#महत्व लैलतुल् कद्र (कद्रको रात) को महत्व वर्ष भरिका अन्य सम्पूर्ण रातहरुभन्दा बढी छ । अल्लाह तआलको भनाई छ “निसन्देह हामीले यस (कुरआन) लाई कद्रको रातमा अवतरण गर्यौं । र कद्रको रात के हो तिमीलाई के थाहा ? कद्रको रात हजार महिनाभन्दा पनि उत्तम छ ।” १) अबू हुरैरह (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नु भयो “जो व्यक्ति आस्थाका साथ र पुण्य प्राप्तिको नियतले कद्रको रातमा कियाम गर्छ (रातभरी अल्लाहको उपासना गर्छ) उसका अतीतका सारा (साना) पापहरु क्षमा गरिदिइनेछ । (बुखारी , अबू दाऊद , अह्मद , नसई , इब्ने माजा) २) आइशा (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) सँग सोधियो “हे अल्लाहका रसूल ! यदि मैले कद्रको रात पाएँ भने (त्यस रात) कुन दुआ गरुँ ?” उहाँ (स.) ले भन्नुभयो “तिमी यो दुआ गरः اَللّٰهُمَّ اِنَّكَ عَفُوٌّ تُحِبُّ الْعَفْوَ فَاعْفُ عَنِّيْ. अर्थः हे अल्लाह ! तिमी क्षमाशील छौ , क्षमा गर्न मन पराउँछौ तसर्थ तिमी मलाई क्षमा गर । (अह्मद , नसई , इब्ने माजा , तिर्मिजी)
नेपाली भाषीहरूका लागि अल्लाहका रसूल (स.) का अमूल्य हदीसहरूको नेपाली अनुवाद।