सीधे मुख्य सामग्री पर जाएं

इह्रामको अवस्थामा गर्न हुने कामहरू


१) अब्दुल्लाह बिन हुनैन (रजि.) भन्छन्, “म अब्दुल्लाह बिन अब्बास (रजि.) र मिस्वर (रजि.) का साथ “अब्वा” (मक्का र मदीनाको बीचमा पर्ने एउटा ठाउँ) मा थिएँ । इह्रामको अवस्थामा टाउको धुने विषयमा कुराकानी हुन लाग्यो । मिस्वर (रजि.) को बिचार अनुसार इह्रामको अवस्थामा टाउको धुने अनुमति छैन । इब्ने अब्बास (रजि.) को बिचार अनुसार यसमा कुनै आपत्ति छैन । यस विषयमा (जानकारी लिनको लागि) इब्ने अब्बास (रजि.) ले मलाई अबू अ‍ैयुब अन्सारी (रजि.) को मा पठाए । उनकोमा गएर म भनुँ कि ‘तपाईको भतिजा अब्दुल्लाह बिन अब्बास (रजि.) ले तपाईलाई सलाम भनेका छन् र सोधेका छन् कि इह्रामको अवस्थामा अल्लाहका रसूल (स.) आफ्नो टाउको कसरी धुने गर्नुहन्थ्यो ?’ मैले उनलाई कुवासँगै रहेको दुईवटा काठको बीचमा गुस्ल गरेको देखें । उनले एउटा लुगाले पर्दा गरेका थिए । जब उनलाई मेरो आगमनको आभास भयो तब उनले लुगा आफ्नो छाती नजिकै लगे उनको अनुहार देखिन थाल्यो । एउटा मान्छे उभिएर उनको टायकोमा पानी खन्याइरहेको थियो । अबू अ‍ैयूब (रजि.) ले आफ्नो दुबै हातले टाउको मल्न थाले । त्यसलाई अगाडि तिर लगे र पछाडि लगे (जब मैले फर्केर इब्ने अब्बास (रजि.) र मिस्वर (रजि.) लाई भने “अब देखि म तपाईसित कहिल्यै पनि विवाद गर्दिनँ । (बुखारी, मुस्लिम, मालिक, अबू दाऊद, नसई, इब्ने माजा, बैहकी)

२) उम्मे हुसैन (रजि.) को भनाई छ, “म अल्लाहका रसूल (स.) सँग हिज्जतुल् विदाअ्मा उपस्थित थिएँ । मैले उसामा बिन जैद (रजि.) र बिलाल (रजि.) लाई देखें कि दुईजनामध्ये एकजनाले अल्लाहका रसूल (स.) को उँटनीको लगाम समाति रहेका थिए । अर्कोले अल्लाहका रसूल (स.) लाई घामबाट छाँया दिन आफ्नो हातमा कपडा बोकिराखेका थिए । यहि अवस्थामा उहाँ (स.) ले रमिये जिमार समाप्त गर्नुभयो । (अह्मद, मुस्लिम, आदि)

३) उमर बिन अब्दुल्लाह (रह.) ले उस्मान (रजि.) का छोरा इबान (रह.) कहाँ एकजनालाई सोध्न पठाए कि के इह्रामको अवस्थामा आँखामा सुर्मा लगाउन सकिन्छ । र यदि लगाउन सकिन्छ भने के ले बनेको सुर्मा लगाउन सकिन्छ ? इबान (रह.) ले यसको जवाफमा भने ‘इह्रामको अवस्थामा ऐल्वा राख्न सकिन्छ किनकि मैले (मेरा बुबा) उस्मान (रजि.) ले यस विषयमा अल्लाहका रसूल (स.) को हदीस उल्लेख गर्नु भएको सुनेको छु । (मुस्लिम, अह्मद, बैहकी, अबू दाऊद, तिर्मिजी, नसई)

