१) अब्दुल्लाह बिन अम्र (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो “तीन जना यस्ता मानिसहरु छन् जसको कुनै पनि नमाजलाई अल्लाह स्वीकार गर्दैनन् । पहिलो यस्ता व्यतिmहरुको इमाम बन्ने व्यक्ति जसलाई उनीहरु मन पराउँदैनन्, दोस्रो नमाजको समय सकिन लागेको बेला नमाज पढ्ने व्यक्ति । तेस्रो आफ्नो दासलाई मुक्त गरेर फेरी उसलाई दास बनाउने व्यक्ति । (अबू दाऊद, इब्ने माजा)
*इमाम
तिर्मीजी (रह.) लेख्नु हुन्छ, सहाबीहरु (रजि.) मध्ये केहीले यस्तो
व्यक्तिले इमाम बन्नु मन पराएका थिएनन् जसलाई मानिसहरु मन पराउँदैनन् तर
यदि इमाम अत्याचारी छैन (अर्थात उसमा कुनै प्रकारको दोष वा त्रुटि छैन) भने
उसलाई मन नपाराउनेहरुलाई पाप लाग्नेछ ।
२) अबू् हुरैरह (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो “प्रत्येक अमीर (अगुवा) सँग मिलेर जिहाद गर्नु तिमीहरुमाथि अनिवार्य गरिएको छ चाहे ऊ राम्रो चरित्रको होस् वा नराम्रो । चाहे ऊ गुनाहे कबीरा (ठूला पापहरु) मा संलग्न हुने व्यक्ति होस् ।” (अबू दाऊद)
३) अबू हुरैरह (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो, “प्रत्येक ‘ला इलाह इल्लल्लाह’ भन्ने व्यक्तिको पछाडि नमाज पढ ।” (दार कुत्नी)
*यी दुबै हदीसहरु यद्यपि कमजोर श्रेणीका छन् तर बनू उमैयाको समयमा जीवित रहेका सहाबीहरु (रजि) को अमल यही हदीसहरुको अनुसार थियो । इब्ने उमर (रजि.) को विषयमा उल्लेख गरिएको छ कि उनी “हज्जाज” को पछाडि नमाज पढ्थे । (बुखारी)
४) अबू सईद खुद्री (रजि.) ले मर्वानको पछाडि ईदको नमाज पढे जबकि मर्र्वानले ईदको नमाज भन्दा पहिले खुत्वा दिएको थियो (जबकि अल्लाहका रसूल (स.) ईदको नमाज पछि खुत्बा दिने गर्नुहुन्थ्यो) ।” (मुस्लिम, अबू दाऊद, तिर्मिजी)
*तर
यस्ता व्यक्तिहरुको पछाडि नमाज पढ्नु मक्रुह हो । काजी शौकानी (रह.)
लेख्नु हुन्छ “कुकर्मी र अत्याचारीको पछाडि नमाज पढ्नाले नमाज हुन्छ कि
हुँदैन भन्ने विषयमा मात्र मत भिन्नता रहेको छ । तर यस्ता व्यक्तिहरुको
पछडि नमाज पढ्नु मक्रुह हो भन्ने विषयमा कुनै मत भिन्नता रहेको छैन ।”
*हम्बली विद्वानहरुका अनुसार कुकर्मीको पछाडि नमाज पढ्ने अनुमति छैन । तर ईदको र जुमअ्को नमाजको लागि यसको अनुमति रहेको छ । तर यस अवस्थामा कि उनीहरु बाहेक अरु कसैले इमाम बन्नु कठीन हुन्छ । हनफी, मालिकी, शाफिई विद्वानहरुका अनुसार कुकर्मीको पछाडि नमाज पढ्नु मकरुह हो । (अल्–फिक्ह अला अल्–मजाहिब अल्–अर्बआ)
५) अम्र बिन सलमा (रजि.) को भनाई छ, “मक्का विजय भए पछि मानिसहरु ठूलो ठूलो समूहमा इस्लाम भित्र आउन थाले । मेरो पिता मेरो समुदायमा सबैभन्दा पहिले इस्लाममा आउनु भयो । उहाँ फर्केर आएपछि उहाँले सबजनालाई भन्नुभयो ‘म तिमीहरु समक्ष अल्लाहका सन्देष्टा (स.) को नितान्त सत्य सन्देश लिएर आएको छु । फलानु नमाजलाई फलानु समयमा पढ्ने अनि नमाजको समय भएपछि एकजनाले अजान दिने र तिमीहरुमध्ये जसलाई धेरै र राम्रो कुरआन पढ्न आउँछ उसले तिमीहरुको इमामत गर्ने । म विभिन्न यात्रीसमूहवालाहरुसँग कुरआन सिक्ने गर्थे तसर्थ यिनीहरुले मलाई इमामतको लागि अगाडि सारे जबकि म ६ वा ७ वर्षको थिएँ र म एउटा ओड्नी ओडेको हुन्थें । म सज्दामा जाँदा त्यो ओड्नी झथ्र्यो । बस्तीकी एकजना महिलाले भनिन् “आफ्नो इमामको चाकलाई छोप” । त्यसपछि सबैजनाले मेरो लागि लुगा किनिदिए जसले गर्दा मलाई धेरै खुसी लाग्यो ।” (बुखारी, मुस्लिम, अबू दाऊद)
*हनफी, मालिकी, हम्बली र अरु विद्वानहरुका अनुसार अम्र बिन सलमा (रजि.) द्वारा उल्लेखित हदीसमा सहाबीहरु (रजि.) को क्रियाकलाप उल्लेख भएको छ र यसबाट ज्ञात हुँदैन कि अल्लाहका रसूल (स.) लाई पनि यसको ज्ञान थियो । (अल्–मुग्नी)
टिप्पणियाँ