्फ पल्टेर नमाज पढ ।” (बुखारी , अबू दाऊद , तिर्मिजी , नसई , इब्ने माजा) नसईमा यो वाक्य बढी उल्लेख भएको छ “र यदि यसको पनि सामथ्र्य छैन भने सीधा पल्टेर नमाज पढ । अल्लाह तआला कुनै प्राण माथि उसको सामथ्र्य भन्दा अधिक भार (जिम्मेवारी) राख्दैनन् ।” २) अली (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो “बिरामीले उभिएर नमाज पढ्नुपर्छ यदि ऊ यसको सामथ्र्य राख्छ भने र यदि यसको सामथ्र्य राख्दैन भने बसेर नमाज पढ्ने । यदि ऊ सज्दा गर्ने सामथ्र्य राख्दैन भने टाउकोले इशारा गर्ने र आफ्नो सज्दा गर्दा रुकूको तुलनामा अलि बढी झुक्ने । यदि ऊ बसेर नमाज पढ्ने सामथ्र्य राख्दैन भने किब्लातिर फर्केर आफ्नो दाहिनेतिर पल्टेर नमाज पढ्ने । यदि दाहिनेतिर पल्टने पनि सामथ्र्य छैन भने सिधा पल्टेर खुट्टाहरुलाई किब्लातिर गरेर नमाज पढ्ने ।” (दार कुत्नी) । यो हदीस कमजोर श्रेण...

तरावीह वा रमजान महिनाको कियाम

१) आइशा (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले एक रात मस्जिदमा नमाज पढ्नु भयो र धेरै जना उहाँ (स.) सँग सामेल भए । दोस्रो रात उहाँ (स.) ले नमाज पढ्नु भयो र अझै मानिसहरु सामेल भए । फेरी तेस्रो रात वा चौथो रात मानिसहरु भेला भए तर अल्लाहका रसूल (स.) बाहिर आउनु भएन । बिहान भएपछि उहाँ (स.) ले भन्नुभयो “मैले राती तिमीहरुलाई भेला भएको देखेको थिएँ तर मलाई केवल एउटा कुराले बाहिर आउनबाट रोक्यो र त्यो हो कि कतै यो नमाज तिमीहरुमाथि अनिवार्य नगरियोस् ।” यो रमजान महिनामा भएको थियो । (बुखारी , मुस्लिम , अबू दाऊद , नसई , इब्ने माजा , अह्मद , मालिक) २) उबै बिन कअ्ब (रजि.) को भनाई अनुसार उनी अल्लाहका रसूल (स.) समक्ष उपस्थित भए र सोधे “हे अल्लाहका रसूल ! आज राती (बितेको राती) मसँग एउटा अचम्मको घट्ना घट्यो ।” त्यस समय रमजान महिना चलिरहेको थियो । उहाँ (स.) ले भन्नुभयो , “ हे उबै ! त्यो के हो ?” उनले जवाफ दिए “मेरो घरमा केही महिलाहरुले मलाई भने , आज हामी कुरआन पढ्ने छैनौं , हामी त तपाइसँग नमाज पढ्नेछौं । अनि मैले उनीहरुलाई आठ रकअत नमाज पढाएँ । अनि वित्रको नमाज पढाएँ ।” अनि अल्लाहका रसूल (स) ले केह...