३) जाबिर (रजि.) को भनाई अनुसार अली (रजि.) जब यमनबाट फर्के तब उनले फातिमा (रजि.) लाई इह्राम खोलेपछि रङ्गीन लुगा लगाएकी छिन् र आँखामा सुर्मा लगाएकी देखे । अली (रजि.)लाई यो मन परेन । अनि फातिमा (रजि.) ले भनिन, कि मेरा बुबा (स.) ले मलाई यसको (अर्थात इह्राम खोल्ने) आदेश दिनुभएको छ ।” (अह्मद, मुस्लिम, अबू दाऊद, आदि)

४) यअ्ला बिन् उमैया (रजि.) को भनाई अनुसार एकजना गाउँले अल्लाहका रसूल समक्ष उपस्थित भयो र उसले एउटा यस्तो जुब्बा लगाइ राखेको थियो जसमा सुगन्ध लागेको थियो । उसले सोध्यो “हे अल्लाहका रसूल (स.) ! म इह्रामको अवस्थामा छु र मानिसहरु मलाई देखेर हाँसिरहेका छन् ।” अल्लाहका रसूल (स.) ले (सोंचेर) केही बेरको लागि टाउको झुकाउनु भयो अनि त्यस व्यक्तिलाई भन्नुभयो, “आफ्नो यो जुब्बा फुकाल र त्यसबाट यो केसरको (सुगन्ध) धोऊ ।” (बुखारी, मुस्लिम, अह्मद, मालिक, अबू दाऊद, नसई आदि)

५) आइशा (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो “पाँचवटा जनावरहरु यस्ता हुन् जसमध्ये प्रत्येक अवज्ञाकारी (हानीकारक) छन् । ती जनावरहरुलाई हरमको सीमामा वा इह्रामको अवस्थामा मारिने छ । चिथोर्ने र टोक्ने कुकुर, बिच्छी, काग, चील र मुसा ।” (बुखारी, मुस्लिम, अह्मद, नसई, तिर्मिजी, बैहकी आदि) । अर्को एउटा हदीसमा सर्प पनि उल्लेख गरिएको छ । (मुस्लिम, नसई, अह्मद, इब्ने माजा, बैहकी)

६) अस्मा बिन्त अबी बक्र (रजि.) को भनाई छ, हामीहरु अल्लाहका रसूल (स.) का साथ हजको लागि हिँड्यौ जुनबेला इह्राम बाँधेका थियौं ) जब हामी ‘उरुज’ (मक्का मुअज्जमा र मदीना मुनव्वराको बीचमा पर्ने एउटा ठाउँ) पुग्यौं तब अल्लाहका रसूल (स.) ले त्यहाँ बस्ने बन्दोबस्त गर्नुभयो । आइशा (रजि.) अल्लाहका रसूल (स.) को नजिक गएर बसिन् र म मेरो बुबा (अबू बक्र सिद्दीक (रजि.) सँग गएर बसें । अल्लाहका रसूल (स.) र अबू बक्र सिद्दीक (रजि.) का सामान एउटै उँटमाथि थियो जुन अबू बक्र सिद्दीक (रजि.) को दासको रेखदेखमा थियो । अबू बक्र सिद्दीक (रजि.) बसेर त्यस दासको प्रतिक्षा गर्न थाल्नुभयो । जब ऊ आयो तब ऊसँग उँट थिएन । अबू बक्र सिद्दीक (रजि.) ले उसलाई सोध्नुभयोः “उँट कहाँ छ ?” उसले जवाफ दियो “त्यो त हरायो ।” अबू बक्र सिद्दीक (रजि.) ले भन्नुभयो “एउटा मात्र उँट थियो र त्यसलाई पनि तिमीले गुमायौ ।” उनी त्यस दासलाई पिट्न थाल्नुभयो । अल्लाहका रसूल (स.) उनले पिटेको देखिरहनु भएको थियो र हाँसीराख्नु भएको थियो र भन्दै हुनुहुन्थ्यो “यस इह्राम बाँधेको व्यक्ति तिर हेर, यो के गरिरहेको छ ।” (अह्मद, अबू दाऊद, बैहकी)

