सीधे मुख्य सामग्री पर जाएं

वुजु अमान्य हुने अवस्थाहरु

१)अबू हुरैरह(रजि.) को भनाई अनुसार अल्लाहका रसूल(स.) ले भन्नुभयो, “यदि तिमीहरुमध्ये कसैको वुजु टुट्छ भने अल्लाह तआला उसको नमाजलाई स्वीकार गर्नु हुन्न जबसम्म ऊ फेरी वुजु गर्दैन ।” “हदरे मौत” (एउटा ठाँउको नाम) बाट आएको एक जनाले अबू हुरैरह (रजि) लाई सोध्यो “वुजु टुट्नु भनेको के हो?” उहाँ (रजि.)ले भन्नुभयो, “दिसा गर्ने अंगबाट आवाजका साथ वा बिना आवाज हावा निस्कनु ।” (बुखारी र मुस्लिम)

२)अबू हुरैरह (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो, “यदि तिमीहरु मध्ये कसैले आफ्नो पेटमा केही आभास गर्छ तर निश्चित छैन कि उसले हावा निकाल्यो कि निकालेन भने, ऊ मस्जिदबाट बाहिर ननिस्कोस् जबसम्म ऊ आवाज सुन्दैन वा गन्ध पाउँदैन” । (मुस्लिम)

३) इब्ने अब्बास (रजि.) भन्नुहुन्छ, “वीर्य (निस्केको अवस्थामा) गुस्ल अनिवार्य हुन्छ र मजी (निस्केको अवस्थामा) आफ्नो गुप्ताङ्गलाई धुनु र वुजु बनाउनु अनिवार्य हुन्छ ।” (बैहकी)

४) अली (रजि.) को भनाई छ, अल्लाहका रसूल (स.) ले भन्नुभयो, “व्युझेको अवस्था हावा निस्किने ठाँउलाई छोप्नु (हावा रोक्न सक्ने क्षमता हुने अवस्था) हो । तसर्थ तिमीहरुमध्ये यदि कोही निदाँउछ भने व्युझे पछि उसले वुजु बनाउनु अनिवार्य हुनेछ । “(अहमद, अबू दाऊद, इब्ने माजा)

५) अनस (रजि.) को भनाई छ कि अल्लाहका रसूल (स.) का सहाबीहरु (रजि.) ईशा नमाजको प्रतिक्षामा हुन्थे । यहाँसम्म कि  बस्दा बस्दा निद्राको कारणले उनीहरुको टाउको निहुरिन्थ्यो । उनीहरु (नमाज पढ्ने समयमा) उठेर जान्थे र नयाँ वुजु नबनाइकन नमाज पढ्थे ।“(मुस्लिम, शाफिई, अबू दाऊद, तिर्मिजी)

६) बुस्रह बिन्त सफ्वान (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नु भयो, “जो कोही आफ्नो गुप्ताङ्गलाई छुन्छ नयाँ वुजु नबनाइकन ऊ नमाज नपढोस् ।” ( मुस्नद अहमद, अबू दाऊद, तिर्मिजी, नसई, इब्ने माजा)

७) तल्क (रजि.) को भनाई अनुसार एउटा व्यक्तिले अल्लाहका रसूल (स.) सँग सोध्यो कि जो व्यक्ति आफ्नो गुप्ताङ्गलाई छुन्छ, के उ माथि वुजु गर्नु अनिवार्य हुन्छ । उहाँ (स) ले भन्नुभयो, “होइन, त्यो त तिम्रो शरीरको एउटा अगं हो । (अहमद, अबू दाऊद, तिर्मिजी, नसई, इब्ने माजा)

८) इब्ने अबी दर्दा (रजी.) को भनाई छ कि अल्लाहका रसूल (स.) ले बान्ता गर्नुभयो अनि वुजु गर्नुभयो । (तिर्मिजी)

९) अबू मूसा (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) नमाज पढाउँदै हुनुहुन्थ्यो । एक जना अन्धो व्यक्तिले मस्जिदमा प्रवेश गर्यो  र ऊ एउटा खाडलमा खस्यो । यो देखेर नमाजीहरु मध्ये धेरै जना हाँसे । जो जो हाँसेका थिए तिनीहरुलाई अल्लाहका रसूल (स.) ले फेरि वुजु गरेर नमाज दोहोराउने आदेश दिनुभयो ।” (तब्रानी, शरह मुअत्ता इमाम मुहम्मद)

