सीधे मुख्य सामग्री पर जाएं

इह्रामको अवस्थामा गर्न नहुने कामहरू


) कअ्ब बिन अज्रह (रजि.) को भनाई छ, अल्लाहका रसूल (स.) ले मलाई भन्नुभयो “सायद तिमीहरूलाई जुम्राहरुले हैरान पारिरहेका छन् ।” मैले भनें “हजूर, हे अल्लाहका रसूल” । उहाँ (स.) ले भन्नुभयो “त्यसो भए तिमीहरु मुण्डन गराऊ र (फिद्याको हिसाबले) तीन दिनको रोजा राख वा ६ जना अभाव ग्रस्तलाई खाना खुवाऊ वा एउटी बाख्रीको कुर्बानी गर ।” (बुखारी, मुस्लिम, आदि)

) अब्दुल्लाह बिन उमर (रजि.) को भनाई अनुसार अल्लाहका रसुल (स.) ले भन्नुभयो “जो इह्रामको अवस्थामा छ ऊ न कमिज लगाओस्, न फेटा बेरोस् न बुर्नुस् (एक प्रकारको जुब्बा जसमा बर्स अर्थत एक प्रकारको सुगन्ध वा केसर लागेको होस् न मोजा प्रयोग गरोस् तर यदि उसले जुत्ता भेटाएन जुन “कअ्ब” (गोलीगाँठो¬¬) मुनिसम्म मात्र हुन्छ भने ऊ मोजा नै प्रयोग गर्न सक्छ जबकि ऊ त्यसलाई गोली गाँठोको मुनिसम्म काटोस् ।” (बुखारी, मुस्लिम, अबू दाऊद, तिर्मिजी, नसई, इब्ने माजा, अह्मद आदि)

) अब्दुल्लाह बिन उमर (रजि.) द्वारा उल्लेखित माथिको हदीसको एउटा अर्को हदीसमा यी शब्दहरू बढी प्रयोग भएका छन् “इह्रामको अवस्थामा महिलाले अनुहारमा नकाब नलगाउने र पन्जा प्रयोग नगर्ने ।” (बुखारी, नसई, तिर्मिजी, अह्मद)

) आइशा (रजि.) को भनाई छ, “सवारी चढेका पुरुषहरु हाम्रो अगाडिबाट जान्थे र हामी अल्लाहका रसूल (स.) सँग इह्रामको अवस्थामा हुन्थ्यौं । जब मानिसहरु हाम्रो नजिक आउँथे हामी टाउकोबाट अनुहारमा पर्दा गथ्र्यौं । (अबू दाऊद, इब्ने माजा)

५) इब्ने अब्बास (रजि.) र जाबिर (रजि.) द्वारा उल्लेखित हदीस अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो “जो व्यक्ति नाईटो देखि तलसम्म छोप्ने लुगा पाउँदैन ऊ मोजा प्रयोग गरोस् ।” (बुखारी र मुस्लिम आदि)

६) उस्मान (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो “कोही इह्रामको अवस्थामा छ भने उसले निकाह नगरोस्, निकाह नगराओस् र निकाहको सन्देश नपठाओस् ।” (मुस्लिम, अह्मद, अबू दाऊद, तिर्मिजी नसई, इब्ने माजा, आदि)

७) अल्लाहका रसूल (स.) ले मुक्त गर्नुभएको दास अबू शफिअ् (रजि.) को वर्णन अनुसार “अल्लाहका रसूल (स.) ले मैमून (रजि.) सँग इह्राममा नभएको अवस्थामा निकाह गर्नुभयो र इह्राममा नभएको अवस्थामा नै उनीसित एकान्त अपनाउनु भयो र मैले नै दुबैजनाको बीचमा सन्देश आदान प्रदान गर्ने काम गरें । (अह्मद, तिर्मिजी, बैहकी)