७) इब्ने अब्बास (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले पीडाको कारणले आफ्नो टाउकोबाट रगत निकाल्न लगाउनु भयो जबकि उहाँ (स.) त्यसबेला इह्रामको अवस्थामा हुनुहुन्थ्यो । (बुखारी, मुस्लिम, अबू दाऊद, तिर्मिजी, नसई, अह्मद, आदि)

८) आइशा (रजि.) सँग सोधियो, “के इह्रामको अवस्थामा शरीर कन्याउन सकिन्छ ? उनले जवाफ दिइन् “अँ, बेस्सरी कन्याउन सकिन्छ ।” (बैहकी) । इब्ने उमर (रजि.) आफ्ना औंलाहरुको छेऊबाट आफ्नो टाउको कन्याउथे ।६ (बैहकी, साईद बिन मन्सूर)

९) इब्ने अब्बास (रजि.) को भनाई अनुसार एकजना व्यक्ति इह्रामको अवस्थामा आफ्नी उँटनीबाट खसेर मऱ्यो । अल्लाहका रसूल (स.) ले उसलाई गुस्ल गराएपछि उसको टाउको नछोप्ने आदेश दिनुभयो किनकी ऊ कयामतको दिन तल्बिया भन्दै उठ्नेछ । (बुखारी, मुस्लिम, अबू दाऊद, तिर्मिजी, नसई, इब्ने माजा, आदि)

१०) इब्ने अब्बास (रजि.) द्वारा उल्लेखित माथि कै हदीसको एउटा अर्को रिवायत (अर्को हदीसमा उल्लेख भएको भनाई) हो जसमा अल्लाहका रसूल (स.) का यी शब्दहरु उल्लेख भएका छन् “उसको अनुहार र टाउको नछोप किनकी ऊ कयामतको दिन तल्बिया भन्दै उठ्नेछ ।” (मुस्लिम, अह्मद)

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

फर्ज नमाज एक्लै वा जमाअतका साथ पढिसकेपछि पुनः त्यही नमाजको जमाअतमा सामेल हुनु

१) यजीद बिन अस्वद (रजि.) भन्छन्, “म हजको बेला अल्लाहका रसूल (स.) सँग थिएँ । मैले बिहानको नमाज उहाँ (स.) सँग खैफ मस्जिदमा पढें । उहाँ (स.) ले सलाम फेरे पछि दुई जनालाई सबैजनाको पछाडि उभिएको देख्नुभयो जसले उहाँ (स.) सँग नमाज पढेका थिएनन् । उहाँ (स.) ले भन्नुभयो “उनीहरुलाई म समक्ष लिएर आऊ ।” उनीहरुलाई ल्याए पछि उनीहरु डरले कापिरहेका थिए । उहाँ (स.) ले उनीहरुसँग सोध्नुभयो, “तिमी दुवैजनाले हामीहरुसँग नमाज किन नपढेको ?” उनीहरुले जवाफ दिए “हे अल्लाहका रसूल ! हामीहरु आफ्नो घरमा नमाज पढेर आएका थियौं ।” उहाँ (स.) ले भन्नुभयो “यसो नगर, यदि तिमीहरु घरबाट नमाज पढेर मस्जिद आउँदा मस्जिदमा नमाज भईरहेको छ भने तिमीहरु पनि जमाअतमा सामेल होऊ । यो नमाज तिमीहरुको लागि नफ्ल नमाज हुनेछ ।” (अह्मद, अबू दाऊद, तिर्मिजी, नसई, दार कुत्नी, इब्ने हिब्बान, हाकिम) २) अबू जर (रजि.) भन्छन्, “ अल्लाहका रसूल (स.) ले मलाई भन्नुभयो, ‘यदि तिमीहरुमाथि यस्ता शासकहरुले प्रधानता प्राप्त गरे जो नमाजलाई उसको समयभन्दा ढीला पढ्छन् भने तिमीहरुको अवस्था त्यतिबेला कस्तो हुने होला ?’ मैले भनें, ‘त्यसो भए तपाई मलाई ...

