सीधे मुख्य सामग्री पर जाएं

तल्बिया


१) उम्मे सलमा (रजि.) भन्छिन्, “मैले अल्लाहका रसूल (स.) लाई भन्दै गरेको सुनेको छु “हे मुहम्मदका वंशका मानिसहरु हो ! तिमीहरूमध्येबाट जो हज गर्छ उसले तल्बिया भनोस् ।” (अह्मद)

२) जाबिर (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो “यदि कुनै व्यक्तिले दिन हुनासाथ इह्राम बाध्यो र तल्बिया भन्यो (र ऊ यसै अवस्थामा हुँदा) सूर्यास्त भयोभने सूर्य उसका पापहरुलाई लिएर अस्ताउँछ र ऊ पापहरुबाट यसरी पबित्र हुन्छ जसरी ऊ आफ्नो जन्मको दिन थियो ।” (अह्मद, इब्ने माजा, बैहकी, तबरानी)

३) अब्दुल्लाह बिन मस्ऊद (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो “सबैभन्दा उत्तम हज त्यो हो जसमा अज् (आवाज ठूलो पार्नु) र सज् (रगत बगाउनु) हुन्छ । अज्को अर्थ तल्बिया हो र सज्को अर्थ कुर्बानी हो ।” (मुस्नद अबी यअ्ला)

४) अब्दुल्लाह बिन उमर (रजि.) भन्छन्, मैले अल्लाहका रसूल (स.) लाई तल्यिा भन्दा यी शब्दहरु भन्नु भएको सनें

لَبَّيْكَ اللَّهُمَّ لَبَّيْكَ ، لَبَّيْكَ لَا شَرِيكَ لَكَ لَبَّيْكَ ، إِنَّ الْحَمْدَ وَالنِّعْمَةَ لَكَ وَالْمُلْكَ ، لَا شَرِيكَ لَكَ


अर्थः म उपस्थित छु । हे अल्लाह ! म उपस्थित छु, म उपस्थित छु, तिम्रो कोही साझेदार छैन, म उपस्थित छु । निसन्देह सारा प्रशंसा एवं धन्यवाद र अनुग्रह तिम्रै हुन् र शासन पनि तिम्रै हो । तिम्रो कोही साझेदार छैन ।
उहाँ (स.) यी शब्दहरु भन्दा बढी शब्दहरु भन्नु हुन्नथ्यो ।” (बुखारी, मुस्लिम, अह्मद, बैहकी, हाकिम, अबू दाऊद, तिर्मिजी, नसई, इब्ने माजा, आदि)

५) खुजैमा बिन साबित (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) तल्विया भन्न सकाए पछि अल्लाह तआला सित क्षमा याचना, अल्लाहको प्रसन्नता प्राप्ति र आगोबाट मुक्ति माग्नु हुन्थ्यो । (तबरानी)


६) जाबिर बिन अब्दुल्लाह (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) कुनै यात्रु दललाई देख्नु हुँदा, टिल्लोमा वा कुनै घाँटीबाट ओर्लनु हुँदा र फर्ज नमाज पछि र रातको अन्तिम प्रहरमा तल्बिया भन्नुहुन्थ्यो । (इब्ने असाकिर)

७) फज्ल बिन अब्बास (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले कुर्बानीको दिन जमरए उक्बामा कंकडहरु हान्ने कार्य (सक्दा) सम्म तल्बिया भन्नुभयो । (बुखारी, मस्लिम, अबू दाऊद, तिर्मिजी, नसई , अह्मद)

८) इब्ने अब्बास (रजि.) को भनाई छ “अल्लाहका रसूल (स.) उम्रहमा हजरे अस्वद चुमेपछि तल्वियालाई समाप्त पार्नुहुन्थ्यो ।” (तिर्मिजी)

