१) आइशा (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) का पवित्र पत्नीहरुमध्येबाट
कोही अल्लाहका रसूल (स.) का साथ इअ्तिकाफमा बसिन् जबकी उनी इस्तिहजाको अवस्थामा
थिइन् । उनी पहेलो र रातो रङ्ग देख्थिन् र केही समय हामी उनले नमाज पढ्ने क्रममा
उनको मुनी टाउको राख्थ्यौं ।” (बुखारी, अबु दाऊद, नसई, इब्ने माज)
**यदि महिला इअ्तिकाफमा बस्न
चाहन्छिन भने उसले आफ्नो पतिसँग अनुमति लिनु जरुरी छ । यदि उनी त्यसको अनुमति बिना
नै इअ्तिकाफमा बस्छिन् भने उसलाई (पतिलाई) रोक्ने अधिकार रहेको छ । अधिकतम्
विद्वानहरु (जसमा इमाम शाफिई (रह.) र इमाम अह्मद बिन हम्बल (रह.) समावेश छन्) का
अनुसार ऊ (पति) उनलाई (पत्नीलाई) अनुमति दिएर पनि अनुमति फिर्ता लिन सक्छ ।
हनफी विद्वानहरुका अनुसार पनि अनुमति दिएपछि आफ्नो अनुमतिलाई फिर्ता लिनु पाप
हो । इमाम मालिक (रह.) का अनुसार पनि अनुमति दिएपछि त्यसलाई फिर्ता लिने अधिकार
राख्दैन । (अल्–फत्ह अल्–रब्बानी)
टिप्पणियाँ