सीधे मुख्य सामग्री पर जाएं

मुक्तदीहरुको लागि अनिवार्य वा मुस्तहब कार्यहरु


१) अनस (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) “अल्लाहु अकबर” भन्नु भन्दा पहिले हाम्रो तर्फ फर्केर भन्नुहुन्थ्यो “मिल र सीधा होऊ ।” (बुखारी र मुस्लिम)

२) नुअ्मान बिन बशीर (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) हाम्रा सफहरुलाई यसरी सीधा गर्नुहुन्थ्यो मानौं उहाँ (स.) तीरलाई सीधा गरिरहनु भएको छ र यसो तबसम्म गर्नुहुन्थ्यो जब उहाँ (स.) लाई ज्ञात हुन्थ्यो कि हामीले बुझिसक्यौं । एकदिन उहाँ (स.) बाहिर आउनु भयो (नमाज पढाउन) र नमाजको लागि उभिनुभयो । अल्लाहु अक्बर भन्नु भन्दा पहिले उहाँ (स.) ले एक जनाको छातिलाई सफभन्दा अगाडि आएको देख्नुभयो । उहाँ (स.) ले भन्नुभयो “हे अल्लाहका भक्तहरु हो ! आफ्ना सफहरुलाई सीधा राख अन्यथा अल्लाहले तिमीहरुको बीचमा असहमति उत्पन्न गरिदिने छन् ।” (मुस्लिम, अबू दाऊद, तिर्मिजी, नसई, इब्ने माजा)

३) अबू उमामा (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो, “आफ्ना सफहरुलाई सीधा राख । आफ्ना काँधहरुलाई समान राख । आफ्ना (मुस्लिम) भाईहरुको लागि नम्रता अपनाऊ । सफमा रहेको खाली ठाउँलाई भर किनभने शैतान तिमीहरुको बीच (खाली ठाउँ) मा भेडाको बच्चाको जस्तो प्रवेश गर्छ ।” (अह्मद, तबरानी) 

४) अनस (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो, “अगाडिको सफलाई पुरा गर अनि त्यसपछि रहेको सफलाई यसरी नै पूरा गर र जे कमि हुन्छ त्यो अन्तिम सफमा होस् ।” (अबू दाऊद, नसई, बैहकी)

५) अबु हुरैरह (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो, “इमाम बनाउनुको अर्थ उसको आज्ञापालन गर्नु हो । तसर्थ तिमीहरु इमाम भन्दा पहिले नगर । उसले अल्लाहु अक्बर भनेपछि तिमीहरु पनि अल्लाहु अक्बर भन । उसले रुकू गरे पछि तिमीहरु पनि रुकू गर । उसले ‘समिअल्लाहु लिमन् हमीदह्’ भने पछि तिमीहरु ‘अल्लाहुम्म रब्बना लकल् हम्द’ भन । उसले सज्दा गरेपछि तिमीहरु सज्दा गर र उसले रुकू नगरेसम्म तिमीहरु रुकू नगर र उसले सज्दा नगरेसम्म तिमीहरु सज्दा नगर ।” (अह्मद, अबू दाऊद)

६) अबू हुरैरह (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो, “तिमीहरु मध्ये कसैले ईमामले भन्दा पहिले (रुकु र सज्दाबाट) टाउको उठाइएको खण्डमा अल्लाह तआलाले उसको अनुहार गधा जस्तै बनाइदिनेछन् । तर उसको स्वरुप गधा सरह बनाइदिनेछन् भन्ने कुराबाट उसलाई भय लाग्दैन । (बुखारी, मुस्लिम, अबू दाऊद, अह्मद, तिर्मिजी, नसई, इब्ने माजा)

७) अनस (रजि.) को भनाई अनुसारा अल्लाहका रसूल (स.) ले भन्नुभयो, “हे मानिसहरु हो ! म तिमीहरुको इमाम हुँ, तसर्थ तिमीहरु मभन्दा पहिले न रुकु गर, न सज्दा गर, न बस र न सलाम फेर ।” (अह्मद, मुस्लिम)

८) बरा बिन आजिब (रजि.) को भनाई छ, “हामीहरु  अल्लाहका रसूल (स.) को पछाडि नमाज पढ्ने गथ्र्यौं । उहाँ (स.) ले ‘समिअल्लाहु लिमन् हमिदह्’ भनेपछि हामीमध्येबाट कोही पनि त्यतिन्जेलसम्म सज्दाको लागि आफ्नो ढाडलाई झुकाउँदैनथ्यो जबसम्म उहाँ (स.) भुईमा आफ्नो निधार राख्नुहुन्नथ्यो ।” (बुखारी, मुस्लिम, अबू दाऊद, तिर्मिजी, अह्मद, इब्ने माजा, नसई)

९) अबू हुरैरह (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो “के तिमीहरु नमाज पढिसकेपछि अगाडि वा पछाडि या दाहिने वा देब्रेतिर सर्न सक्दैनौ ?” (अह्मद, अबू दाऊद, इब्ने माजा)

१०) अनस (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले उनीहरुलाई नमाजको लागि प्रोत्साहित गर्नुभयो । र उहाँ (स.) ले (सलाम फेरे पछि दाहिने वा देब्रे तिर) फर्कनु भन्दा पहिले आफ्नो ठाउँबाट हट्न मनाही गर्नुभयो । (अबू दाऊद)