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

फर्ज नमाज एक्लै वा जमाअतका साथ पढिसकेपछि पुनः त्यही नमाजको जमाअतमा सामेल हुनु

१) यजीद बिन अस्वद (रजि.) भन्छन्, “म हजको बेला अल्लाहका रसूल (स.) सँग थिएँ । मैले बिहानको नमाज उहाँ (स.) सँग खैफ मस्जिदमा पढें । उहाँ (स.) ले सलाम फेरे पछि दुई जनालाई सबैजनाको पछाडि उभिएको देख्नुभयो जसले उहाँ (स.) सँग नमाज पढेका थिएनन् । उहाँ (स.) ले भन्नुभयो “उनीहरुलाई म समक्ष लिएर आऊ ।” उनीहरुलाई ल्याए पछि उनीहरु डरले कापिरहेका थिए । उहाँ (स.) ले उनीहरुसँग सोध्नुभयो, “तिमी दुवैजनाले हामीहरुसँग नमाज किन नपढेको ?” उनीहरुले जवाफ दिए “हे अल्लाहका रसूल ! हामीहरु आफ्नो घरमा नमाज पढेर आएका थियौं ।” उहाँ (स.) ले भन्नुभयो “यसो नगर, यदि तिमीहरु घरबाट नमाज पढेर मस्जिद आउँदा मस्जिदमा नमाज भईरहेको छ भने तिमीहरु पनि जमाअतमा सामेल होऊ । यो नमाज तिमीहरुको लागि नफ्ल नमाज हुनेछ ।” (अह्मद, अबू दाऊद, तिर्मिजी, नसई, दार कुत्नी, इब्ने हिब्बान, हाकिम) २) अबू जर (रजि.) भन्छन्, “ अल्लाहका रसूल (स.) ले मलाई भन्नुभयो, ‘यदि तिमीहरुमाथि यस्ता शासकहरुले प्रधानता प्राप्त गरे जो नमाजलाई उसको समयभन्दा ढीला पढ्छन् भने तिमीहरुको अवस्था त्यतिबेला कस्तो हुने होला ?’ मैले भनें, ‘त्यसो भए तपाई मलाई ...

सलातुल् मरीज (बिरामीको नमाज)

१) इम्रान बिन हुसैन (रजि.) को भनाई छ , “ मलाई पाइल्स भएको थियो । मैले अल्लाहका रसूल (स.) सँग सोधें “नमाज कसरी पढ्ने ?” उहाँ (स.) ले भन्नुभयो “उभिएर नमाज पढ् यदि यसको सामथ्र्य छैन भने बसेर नमाज पढ । र यदि यसको पनि सामथ्र्य छैन भने आफ्नो दाहिनेतर्फ पल्टेर नमाज पढ ।” (बुखारी , अबू दाऊद , तिर्मिजी , नसई , इब्ने माजा) नसईमा यो वाक्य बढी उल्लेख भएको छ “र यदि यसको पनि सामथ्र्य छैन भने सीधा पल्टेर नमाज पढ । अल्लाह तआला कुनै प्राण माथि उसको सामथ्र्य भन्दा अधिक भार (जिम्मेवारी) राख्दैनन् ।” २) अली (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो “बिरामीले उभिएर नमाज पढ्नुपर्छ यदि ऊ यसको सामथ्र्य राख्छ भने र यदि यसको सामथ्र्य राख्दैन भने बसेर नमाज पढ्ने । यदि ऊ सज्दा गर्ने सामथ्र्य राख्दैन भने टाउकोले इशारा गर्ने र आफ्नो सज्दा गर्दा रुकूको तुलनामा अलि बढी झुक्ने । यदि ऊ बसेर नमाज पढ्ने सामथ्र्य राख्दैन भने किब्लातिर फर्केर आफ्नो दाहिनेतिर पल्टेर नमाज पढ्ने । यदि दाहिनेतिर पल्टने पनि सामथ्र्य छैन भने सिधा पल्टेर खुट्टाहरुलाई किब्लातिर गरेर नमाज पढ्ने ।” (दार कुत्नी) । यो हदीस कमजोर श्रेण...

तरावीह वा रमजान महिनाको कियाम

१) आइशा (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले एक रात मस्जिदमा नमाज पढ्नु भयो र धेरै जना उहाँ (स.) सँग सामेल भए । दोस्रो रात उहाँ (स.) ले नमाज पढ्नु भयो र अझै मानिसहरु सामेल भए । फेरी तेस्रो रात वा चौथो रात मानिसहरु भेला भए तर अल्लाहका रसूल (स.) बाहिर आउनु भएन । बिहान भएपछि उहाँ (स.) ले भन्नुभयो “मैले राती तिमीहरुलाई भेला भएको देखेको थिएँ तर मलाई केवल एउटा कुराले बाहिर आउनबाट रोक्यो र त्यो हो कि कतै यो नमाज तिमीहरुमाथि अनिवार्य नगरियोस् ।” यो रमजान महिनामा भएको थियो । (बुखारी , मुस्लिम , अबू दाऊद , नसई , इब्ने माजा , अह्मद , मालिक) २) उबै बिन कअ्ब (रजि.) को भनाई अनुसार उनी अल्लाहका रसूल (स.) समक्ष उपस्थित भए र सोधे “हे अल्लाहका रसूल ! आज राती (बितेको राती) मसँग एउटा अचम्मको घट्ना घट्यो ।” त्यस समय रमजान महिना चलिरहेको थियो । उहाँ (स.) ले भन्नुभयो , “ हे उबै ! त्यो के हो ?” उनले जवाफ दिए “मेरो घरमा केही महिलाहरुले मलाई भने , आज हामी कुरआन पढ्ने छैनौं , हामी त तपाइसँग नमाज पढ्नेछौं । अनि मैले उनीहरुलाई आठ रकअत नमाज पढाएँ । अनि वित्रको नमाज पढाएँ ।” अनि अल्लाहका रसूल (स) ले केह...