सीधे मुख्य सामग्री पर जाएं

दिसापिसाब गर्ने तरिका

१- जाबिर (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) शौच गर्नको लागि टाढा जानु हुन्थ्यो । (अबू दाऊद)

२- अनस (रजि) को भनाई अनुसार अल्लाहका रसूल (स.) को हातमा एउटा औँठी थियो जसमा “मुहम्मद रसूलुल्लाह” कुँदिएको थियो (खोपिएको थियो) । उहाँ (स.) शौचालय जाँदा त्यस औँठीलई फुकालेर राखिदिनु हुन्थ्यो । (मुस्लिाम, अबू दाऊद, तिर्मिजी, नसई)


३- अबू सईद खुद्री (रजि.) भन्छन् कि उनले अल्लाहका रसूल (स.) लाई भन्दै गरेको सुने, “दुई जनाले शौचालय जाँदा यसरी सँगै जानु हुदैन कि जब उनीहरु शौच गर्छन् सँगसँगै कुराकानी पनि गर्छन किनकी अल्लाहलाई यसो गरेको मन पर्दैन ।” (मुस्नद अहमद, अबू दाऊद, इब्ने माजा)


४- अब्दुल्लाह बिन उमर (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) पिसाब फेर्दै हुनुहुन्थ्यो । एउटा मान्छे उहाँ (स.) को नजिकबाट गयो र उहाँ (स.) लाई सलाम गर्यो तर उहाँ (स.) ले उसको सलामको जवाफ दिनु भएन । (मुस्लिम, तिर्मिजी, अबू दाऊद, नसई, इब्ने माजा)




५- अबू हुरैरह (रजि.) को भनाई अनुसार, अल्लाहका रसूल (स.) ले भन्नु भयो, “यदि तिमीहरुमध्ये कोही शौच गर्न बस्छ भने न किब्ला (कअबा) तिर अनुहार फर्काओस् र नढाड ।” (मुस्लिम, मुस्नद इमाम अह्मद)




६- अब्दुल्लाह बिन उमर (रजि.) को भनाई छ, “एक चोटी म हफ्सा (रजि.) को घर गएँ अनि देखें कि अल्लाहका रसूल (स.) सिरिया तिर अनुहार र काबा तिर ढाड फर्काएर शौच गर्दै हुनुहुन्थ्यो ।” (बुखारी, मुस्लिम, अहमद, अबू दाऊद, तिर्मिजी, नसई इब्ने माजा)




[मालिकी, शाफिई र हम्बली विद्वानहरु (र हदीसको गहिरो ज्ञान भएकाहरु) को यहि मसलक रहेको छ । हनफी विद्वानहरुका अनुसार शौच गर्दा कुनै पनि अवस्थामा कअबातिर अनुहार वा ढाड फर्काउने अनुमति छैन किनकी अल्लाहका रसूल (स.) ले जुन हदीसमा किब्ला (कअबा) तिर अनुहार वा ढाड फर्काउन मनाही गरेका थिए त्यो हदीस हरेक अवस्थाको लागि हो । सम्भवतः, कुनै कारणवश अल्लाहका रसूल (स.) ले किब्ला तिर पिठ्यूँ फर्काएउनु भएको होला जस्तै कि अब्दुल्लाह बिन उमर (रजि.) द्वारा उल्लेखित हदीसबाट ज्ञात हुन्छ । (अल्–कौकब अल्– दुर्री) 




अह्ले हदीस विद्वानहरुमध्येबाट काजी शौकानी (रह.) र मौलाना अब्दुर्रहमान मुबारकपूरी (रह.) ले यसै मसलकलाई प्राथमिकता दिएका छन् । (तुह्फत् अल–अह्वजी, नैल अल्–औतार)]


७- अबू मूसा (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) एउटा पर्खालको नजिक जानु भयो र नरम ठाँउ हेरेर पिसाब गर्नु भयो, पछि भन्नु भयो, “यदि तिमीहरुमध्ये कोही पिसाब गर्छ भने नरम ठाउँ खोजेर गरोस् । ” (मुस्नद अहमद, अबू दाऊद)



८- अब्दुल्लाह (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले कुनै पनि जनावर वा किरा बस्ने प्वालमा पिसाब गर्नबाट मनाही गरेका छन् । (मुस्नद इमाम अहमद, अबू दाऊद, नसई, हाकिम, बैहकी, इब्ने खुजैमा)




