१) हजरत अब्दुल्लाह बिन अम्र (रजियल्लाहु अन्हु) को भनाई छ कि अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, "सम्पूर्ण संसार एउटा "मता" (फाइदा प्राप्त गर्ने चीज) हो र संसारको सबभन्दा उत्तम मता असल र चरित्रवान पत्नी हो ।" (मुस्लिम)
२) हजरत अबू हुरैरह (रजियल्लाहु अन्हु) को भनाई छ कि अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, "जब तिमीलाई यस्तो व्यक्ति विवाहको प्रस्ताव दिन्छ जसको दीन (इस्लाम) र चरित्र तिमीलाई मन पर्छ भने ऊ संग बिवाह गर, यदि तिमी यसो गर्दैनौ भने फसाद र बर्बाद हुनेछ ।" (तिर्मिजी)
३) हजरत अबू हुरैरह (रजियल्लाहु अन्हु) को भनाई छ कि अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, "कुनै आस्थावान पति र आस्थावान पत्नीसँग नारिसाओस् । यदि उसको एउटा बानी मन पर्दैन भने (हुन सक्छ कि) उसको अर्को बानी मन परोस् ।" (मुस्लिम)
४) हजरत अबू हुरैरह (रजियल्लाहु अन्हु) को भनाई छ कि अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) जब कसैलाई विवाहको बधाई दिनुहुन्थ्यो तब भन्नुहुन्थ्यो, "बारकल्लाहु लक व बारक अलैकुमा व जमअ बैनकुमा फी खैरिन" अर्थात "अल्लाह तिमीलाई बरकत देऊन्, र तिमी दुबैमाथि आफ्नो बरकतलाई छरिदेऊन् र तिमी दुबैको सम्बन्धलाई भलाईमा आधारित बनाउन ।" (अहमद)
टिप्पणियाँ