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

फर्ज नमाज एक्लै वा जमाअतका साथ पढिसकेपछि पुनः त्यही नमाजको जमाअतमा सामेल हुनु

१) यजीद बिन अस्वद (रजि.) भन्छन्, “म हजको बेला अल्लाहका रसूल (स.) सँग थिएँ । मैले बिहानको नमाज उहाँ (स.) सँग खैफ मस्जिदमा पढें । उहाँ (स.) ले सलाम फेरे पछि दुई जनालाई सबैजनाको पछाडि उभिएको देख्नुभयो जसले उहाँ (स.) सँग नमाज पढेका थिएनन् । उहाँ (स.) ले भन्नुभयो “उनीहरुलाई म समक्ष लिएर आऊ ।” उनीहरुलाई ल्याए पछि उनीहरु डरले कापिरहेका थिए । उहाँ (स.) ले उनीहरुसँग सोध्नुभयो, “तिमी दुवैजनाले हामीहरुसँग नमाज किन नपढेको ?” उनीहरुले जवाफ दिए “हे अल्लाहका रसूल ! हामीहरु आफ्नो घरमा नमाज पढेर आएका थियौं ।” उहाँ (स.) ले भन्नुभयो “यसो नगर, यदि तिमीहरु घरबाट नमाज पढेर मस्जिद आउँदा मस्जिदमा नमाज भईरहेको छ भने तिमीहरु पनि जमाअतमा सामेल होऊ । यो नमाज तिमीहरुको लागि नफ्ल नमाज हुनेछ ।” (अह्मद, अबू दाऊद, तिर्मिजी, नसई, दार कुत्नी, इब्ने हिब्बान, हाकिम) २) अबू जर (रजि.) भन्छन्, “ अल्लाहका रसूल (स.) ले मलाई भन्नुभयो, ‘यदि तिमीहरुमाथि यस्ता शासकहरुले प्रधानता प्राप्त गरे जो नमाजलाई उसको समयभन्दा ढीला पढ्छन् भने तिमीहरुको अवस्था त्यतिबेला कस्तो हुने होला ?’ मैले भनें, ‘त्यसो भए तपाई मलाई ...

सलातुल् मरीज (बिरामीको नमाज)

१) इम्रान बिन हुसैन (रजि.) को भनाई छ , “ मलाई पाइल्स भएको थियो । मैले अल्लाहका रसूल (स.) सँग सोधें “नमाज कसरी पढ्ने ?” उहाँ (स.) ले भन्नुभयो “उभिएर नमाज पढ् यदि यसको सामथ्र्य छैन भने बसेर नमाज पढ । र यदि यसको पनि सामथ्र्य छैन भने आफ्नो दाहिनेतर्फ पल्टेर नमाज पढ ।” (बुखारी , अबू दाऊद , तिर्मिजी , नसई , इब्ने माजा) नसईमा यो वाक्य बढी उल्लेख भएको छ “र यदि यसको पनि सामथ्र्य छैन भने सीधा पल्टेर नमाज पढ । अल्लाह तआला कुनै प्राण माथि उसको सामथ्र्य भन्दा अधिक भार (जिम्मेवारी) राख्दैनन् ।” २) अली (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो “बिरामीले उभिएर नमाज पढ्नुपर्छ यदि ऊ यसको सामथ्र्य राख्छ भने र यदि यसको सामथ्र्य राख्दैन भने बसेर नमाज पढ्ने । यदि ऊ सज्दा गर्ने सामथ्र्य राख्दैन भने टाउकोले इशारा गर्ने र आफ्नो सज्दा गर्दा रुकूको तुलनामा अलि बढी झुक्ने । यदि ऊ बसेर नमाज पढ्ने सामथ्र्य राख्दैन भने किब्लातिर फर्केर आफ्नो दाहिनेतिर पल्टेर नमाज पढ्ने । यदि दाहिनेतिर पल्टने पनि सामथ्र्य छैन भने सिधा पल्टेर खुट्टाहरुलाई किब्लातिर गरेर नमाज पढ्ने ।” (दार कुत्नी) । यो हदीस कमजोर श्रेण...

तरावीह वा रमजान महिनाको कियाम

१) आइशा (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले एक रात मस्जिदमा नमाज पढ्नु भयो र धेरै जना उहाँ (स.) सँग सामेल भए । दोस्रो रात उहाँ (स.) ले नमाज पढ्नु भयो र अझै मानिसहरु सामेल भए । फेरी तेस्रो रात वा चौथो रात मानिसहरु भेला भए तर अल्लाहका रसूल (स.) बाहिर आउनु भएन । बिहान भएपछि उहाँ (स.) ले भन्नुभयो “मैले राती तिमीहरुलाई भेला भएको देखेको थिएँ तर मलाई केवल एउटा कुराले बाहिर आउनबाट रोक्यो र त्यो हो कि कतै यो नमाज तिमीहरुमाथि अनिवार्य नगरियोस् ।” यो रमजान महिनामा भएको थियो । (बुखारी , मुस्लिम , अबू दाऊद , नसई , इब्ने माजा , अह्मद , मालिक) २) उबै बिन कअ्ब (रजि.) को भनाई अनुसार उनी अल्लाहका रसूल (स.) समक्ष उपस्थित भए र सोधे “हे अल्लाहका रसूल ! आज राती (बितेको राती) मसँग एउटा अचम्मको घट्ना घट्यो ।” त्यस समय रमजान महिना चलिरहेको थियो । उहाँ (स.) ले भन्नुभयो , “ हे उबै ! त्यो के हो ?” उनले जवाफ दिए “मेरो घरमा केही महिलाहरुले मलाई भने , आज हामी कुरआन पढ्ने छैनौं , हामी त तपाइसँग नमाज पढ्नेछौं । अनि मैले उनीहरुलाई आठ रकअत नमाज पढाएँ । अनि वित्रको नमाज पढाएँ ।” अनि अल्लाहका रसूल (स) ले केह...