 ९-अबू हुरैरह (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नु भयो, “दुईवटा कार्यबाट बच जुन श्रापको कारण बन्नेछ । “सहाबीहरु (रजि.) ले सोधे,  “हे अल्लाहका रसूल ! ती दुईवटा कार्य कुन हुन ? ” उहाँ (स.) ले भन्नु भयो, “ मानिसहरु बस्ने र हिँड्ने ठाँउमा दिसापिसाब गर्नु । (मुस्लिम, मुस्नद इमाम अहमद, अबू दाऊद)




१०- अब्दुल्लाह बिन मुगफ्फल (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नु भयो, “ तिमीहरुमध्ये कोही पनि नुहाउने ठाउँमा पिसाब नगरोस् । ” (अहमद, अबू दाऊद, तिर्मिजी, इब्ने माजा, नसई)

[तर यदि नुहाउने ठाउँमा भुँइ कडा छ र त्यहाँ नाली छ भने पिसाब गर्नाले केही फरक पर्दैन । पिसाब गरिसके पछि माथिबाट पानीले बगाइदिनु । यस विषयमा कसैको मत भिन्नता छैन ।]

११- जाबिर (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले बग्ने पानीमा पिसाब गर्न मनाही गर्नुभएको छ । (अहमद्, मुस्लिम, नसई, इब्ने माजा)

१२- जबिर (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले जमेको पानीमा पिसाब गर्न मनाही गर्नुभएको छ । (मुस्लिम, अहमद, नसई, इब्ने माजा)

१३- आइशा (रज.) को भनाई छ, उहाँ भन्नुहुन्छ, “जो तिमीलाई भन्छ कि अल्लाहका रसूल (स.) ले उभिएर पिसाब गर्नु भयो भने उसको कुरा नमान । उहाँ (स.) त बसेर मात्र पिसाब गर्नु हुन्थ्यो । ” (अहमद, अबू दाऊद, तिर्मिजी, इब्ने माजा, नसई)

[तर यो कुरा आइशा (रजि.) ले आफ्नो ज्ञान र जानकारीको आधारमा भनेकी हुन् ।]

१४- हुजैफा (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) फोहोर थुप्रिएका ठाउँमा जानु भयो र त्यहाँ उभिएर पिसाब गर्नु भयो । ” (बुखारी, मुस्लिम, अबू दाऊद, अहमद, तिर्मिजी, इब्ने माजा, नसई)

१५- आइशा (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नु भयो, “यदि तिमीहरुमध्ये कोही दिसापिसाब गर्न जान्छ भने उसले तीनवटा ढुङ्गाले इस्तिन्जा (दिसापिसाब गरिसकेपछि पवित्रता प्राप्त गर्नु) गरोस् किनकी यो पर्याप्त रहेको छ ।” (अहमद, अबू दाऊद, नसई, दार कुत्नी)

१६- अनस (रजि.) को भनाई छ, उहाँ भन्नु हुन्छ कि अल्लाहका रसूल (स.) ले भन्नु भयो, “यदि तिमीहरु मध्ये कोही दिसापिसाब गर्न जान्छ भने उसले तीनवटा ढुङ्गाले इस्तिन्जा गरोस् किनकी यो पर्याप्त रहेको छ ।” (अहमद्, अबू दाऊद, नसई, दार कुत्नी)

१७- अनस (रजि.) को भनाई छ, उहाँ भन्नु हुन्छ कि अल्लाहका रसूल (स.) शौचालयमा प्रवेश गर्नु हुन्थ्यो र म बाहिर अर्को एक जना केटासँग पानीको भाँडा र भाला बोकेर उहाँ (स.) को लागि जान्थे र उहाँ (स.) पानीले इस्तिन्जा गर्नुहुन्थ्यो ।” (बुखारी र मुस्लिम)

१८- अबू हुरैरह (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नु भयो, “यो आयत ‘कुवा’ वालाहरुको विषयमा (कुवामा बस्ने मानिसहरुको विषयमा) अवतरित गरिएको हो । “त्यसभित्र यस्ता मानिसहरु छन् जो अति पवित्र रहन मन पराउँछन् र अल्लाह पनि पवित्र रहनेहरुलाई मन पराउँछन् । (सूरह अल्–तौबा: १०८) अबू हुरैरह् (रजि.) भन्छन् कि यिनीहरु (कुवावालाहरु) पानीले इस्तिन्जा गर्दथे । यसै कारणले यो आयत उनीहरुको विषयमा अवतरित गरिएको हो । “(अबू दाऊद, तिर्मिजी, इब्ने माजा) इब्ने अब्बास (रजि.) भन्छन् कि जब यो आयत अवतरित भयो अल्लाहका रसूल (स.) ले कुवावालाहरुलाई सोधे । उनीहरुले भने, हामी पानीले इस्तिन्जा गर्नु भन्दा पहिले ढुङ्गा प्रयोग गर्छौं ।” (बज्जार)