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

फर्ज नमाज एक्लै वा जमाअतका साथ पढिसकेपछि पुनः त्यही नमाजको जमाअतमा सामेल हुनु

१) यजीद बिन अस्वद (रजि.) भन्छन्, “म हजको बेला अल्लाहका रसूल (स.) सँग थिएँ । मैले बिहानको नमाज उहाँ (स.) सँग खैफ मस्जिदमा पढें । उहाँ (स.) ले सलाम फेरे पछि दुई जनालाई सबैजनाको पछाडि उभिएको देख्नुभयो जसले उहाँ (स.) सँग नमाज पढेका थिएनन् । उहाँ (स.) ले भन्नुभयो “उनीहरुलाई म समक्ष लिएर आऊ ।” उनीहरुलाई ल्याए पछि उनीहरु डरले कापिरहेका थिए । उहाँ (स.) ले उनीहरुसँग सोध्नुभयो, “तिमी दुवैजनाले हामीहरुसँग नमाज किन नपढेको ?” उनीहरुले जवाफ दिए “हे अल्लाहका रसूल ! हामीहरु आफ्नो घरमा नमाज पढेर आएका थियौं ।” उहाँ (स.) ले भन्नुभयो “यसो नगर, यदि तिमीहरु घरबाट नमाज पढेर मस्जिद आउँदा मस्जिदमा नमाज भईरहेको छ भने तिमीहरु पनि जमाअतमा सामेल होऊ । यो नमाज तिमीहरुको लागि नफ्ल नमाज हुनेछ ।” (अह्मद, अबू दाऊद, तिर्मिजी, नसई, दार कुत्नी, इब्ने हिब्बान, हाकिम) २) अबू जर (रजि.) भन्छन्, “ अल्लाहका रसूल (स.) ले मलाई भन्नुभयो, ‘यदि तिमीहरुमाथि यस्ता शासकहरुले प्रधानता प्राप्त गरे जो नमाजलाई उसको समयभन्दा ढीला पढ्छन् भने तिमीहरुको अवस्था त्यतिबेला कस्तो हुने होला ?’ मैले भनें, ‘त्यसो भए तपाई मलाई ...

सलातुल् मरीज (बिरामीको नमाज)

१) इम्रान बिन हुसैन (रजि.) को भनाई छ , “ मलाई पाइल्स भएको थियो । मैले अल्लाहका रसूल (स.) सँग सोधें “नमाज कसरी पढ्ने ?” उहाँ (स.) ले भन्नुभयो “उभिएर नमाज पढ् यदि यसको सामथ्र्य छैन भने बसेर नमाज पढ । र यदि यसको पनि सामथ्र्य छैन भने आफ्नो दाहिनेतर्फ पल्टेर नमाज पढ ।” (बुखारी , अबू दाऊद , तिर्मिजी , नसई , इब्ने माजा) नसईमा यो वाक्य बढी उल्लेख भएको छ “र यदि यसको पनि सामथ्र्य छैन भने सीधा पल्टेर नमाज पढ । अल्लाह तआला कुनै प्राण माथि उसको सामथ्र्य भन्दा अधिक भार (जिम्मेवारी) राख्दैनन् ।” २) अली (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो “बिरामीले उभिएर नमाज पढ्नुपर्छ यदि ऊ यसको सामथ्र्य राख्छ भने र यदि यसको सामथ्र्य राख्दैन भने बसेर नमाज पढ्ने । यदि ऊ सज्दा गर्ने सामथ्र्य राख्दैन भने टाउकोले इशारा गर्ने र आफ्नो सज्दा गर्दा रुकूको तुलनामा अलि बढी झुक्ने । यदि ऊ बसेर नमाज पढ्ने सामथ्र्य राख्दैन भने किब्लातिर फर्केर आफ्नो दाहिनेतिर पल्टेर नमाज पढ्ने । यदि दाहिनेतिर पल्टने पनि सामथ्र्य छैन भने सिधा पल्टेर खुट्टाहरुलाई किब्लातिर गरेर नमाज पढ्ने ।” (दार कुत्नी) । यो हदीस कमजोर श्रेण...

तरावीह वा रमजान महिनाको कियाम

१) आइशा (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले एक रात मस्जिदमा नमाज पढ्नु भयो र धेरै जना उहाँ (स.) सँग सामेल भए । दोस्रो रात उहाँ (स.) ले नमाज पढ्नु भयो र अझै मानिसहरु सामेल भए । फेरी तेस्रो रात वा चौथो रात मानिसहरु भेला भए तर अल्लाहका रसूल (स.) बाहिर आउनु भएन । बिहान भएपछि उहाँ (स.) ले भन्नुभयो “मैले राती तिमीहरुलाई भेला भएको देखेको थिएँ तर मलाई केवल एउटा कुराले बाहिर आउनबाट रोक्यो र त्यो हो कि कतै यो नमाज तिमीहरुमाथि अनिवार्य नगरियोस् ।” यो रमजान महिनामा भएको थियो । (बुखारी , मुस्लिम , अबू दाऊद , नसई , इब्ने माजा , अह्मद , मालिक) २) उबै बिन कअ्ब (रजि.) को भनाई अनुसार उनी अल्लाहका रसूल (स.) समक्ष उपस्थित भए र सोधे “हे अल्लाहका रसूल ! आज राती (बितेको राती) मसँग एउटा अचम्मको घट्ना घट्यो ।” त्यस समय रमजान महिना चलिरहेको थियो । उहाँ (स.) ले भन्नुभयो , “ हे उबै ! त्यो के हो ?” उनले जवाफ दिए “मेरो घरमा केही महिलाहरुले मलाई भने , आज हामी कुरआन पढ्ने छैनौं , हामी त तपाइसँग नमाज पढ्नेछौं । अनि मैले उनीहरुलाई आठ रकअत नमाज पढाएँ । अनि वित्रको नमाज पढाएँ ।” अनि अल्लाहका रसूल (स) ले केह...