सीधे मुख्य सामग्री पर जाएं

इमामको रुपमा स्वीकार्य नहुने व्यक्तिहरु


१) अब्दुल्लाह बिन अम्र (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो “तीन जना यस्ता मानिसहरु छन् जसको कुनै पनि नमाजलाई अल्लाह स्वीकार गर्दैनन् । पहिलो यस्ता व्यतिmहरुको इमाम बन्ने व्यक्ति जसलाई उनीहरु मन पराउँदैनन्, दोस्रो नमाजको समय सकिन लागेको बेला नमाज पढ्ने व्यक्ति । तेस्रो आफ्नो दासलाई मुक्त गरेर फेरी उसलाई दास बनाउने व्यक्ति । (अबू दाऊद, इब्ने माजा)

*इमाम तिर्मीजी (रह.) लेख्नु हुन्छ, सहाबीहरु (रजि.) मध्ये केहीले यस्तो व्यक्तिले इमाम बन्नु मन पराएका थिएनन् जसलाई मानिसहरु मन पराउँदैनन् तर यदि इमाम अत्याचारी छैन (अर्थात उसमा कुनै प्रकारको दोष वा त्रुटि छैन) भने उसलाई मन नपाराउनेहरुलाई पाप लाग्नेछ ।

२) अबू् हुरैरह (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो “प्रत्येक अमीर (अगुवा) सँग मिलेर जिहाद गर्नु तिमीहरुमाथि अनिवार्य गरिएको छ चाहे ऊ राम्रो चरित्रको होस् वा नराम्रो । चाहे ऊ गुनाहे कबीरा (ठूला पापहरु) मा संलग्न हुने व्यक्ति होस् ।” (अबू दाऊद)

३) अबू हुरैरह (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो, “प्रत्येक ‘ला इलाह इल्लल्लाह’ भन्ने व्यक्तिको पछाडि नमाज पढ ।” (दार कुत्नी)

*यी दुबै हदीसहरु यद्यपि कमजोर श्रेणीका छन् तर बनू उमैयाको समयमा जीवित रहेका सहाबीहरु (रजि) को अमल यही हदीसहरुको अनुसार थियो । इब्ने उमर (रजि.) को विषयमा उल्लेख गरिएको छ कि उनी “हज्जाज” को पछाडि नमाज पढ्थे । (बुखारी)

४) अबू सईद खुद्री (रजि.) ले मर्वानको पछाडि ईदको नमाज पढे जबकि मर्र्वानले ईदको नमाज भन्दा पहिले खुत्वा दिएको थियो (जबकि अल्लाहका रसूल (स.) ईदको नमाज पछि खुत्बा दिने गर्नुहुन्थ्यो) ।” (मुस्लिम, अबू दाऊद, तिर्मिजी)

*तर यस्ता व्यक्तिहरुको पछाडि नमाज पढ्नु मक्रुह हो । काजी शौकानी (रह.) लेख्नु हुन्छ “कुकर्मी र अत्याचारीको पछाडि नमाज पढ्नाले नमाज हुन्छ कि हुँदैन भन्ने विषयमा मात्र मत भिन्नता रहेको छ । तर यस्ता व्यक्तिहरुको पछडि नमाज पढ्नु मक्रुह हो भन्ने विषयमा कुनै मत भिन्नता रहेको छैन ।”

*हम्बली विद्वानहरुका अनुसार कुकर्मीको पछाडि नमाज पढ्ने अनुमति छैन । तर ईदको र जुमअ्को नमाजको लागि यसको अनुमति रहेको छ । तर यस अवस्थामा कि उनीहरु बाहेक अरु कसैले इमाम बन्नु कठीन हुन्छ । हनफी, मालिकी, शाफिई विद्वानहरुका अनुसार कुकर्मीको पछाडि नमाज पढ्नु मकरुह हो । (अल्–फिक्ह अला अल्–मजाहिब अल्–अर्बआ)