१९- सलमान फार्सी (रजि.) केही मुश्रिकहरू(बहुदेववादिहरु) ले ठट्टा गर्दै भने, “तिमीहरुको नबी (मुहम्मद(स.)) ले तिमीहरुलाई सबै थोक सिकाएका छन् यहाँसम्मकि दिसापिसाब गर्नु पनि सिकाएका छन् ।” सलमान (रजि.) ले जवाफ दिए, “हो, हाम्रा नबी (स.) ले हामीलाई दिसापिसाब गर्दा किब्ला (कअ्बा) तिर अनुहार वा पिठ्यूँ फर्काउन, दाहिने हातले इस्तिन्जा गर्न र हामीहरुमध्ये कसैलाई पनि तीनवटा ढुङ्गाले इस्तिन्जा गर्न मनाही गरेका छन् । र अपवित्र बस्तुले वा हड्डीले इस्तिन्जा गर्न पनि मनाही गरेका छन् ।” (मुस्लिम, अबू दाऊद, तिर्मिजी)



२०- अबू हुरैरह (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नु भयो, “जो इस्तिन्जाको लागि) ढुङ्गा प्रयोग गर्छ उसले बिजोरवटा ढुङ्गा प्रयोग गरोस् । जो यसो गर्छ ऊ राम्रो काम गर्छ र जो यसो गर्देन यसमा कुनै आपत्ति छैन ।” (अहमद, अबू दाऊद, इब्ने माजा)


२१- अबू हुरैरह (रजि.) को भनाई अनुसार जब अल्लाहका रसूल (स.) शौचालय जानुहुन्थ्यो म पीतलको भाँडोमा पानी लिएर उपस्थित रहन्थे । उहाँ (स.) इस्तिन्जा गर्नु हुन्थ्यो अनि जमिनमा हात रगड्नु हुन्थ्यो । (अबू दाऊद, नसई, बैहकी, इब्ने माजा)


२२-  जैद बिन हारिसा (रजि.) को भनाई अनुसार जब शुरु–शुरुमा जिब्रईल (अ.) अल्लाहका रसूल (स.) समक्ष अल्लाहको सन्देश लिएर आए र उहाँ (स.) लाई वुजुु र नमाजको तरिका सिकाए । वुजुु पछि अल्लाहका रसूल (स.) ले एक अँजुली पानी लिएर आफ्नो गोप्य अङ्गमाथि छर्कनु भयो । (अहमद, दार कुत्नी)


२३- आइशा (रजि.) को भनाई अनुसार जब अल्लाहका रसूल (स.) शौचालयबाट बाहिर आउनु हुन्थ्यो तब “गुफ्रानक” भन्नु हुन्थ्यो । (अहमद, अबू दाऊद, तिर्मिजी, इब्ने माजा)


२४- हजरत उमर (रजि) भन्छन्, एक चोटी अल्लाहका रसूल (स) ले मलाई उभिएर पिसाब गरेको देख्नु भयो  । उहाँ (स) ले भन्नु भयो, "हे उमर ! उभिएर पिसाब नगर  ।" त्यसपछि मैले कहिले पनि उभिएर पिसाब गरिन  । (तिर्मिजी)

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

फर्ज नमाज एक्लै वा जमाअतका साथ पढिसकेपछि पुनः त्यही नमाजको जमाअतमा सामेल हुनु

१) यजीद बिन अस्वद (रजि.) भन्छन्, “म हजको बेला अल्लाहका रसूल (स.) सँग थिएँ । मैले बिहानको नमाज उहाँ (स.) सँग खैफ मस्जिदमा पढें । उहाँ (स.) ले सलाम फेरे पछि दुई जनालाई सबैजनाको पछाडि उभिएको देख्नुभयो जसले उहाँ (स.) सँग नमाज पढेका थिएनन् । उहाँ (स.) ले भन्नुभयो “उनीहरुलाई म समक्ष लिएर आऊ ।” उनीहरुलाई ल्याए पछि उनीहरु डरले कापिरहेका थिए । उहाँ (स.) ले उनीहरुसँग सोध्नुभयो, “तिमी दुवैजनाले हामीहरुसँग नमाज किन नपढेको ?” उनीहरुले जवाफ दिए “हे अल्लाहका रसूल ! हामीहरु आफ्नो घरमा नमाज पढेर आएका थियौं ।” उहाँ (स.) ले भन्नुभयो “यसो नगर, यदि तिमीहरु घरबाट नमाज पढेर मस्जिद आउँदा मस्जिदमा नमाज भईरहेको छ भने तिमीहरु पनि जमाअतमा सामेल होऊ । यो नमाज तिमीहरुको लागि नफ्ल नमाज हुनेछ ।” (अह्मद, अबू दाऊद, तिर्मिजी, नसई, दार कुत्नी, इब्ने हिब्बान, हाकिम) २) अबू जर (रजि.) भन्छन्, “ अल्लाहका रसूल (स.) ले मलाई भन्नुभयो, ‘यदि तिमीहरुमाथि यस्ता शासकहरुले प्रधानता प्राप्त गरे जो नमाजलाई उसको समयभन्दा ढीला पढ्छन् भने तिमीहरुको अवस्था त्यतिबेला कस्तो हुने होला ?’ मैले भनें, ‘त्यसो भए तपाई मलाई ...

