सीधे मुख्य सामग्री पर जाएं

संदेश

ज्ञानको महत्व

१) अबू हुरैरह (अल्लाह उनीबाट प्रसन्न होउन) ले भन्नुभयो कि मैले अबुल कासिम (उनीमाथि शान्ति होस्) लाइ भन्दै गरेको सुनें, "तिमीहरू मध्ये इस्लाममा उनीहरू राम्रा छन जो आचरणमा राम्रा छन जब कि उनीहरू बुझ्ने हुन्  ।" (अल्-अदब अल्-मुफ्रद) *अबुल कासिम अल्लाहका संदेष्टा को उपनाम हो  ।  २) अब्दुल्लाह बिन उमर (अल्लाह उनीबाट प्रसन्न होउन) को भनाई छ कि अल्लाहका रसूल (उनीमाथि अल्लाहको शान्ति होस्) ले भन्नुभयो, "मनुष्य नमाज पढ्छ , रोजा राख्छ, जकात दिन्छ, हज्ज र उमरा गर्छ तर महाप्रलय को दिन उसको बुद्धि (ज्ञान) अनुसार नै उसलाई प्रतिफल दिइनेछ  ।" (मिश्कात) 

छिमेकीको अधिकार

१) हजरत इब्ने अब्बास (रजियल्लाहु अन्हु ) ले भनेका छन कि मैले अल्लाहका रसूल (उनीमाथि सलामति होस्) लाइ भन्दै गरेको सुनें, "मोमिन ऊ होइन जो आफू त पेटभरि खान्छ तर उसको संगैको छिमेकी भोकले तड्पिरहेको हुन्छ  । (बैहकी)

अल्लाहको अनुग्रहप्रति कृतज्ञताको व्यवहार

१) हजरत अबुल अहवस (रजियल्लाहु अन्हु) को भनाई छ, म अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को सेवामा उपस्थित भएँ, मेरो लुगा एकदमै साधारण थियो । उहाँ (सल्लल्लाहु अलैहि वसल्लम) ले मलाई सोध्नुभयो, "के तिमीसंग धन छ ?" मैले जवाफ दिएँ, छ। उहाँ (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, कस्तो प्रकारको धन छ ?" मैले जवाफ दिएँ अल्लाहले मलाई सबै प्रकारका धन प्रदान गरेका छन्, जस्तै: ऊँट, गाई, घोडा र दास सबै कुराहरू मसंग छन्।" उहाँ (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, "यदि अल्लाहले तिमीलाई धन प्रदान गरेका छन् भने आफूमाथि उसको वरदान र कृपालाई दर्शाउनु पनि पर्दछ।" (बुखारी)

घमण्ड

१) हजरत अब्दुल्लाह बिन मसूद (रजियल्लाहु अन्हु) को भनाई छ कि अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, "स्वर्गमा त्यस्तो व्यक्ति प्रवेश पाउने छैन जसको मनमा रत्तिभर पनि घमण्ड होस् ।" एउटा  व्यक्तिले सोध्यो, "हरेक व्यक्ति चाहन्छ कि उसको लुगा राम्रो होस्, उसको जुत्ता राम्रो होस् ।" उहाँ (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, "अल्लाह जमील (राम्रा) छन् र जमाल (राम्रो देखिनु र हुनु) लाई मन पराउँछन् र घमण्ड भनेको मात्तिनु र मानिसहरूलाई तुच्छ ठान्नु हो । (हदीस)

दाहिने हातको प्रयोग

१) हजरत आइशा (रजियल्लाहु अन्हा) को भनाई छ कि अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) दाहिने हातलाई वुजू र खान पिउनको लागि प्रयोगमा ल्याउनु हुन्थ्यो र देब्रे हातलाई इस्तिन्ज़ा (दिसा पिसाब गरिसके पछि पानीले धोएर पवित्रता प्राप्त गर्नु) र यस प्रकारका कामहरूको लागि प्रयोग गर्नु हुन्थ्यो  । (अबू दाऊद)

तलाक

१) हजरत इब्ने उमर (रजियल्लाहु अन्हु) को भनाई छ कि अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, "हलाल (वैध) कार्यहरू मध्ये सबैभन्दा अप्रीय काम तलाक (सम्बन्ध बिच्छेद) हो  ।" (अबू दाऊद) 

चरित्रवान पति र पत्नी

१) हजरत अब्दुल्लाह बिन अम्र (रजियल्लाहु अन्हु) को भनाई छ कि अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, "सम्पूर्ण संसार एउटा "मता" (फाइदा प्राप्त गर्ने चीज) हो र संसारको सबभन्दा उत्तम मता असल र चरित्रवान पत्नी हो  ।" (मुस्लिम)  २) हजरत अबू हुरैरह  (रजियल्लाहु अन्हु) को भनाई छ कि अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, "जब तिमीलाई यस्तो व्यक्ति विवाहको प्रस्ताव दिन्छ जसको दीन (इस्लाम) र चरित्र तिमीलाई मन पर्छ भने ऊ संग बिवाह गर, यदि तिमी यसो गर्दैनौ भने फसाद र बर्बाद हुनेछ ।" (तिर्मिजी) ३) हजरत अबू हुरैरह  (रजियल्लाहु अन्हु) को भनाई छ कि अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, "कुनै आस्थावान पति र आस्थावान पत्नीसँग नारिसाओ स्  । यदि उसको एउटा बानी मन पर्दैन भने (हुन सक्छ कि) उसको अर्को बानी मन परोस् ।" (मुस्लिम) ४) हजरत अबू हुरैरह  (रजियल्लाहु अन्हु) को भनाई छ कि अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) जब कसैलाई विवाहको बधाई दिनुहुन्थ्यो तब भन्नुहुन्थ्य...