५) अम्र बिन सलमा (रजि.) को भनाई छ, “मक्का विजय भए पछि मानिसहरु ठूलो ठूलो समूहमा इस्लाम भित्र आउन थाले । मेरो पिता मेरो समुदायमा सबैभन्दा पहिले इस्लाममा आउनु भयो । उहाँ फर्केर आएपछि उहाँले सबजनालाई भन्नुभयो ‘म तिमीहरु समक्ष अल्लाहका सन्देष्टा (स.) को नितान्त सत्य सन्देश लिएर आएको छु । फलानु नमाजलाई फलानु समयमा पढ्ने अनि नमाजको समय भएपछि एकजनाले अजान दिने र तिमीहरुमध्ये जसलाई धेरै र राम्रो कुरआन पढ्न आउँछ उसले तिमीहरुको इमामत गर्ने । म विभिन्न यात्रीसमूहवालाहरुसँग कुरआन सिक्ने गर्थे तसर्थ यिनीहरुले मलाई इमामतको लागि अगाडि सारे जबकि म ६ वा ७ वर्षको थिएँ र म एउटा ओड्नी ओडेको हुन्थें । म सज्दामा जाँदा त्यो ओड्नी झथ्र्यो । बस्तीकी एकजना महिलाले भनिन् “आफ्नो इमामको चाकलाई छोप” । त्यसपछि सबैजनाले मेरो लागि लुगा किनिदिए जसले गर्दा मलाई धेरै खुसी लाग्यो ।” (बुखारी, मुस्लिम, अबू दाऊद)

*हनफी, मालिकी, हम्बली र अरु विद्वानहरुका अनुसार अम्र बिन सलमा (रजि.) द्वारा उल्लेखित हदीसमा सहाबीहरु (रजि.) को क्रियाकलाप उल्लेख भएको छ र यसबाट ज्ञात हुँदैन कि अल्लाहका रसूल (स.) लाई पनि यसको ज्ञान थियो । (अल्–मुग्नी)

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

फर्ज नमाज एक्लै वा जमाअतका साथ पढिसकेपछि पुनः त्यही नमाजको जमाअतमा सामेल हुनु

१) यजीद बिन अस्वद (रजि.) भन्छन्, “म हजको बेला अल्लाहका रसूल (स.) सँग थिएँ । मैले बिहानको नमाज उहाँ (स.) सँग खैफ मस्जिदमा पढें । उहाँ (स.) ले सलाम फेरे पछि दुई जनालाई सबैजनाको पछाडि उभिएको देख्नुभयो जसले उहाँ (स.) सँग नमाज पढेका थिएनन् । उहाँ (स.) ले भन्नुभयो “उनीहरुलाई म समक्ष लिएर आऊ ।” उनीहरुलाई ल्याए पछि उनीहरु डरले कापिरहेका थिए । उहाँ (स.) ले उनीहरुसँग सोध्नुभयो, “तिमी दुवैजनाले हामीहरुसँग नमाज किन नपढेको ?” उनीहरुले जवाफ दिए “हे अल्लाहका रसूल ! हामीहरु आफ्नो घरमा नमाज पढेर आएका थियौं ।” उहाँ (स.) ले भन्नुभयो “यसो नगर, यदि तिमीहरु घरबाट नमाज पढेर मस्जिद आउँदा मस्जिदमा नमाज भईरहेको छ भने तिमीहरु पनि जमाअतमा सामेल होऊ । यो नमाज तिमीहरुको लागि नफ्ल नमाज हुनेछ ।” (अह्मद, अबू दाऊद, तिर्मिजी, नसई, दार कुत्नी, इब्ने हिब्बान, हाकिम) २) अबू जर (रजि.) भन्छन्, “ अल्लाहका रसूल (स.) ले मलाई भन्नुभयो, ‘यदि तिमीहरुमाथि यस्ता शासकहरुले प्रधानता प्राप्त गरे जो नमाजलाई उसको समयभन्दा ढीला पढ्छन् भने तिमीहरुको अवस्था त्यतिबेला कस्तो हुने होला ?’ मैले भनें, ‘त्यसो भए तपाई मलाई ...