८) सुलह् हुदैबिया (हुदैबियाको सन्धि) को अवसरमा जब अल्लाहका रसूल (स.) मदीना मुनव्वराबाट हिँड्नु भयो तब उहाँ (स.) ले र अधिकतम सम्मानित सहाबीहरु (रजि.) ले इह्राम बाँधे । एकजना सहाबी अबू कतादा (रजि.) थिए, उनले इह्राम बाँधेनन् किनकि अल्लाहका रसूल (स.) लाई यो सूचना प्राप्त थियो कि सम्भवतः बाटोमा शत्रुले आक्रमण गर्नेछन् । तसर्थ उहाँ (स.) ले अबू कतादा (रजि.) र केही अन्य सहाबीहरु (रजि.) लाई इह्राम बिना नै रहन दिनुभयो ताकि उनीहरु शत्रुको ठेगाना थाहा पाइराखुन् । अबू कतादा (रजि.) को नै भनाई छ, “मैले बाटोमा एउटा जिराफ देखें । म ऊतिर बढें, उसलाई भाला हानें गाडिदिएँ । मैले मानिसहरुसँग (अर्थात ती सहाबीहरु (रजि.) सित जो इह्रामको अवस्थामा थिए) मद्दत माँगे तर उनीहरुले मेरो मद्दत गर्न अस्वीकार गरे ।
यसै हदीसको अन्तिममा उल्लेख भए अनुसार अल्लाहका रसूल (स.) ले सम्मानित सहाबीहरु (रजि.) लाई सोध्नुभयो, “के तिमीहरु मध्ये कसैले यसलाई (अर्थात अबू कतादा (रजि.) लाई) जनावरमाथि हमला गर्नको लागि भनेका थियौ वा जनावर तिर इसारा गरेका थियौ ?” सहाबीहरु (रजि.) ले जवाफ दिए “थिएन” । (बुखारी र मुस्लिम, आदि)

९) जाबीर (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो “इह्रामको अवस्थामा तिमीहरुको लागि जमीनको सिकार (सिकार गरिएको जनावरबाट खानु) जायज छ। (जबकि त्यो सिकार तिमीले स्वयं नगरेको होस् वा तिमीहरुको लागि नगरिएको होस्)” । (अबू दाऊद, तिर्मिजी, नसई, इब्ने माजा, आदि)

१०) जाबिर बिन अब्दुल्लाह (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो “जसले इह्रामको अवस्थामा सिकार गऱ्यो उसको जिम्मामा एउटा भेंडाको कुर्बानी अनिवार्य हुन्छ । (अबू दाऊद, तिर्मिजी, नसई, इब्ने माजा, बैहकी, हाकिम, इब्ने हिब्बान)

११) यजीद बिन नईम अस्लमी (रह.) (एक जना ताबई) को भनाई अनुसार जजाम समुदायको एकजना व्यक्तिले आफ्नी पत्नीसँग शारीरिक संपर्क राख्यो जबकी उनीहरू दुबैजना इह्रामको अवस्थामा थिए । त्यस व्यक्तिले अल्लाहका रसूल (स.) समक्ष उपस्थित भएर समस्याको विषयमा सोध्यो । उहाँ (स.) ले भन्नुभयो “तिमीहरू दुबैजना हजका रीति पूरा गर र कुर्बानी गर अनि तिमीहरू दुबैजना फर्केर जाऊ । जब तिमी त्यस ठाउँमा पुग्छौ जहाँ तिमीहरूले काम गरेका थियौ तब एक अर्काबाट छुट्टिऊ । (यस प्रकार कि) तिमीहरू एक अर्कालाई देख्न सक्दैनौ तिमीहरू दुबैको जिम्मामा एक एक वटा हज छ । (कुनै वर्ष) तिमीहरु दुबै जना आऊ र जब त्यस ठाउँमा पुग्छौ जहाँ तिमीहरूले त्यो काम गरेका थियौं । तब इह्राम बाँध र आफ्ना हजका रीति पूरा गर र कुर्बानी गर ।” (बैहकी)

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

फर्ज नमाज एक्लै वा जमाअतका साथ पढिसकेपछि पुनः त्यही नमाजको जमाअतमा सामेल हुनु

१) यजीद बिन अस्वद (रजि.) भन्छन्, “म हजको बेला अल्लाहका रसूल (स.) सँग थिएँ । मैले बिहानको नमाज उहाँ (स.) सँग खैफ मस्जिदमा पढें । उहाँ (स.) ले सलाम फेरे पछि दुई जनालाई सबैजनाको पछाडि उभिएको देख्नुभयो जसले उहाँ (स.) सँग नमाज पढेका थिएनन् । उहाँ (स.) ले भन्नुभयो “उनीहरुलाई म समक्ष लिएर आऊ ।” उनीहरुलाई ल्याए पछि उनीहरु डरले कापिरहेका थिए । उहाँ (स.) ले उनीहरुसँग सोध्नुभयो, “तिमी दुवैजनाले हामीहरुसँग नमाज किन नपढेको ?” उनीहरुले जवाफ दिए “हे अल्लाहका रसूल ! हामीहरु आफ्नो घरमा नमाज पढेर आएका थियौं ।” उहाँ (स.) ले भन्नुभयो “यसो नगर, यदि तिमीहरु घरबाट नमाज पढेर मस्जिद आउँदा मस्जिदमा नमाज भईरहेको छ भने तिमीहरु पनि जमाअतमा सामेल होऊ । यो नमाज तिमीहरुको लागि नफ्ल नमाज हुनेछ ।” (अह्मद, अबू दाऊद, तिर्मिजी, नसई, दार कुत्नी, इब्ने हिब्बान, हाकिम) २) अबू जर (रजि.) भन्छन्, “ अल्लाहका रसूल (स.) ले मलाई भन्नुभयो, ‘यदि तिमीहरुमाथि यस्ता शासकहरुले प्रधानता प्राप्त गरे जो नमाजलाई उसको समयभन्दा ढीला पढ्छन् भने तिमीहरुको अवस्था त्यतिबेला कस्तो हुने होला ?’ मैले भनें, ‘त्यसो भए तपाई मलाई ...