सलातुल् मरीज (बिरामीको नमाज)

१) इम्रान बिन हुसैन (रजि.) को भनाई छ , “ मलाई पाइल्स भएको थियो । मैले अल्लाहका रसूल (स.) सँग सोधें “नमाज कसरी पढ्ने ?” उहाँ (स.) ले भन्नुभयो “उभिएर नमाज पढ् यदि यसको सामथ्र्य छैन भने बसेर नमाज पढ । र यदि यसको पनि सामथ्र्य छैन भने आफ्नो दाहिनेतर्फ पल्टेर नमाज पढ ।” (बुखारी , अबू दाऊद , तिर्मिजी , नसई , इब्ने माजा) नसईमा यो वाक्य बढी उल्लेख भएको छ “र यदि यसको पनि सामथ्र्य छैन भने सीधा पल्टेर नमाज पढ । अल्लाह तआला कुनै प्राण माथि उसको सामथ्र्य भन्दा अधिक भार (जिम्मेवारी) राख्दैनन् ।” २) अली (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो “बिरामीले उभिएर नमाज पढ्नुपर्छ यदि ऊ यसको सामथ्र्य राख्छ भने र यदि यसको सामथ्र्य राख्दैन भने बसेर नमाज पढ्ने । यदि ऊ सज्दा गर्ने सामथ्र्य राख्दैन भने टाउकोले इशारा गर्ने र आफ्नो सज्दा गर्दा रुकूको तुलनामा अलि बढी झुक्ने । यदि ऊ बसेर नमाज पढ्ने सामथ्र्य राख्दैन भने किब्लातिर फर्केर आफ्नो दाहिनेतिर पल्टेर नमाज पढ्ने । यदि दाहिनेतिर पल्टने पनि सामथ्र्य छैन भने सिधा पल्टेर खुट्टाहरुलाई किब्लातिर गरेर नमाज पढ्ने ।” (दार कुत्नी) । यो हदीस कमजोर श्रेण...

तरावीह वा रमजान महिनाको कियाम

१) आइशा (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले एक रात मस्जिदमा नमाज पढ्नु भयो र धेरै जना उहाँ (स.) सँग सामेल भए । दोस्रो रात उहाँ (स.) ले नमाज पढ्नु भयो र अझै मानिसहरु सामेल भए । फेरी तेस्रो रात वा चौथो रात मानिसहरु भेला भए तर अल्लाहका रसूल (स.) बाहिर आउनु भएन । बिहान भएपछि उहाँ (स.) ले भन्नुभयो “मैले राती तिमीहरुलाई भेला भएको देखेको थिएँ तर मलाई केवल एउटा कुराले बाहिर आउनबाट रोक्यो र त्यो हो कि कतै यो नमाज तिमीहरुमाथि अनिवार्य नगरियोस् ।” यो रमजान महिनामा भएको थियो । (बुखारी , मुस्लिम , अबू दाऊद , नसई , इब्ने माजा , अह्मद , मालिक) २) उबै बिन कअ्ब (रजि.) को भनाई अनुसार उनी अल्लाहका रसूल (स.) समक्ष उपस्थित भए र सोधे “हे अल्लाहका रसूल ! आज राती (बितेको राती) मसँग एउटा अचम्मको घट्ना घट्यो ।” त्यस समय रमजान महिना चलिरहेको थियो । उहाँ (स.) ले भन्नुभयो , “ हे उबै ! त्यो के हो ?” उनले जवाफ दिए “मेरो घरमा केही महिलाहरुले मलाई भने , आज हामी कुरआन पढ्ने छैनौं , हामी त तपाइसँग नमाज पढ्नेछौं । अनि मैले उनीहरुलाई आठ रकअत नमाज पढाएँ । अनि वित्रको नमाज पढाएँ ।” अनि अल्लाहका रसूल (स) ले केह...