सीधे मुख्य सामग्री पर जाएं

संदेश

उम्रहको आदेश

१) अबू रजीन अकीली (रजि.) भन्छन् , “ म अल्लाहका रसूल (स.) समक्ष उपस्थित भएँ र भनेँ “मेरो बुबा एकदमै बुढो हुनुहुन्छ । न हज गर्न सक्नुहुन्छ , न उम्रह र न यात्रा ।” उहाँ (स.) ले भन्नुभयो “तिमी आफ्नो बुबाको तर्फबाट हज तथा उम्रह गर ।” (अबू दाऊद , तिर्मिजी , नसई , इब्ने माजा , बैहकी) २) जैद बिन साबित (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो “हज र उम्रह दुबै फर्ज हुन् । तिमी कुनबाट सुरु गर्छौ यसले केही फरक पर्दैन ।” **यो मस्लक इमाम शाफिई (रह.) , इमाम अह्मद बिन हम्बल (रह.) , इमाम दाऊद जाहिरी (रह.) , इमाम इस्हाक (रह.) , इमाम सुफ्यान सौरी (रह.) र धेरै फकीहहरु   (विधिशास्त्रीहरु) को हो । यस (मस्लक) को भनाई सहाबीहरु मध्येबाट उमर (रजि.) , अब्दुल्लाह बिन अब्बास (रजि.) , अब्दुल्लाह बिन उमर (रजि.) र जाबिर (रजि.) द्वारा र ताबिईहरु मध्येबाट ताऊस (रह.) , सईद बिन मुसैयिब (रह.) , सईद बिन जुबैर (रह.) , इब्ने सीरीन (रह.) , हसन बसरी (रह.) , शअ्बी (रह.) र मस्रुक (रह.) द्वारा उल्लेख भएको पाइन्छ । यसै (मस्लक) लाई इमाम बुखारी (रह.) र अरु धेरै मुहद्दिसहरुले अपनाएका छन् ...