१) अब्दुल्लाह बिन अब्बास (आल्लाह उनीसँग प्रसन्न होऊन्) को भनाई छ, उहाँले भन्नुभयो कि जुन समुदायमा हिनामिना गर्नु साधारण मानिन्छ त्यस समुदायमा अल्लाह शत्रुको डर र त्रासलाई फिजाइदिन्छन् । जुन समुदायमा ब्यभिचार गर्नु सामान्य मानिन्छ (पाप मानिदैन) त्यो समुदाय बर्बाद हुने नै छ । जुन समुदायमा नाप-तौलमा कमी गर्ने चलन हुनेछ त्यो समुदाय बर्कतबाट बञ्चित हुनेछ । जहाँ अन्यायपूर्ण फैसला गरिनेछ त्हाँ हत्याहिंसा हुने नै छ र जुन समुदायमा बाचा तोडिनेछ तिनीहरूमाथि शत्रु विजयी हुने नै छ । (मिश्कात)
२) सौबान (अल्लाह उनीसँगप्रसन्न होऊन्) को भनाई छ, अल्लाहका रसूल (उनीमाथि शान्ति होस्) ले भन्नुभयो, "जसरी खाना खानेहरू एकअर्कालाई खानाको लागि निम्तो दिन्छन् त्यसरी नै (शत्रु) समुदायहरू तिमीहरुमाथि आइपर्नेछन् ।" एकजना ब्यक्तिले प्रश्न गर्र्यो, के यस्तो हाम्रो कम संख्याको कारणले हुनेछ ? उहाँले भन्नुभयो "होइन, बरु तिमीहरुको संख्या त्यतिबेला धेरै हुनेछ तर तिमीहरुलाई वहनको रोग लाग्नेछ ।" उहाँसँगसोधियो कि वहनको अर्थ के हो ? उहाँले जवाफ दिनुभयो, " (वहन भनेको) संसारको मोह र मृत्युको डर ।"
टिप्पणियाँ