सलातुल् मरीज (बिरामीको नमाज)

१) इम्रान बिन हुसैन (रजि.) को भनाई छ , “ मलाई पाइल्स भएको थियो । मैले अल्लाहका रसूल (स.) सँग सोधें “नमाज कसरी पढ्ने ?” उहाँ (स.) ले भन्नुभयो “उभिएर नमाज पढ् यदि यसको सामथ्र्य छैन भने बसेर नमाज पढ । र यदि यसको पनि सामथ्र्य छैन भने आफ्नो दाहिनेतर्फ पल्टेर नमाज पढ ।” (बुखारी , अबू दाऊद , तिर्मिजी , नसई , इब्ने माजा) नसईमा यो वाक्य बढी उल्लेख भएको छ “र यदि यसको पनि सामथ्र्य छैन भने सीधा पल्टेर नमाज पढ । अल्लाह तआला कुनै प्राण माथि उसको सामथ्र्य भन्दा अधिक भार (जिम्मेवारी) राख्दैनन् ।” २) अली (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो “बिरामीले उभिएर नमाज पढ्नुपर्छ यदि ऊ यसको सामथ्र्य राख्छ भने र यदि यसको सामथ्र्य राख्दैन भने बसेर नमाज पढ्ने । यदि ऊ सज्दा गर्ने सामथ्र्य राख्दैन भने टाउकोले इशारा गर्ने र आफ्नो सज्दा गर्दा रुकूको तुलनामा अलि बढी झुक्ने । यदि ऊ बसेर नमाज पढ्ने सामथ्र्य राख्दैन भने किब्लातिर फर्केर आफ्नो दाहिनेतिर पल्टेर नमाज पढ्ने । यदि दाहिनेतिर पल्टने पनि सामथ्र्य छैन भने सिधा पल्टेर खुट्टाहरुलाई किब्लातिर गरेर नमाज पढ्ने ।” (दार कुत्नी) । यो हदीस कमजोर श्रेण...

तरावीह वा रमजान महिनाको कियाम

१) आइशा (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले एक रात मस्जिदमा नमाज पढ्नु भयो र धेरै जना उहाँ (स.) सँग सामेल भए । दोस्रो रात उहाँ (स.) ले नमाज पढ्नु भयो र अझै मानिसहरु सामेल भए । फेरी तेस्रो रात वा चौथो रात मानिसहरु भेला भए तर अल्लाहका रसूल (स.) बाहिर आउनु भएन । बिहान भएपछि उहाँ (स.) ले भन्नुभयो “मैले राती तिमीहरुलाई भेला भएको देखेको थिएँ तर मलाई केवल एउटा कुराले बाहिर आउनबाट रोक्यो र त्यो हो कि कतै यो नमाज तिमीहरुमाथि अनिवार्य नगरियोस् ।” यो रमजान महिनामा भएको थियो । (बुखारी , मुस्लिम , अबू दाऊद , नसई , इब्ने माजा , अह्मद , मालिक) २) उबै बिन कअ्ब (रजि.) को भनाई अनुसार उनी अल्लाहका रसूल (स.) समक्ष उपस्थित भए र सोधे “हे अल्लाहका रसूल ! आज राती (बितेको राती) मसँग एउटा अचम्मको घट्ना घट्यो ।” त्यस समय रमजान महिना चलिरहेको थियो । उहाँ (स.) ले भन्नुभयो , “ हे उबै ! त्यो के हो ?” उनले जवाफ दिए “मेरो घरमा केही महिलाहरुले मलाई भने , आज हामी कुरआन पढ्ने छैनौं , हामी त तपाइसँग नमाज पढ्नेछौं । अनि मैले उनीहरुलाई आठ रकअत नमाज पढाएँ । अनि वित्रको नमाज पढाएँ ।” अनि अल्लाहका रसूल (स) ले केह...