सलातुल् मरीज (बिरामीको नमाज)

१) इम्रान बिन हुसैन (रजि.) को भनाई छ , “ मलाई पाइल्स भएको थियो । मैले अल्लाहका रसूल (स.) सँग सोधें “नमाज कसरी पढ्ने ?” उहाँ (स.) ले भन्नुभयो “उभिएर नमाज पढ् यदि यसको सामथ्र्य छैन भने बसेर नमाज पढ । र यदि यसको पनि सामथ्र्य छैन भने आफ्नो दाहिनेतर्फ पल्टेर नमाज पढ ।” (बुखारी , अबू दाऊद , तिर्मिजी , नसई , इब्ने माजा) नसईमा यो वाक्य बढी उल्लेख भएको छ “र यदि यसको पनि सामथ्र्य छैन भने सीधा पल्टेर नमाज पढ । अल्लाह तआला कुनै प्राण माथि उसको सामथ्र्य भन्दा अधिक भार (जिम्मेवारी) राख्दैनन् ।” २) अली (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो “बिरामीले उभिएर नमाज पढ्नुपर्छ यदि ऊ यसको सामथ्र्य राख्छ भने र यदि यसको सामथ्र्य राख्दैन भने बसेर नमाज पढ्ने । यदि ऊ सज्दा गर्ने सामथ्र्य राख्दैन भने टाउकोले इशारा गर्ने र आफ्नो सज्दा गर्दा रुकूको तुलनामा अलि बढी झुक्ने । यदि ऊ बसेर नमाज पढ्ने सामथ्र्य राख्दैन भने किब्लातिर फर्केर आफ्नो दाहिनेतिर पल्टेर नमाज पढ्ने । यदि दाहिनेतिर पल्टने पनि सामथ्र्य छैन भने सिधा पल्टेर खुट्टाहरुलाई किब्लातिर गरेर नमाज पढ्ने ।” (दार कुत्नी) । यो हदीस कमजोर श्रेण...

तरावीह वा रमजान महिनाको कियाम

१) आइशा (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले एक रात मस्जिदमा नमाज पढ्नु भयो र धेरै जना उहाँ (स.) सँग सामेल भए । दोस्रो रात उहाँ (स.) ले नमाज पढ्नु भयो र अझै मानिसहरु सामेल भए । फेरी तेस्रो रात वा चौथो रात मानिसहरु भेला भए तर अल्लाहका रसूल (स.) बाहिर आउनु भएन । बिहान भएपछि उहाँ (स.) ले भन्नुभयो “मैले राती तिमीहरुलाई भेला भएको देखेको थिएँ तर मलाई केवल एउटा कुराले बाहिर आउनबाट रोक्यो र त्यो हो कि कतै यो नमाज तिमीहरुमाथि अनिवार्य नगरियोस् ।” यो रमजान महिनामा भएको थियो । (बुखारी , मुस्लिम , अबू दाऊद , नसई , इब्ने माजा , अह्मद , मालिक) २) उबै बिन कअ्ब (रजि.) को भनाई अनुसार उनी अल्लाहका रसूल (स.) समक्ष उपस्थित भए र सोधे “हे अल्लाहका रसूल ! आज राती (बितेको राती) मसँग एउटा अचम्मको घट्ना घट्यो ।” त्यस समय रमजान महिना चलिरहेको थियो । उहाँ (स.) ले भन्नुभयो , “ हे उबै ! त्यो के हो ?” उनले जवाफ दिए “मेरो घरमा केही महिलाहरुले मलाई भने , आज हामी कुरआन पढ्ने छैनौं , हामी त तपाइसँग नमाज पढ्नेछौं । अनि मैले उनीहरुलाई आठ रकअत नमाज पढाएँ । अनि वित्रको नमाज पढाएँ ।” अनि अल्लाहका रसूल (स) ले केह...