सलातुल् मरीज (बिरामीको नमाज)

१) इम्रान बिन हुसैन (रजि.) को भनाई छ , “ मलाई पाइल्स भएको थियो । मैले अल्लाहका रसूल (स.) सँग सोधें “नमाज कसरी पढ्ने ?” उहाँ (स.) ले भन्नुभयो “उभिएर नमाज पढ् यदि यसको सामथ्र्य छैन भने बसेर नमाज पढ । र यदि यसको पनि सामथ्र्य छैन भने आफ्नो दाहिनेतर्फ पल्टेर नमाज पढ ।” (बुखारी , अबू दाऊद , तिर्मिजी , नसई , इब्ने माजा) नसईमा यो वाक्य बढी उल्लेख भएको छ “र यदि यसको पनि सामथ्र्य छैन भने सीधा पल्टेर नमाज पढ । अल्लाह तआला कुनै प्राण माथि उसको सामथ्र्य भन्दा अधिक भार (जिम्मेवारी) राख्दैनन् ।” २) अली (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो “बिरामीले उभिएर नमाज पढ्नुपर्छ यदि ऊ यसको सामथ्र्य राख्छ भने र यदि यसको सामथ्र्य राख्दैन भने बसेर नमाज पढ्ने । यदि ऊ सज्दा गर्ने सामथ्र्य राख्दैन भने टाउकोले इशारा गर्ने र आफ्नो सज्दा गर्दा रुकूको तुलनामा अलि बढी झुक्ने । यदि ऊ बसेर नमाज पढ्ने सामथ्र्य राख्दैन भने किब्लातिर फर्केर आफ्नो दाहिनेतिर पल्टेर नमाज पढ्ने । यदि दाहिनेतिर पल्टने पनि सामथ्र्य छैन भने सिधा पल्टेर खुट्टाहरुलाई किब्लातिर गरेर नमाज पढ्ने ।” (दार कुत्नी) । यो हदीस कमजोर श्रेण...

तरावीह वा रमजान महिनाको कियाम

१) आइशा (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले एक रात मस्जिदमा नमाज पढ्नु भयो र धेरै जना उहाँ (स.) सँग सामेल भए । दोस्रो रात उहाँ (स.) ले नमाज पढ्नु भयो र अझै मानिसहरु सामेल भए । फेरी तेस्रो रात वा चौथो रात मानिसहरु भेला भए तर अल्लाहका रसूल (स.) बाहिर आउनु भएन । बिहान भएपछि उहाँ (स.) ले भन्नुभयो “मैले राती तिमीहरुलाई भेला भएको देखेको थिएँ तर मलाई केवल एउटा कुराले बाहिर आउनबाट रोक्यो र त्यो हो कि कतै यो नमाज तिमीहरुमाथि अनिवार्य नगरियोस् ।” यो रमजान महिनामा भएको थियो । (बुखारी , मुस्लिम , अबू दाऊद , नसई , इब्ने माजा , अह्मद , मालिक) २) उबै बिन कअ्ब (रजि.) को भनाई अनुसार उनी अल्लाहका रसूल (स.) समक्ष उपस्थित भए र सोधे “हे अल्लाहका रसूल ! आज राती (बितेको राती) मसँग एउटा अचम्मको घट्ना घट्यो ।” त्यस समय रमजान महिना चलिरहेको थियो । उहाँ (स.) ले भन्नुभयो , “ हे उबै ! त्यो के हो ?” उनले जवाफ दिए “मेरो घरमा केही महिलाहरुले मलाई भने , आज हामी कुरआन पढ्ने छैनौं , हामी त तपाइसँग नमाज पढ्नेछौं । अनि मैले उनीहरुलाई आठ रकअत नमाज पढाएँ । अनि वित्रको नमाज पढाएँ ।” अनि अल्लाहका रसूल (स) ले केह...