१) अबू रजीन अकीली (रजि.) भन्छन्, “म अल्लाहका रसूल (स.) समक्ष उपस्थित भएँ र भनेँ “मेरो बुबा
एकदमै बुढो हुनुहुन्छ । न हज गर्न सक्नुहुन्छ, न उम्रह र न यात्रा ।” उहाँ (स.) ले भन्नुभयो “तिमी आफ्नो
बुबाको तर्फबाट हज तथा उम्रह गर ।” (अबू दाऊद, तिर्मिजी, नसई, इब्ने माजा, बैहकी)
२) जैद बिन साबित (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो “हज र
उम्रह दुबै फर्ज हुन् । तिमी कुनबाट सुरु गर्छौ यसले केही फरक पर्दैन ।”
**यो मस्लक इमाम शाफिई (रह.), इमाम अह्मद बिन हम्बल (रह.), इमाम दाऊद जाहिरी (रह.), इमाम इस्हाक (रह.), इमाम सुफ्यान सौरी (रह.) र धेरै फकीहहरु (विधिशास्त्रीहरु) को हो । यस (मस्लक) को भनाई
सहाबीहरु मध्येबाट उमर (रजि.), अब्दुल्लाह बिन अब्बास (रजि.), अब्दुल्लाह बिन उमर (रजि.) र जाबिर (रजि.) द्वारा र
ताबिईहरु मध्येबाट ताऊस (रह.), सईद बिन मुसैयिब (रह.), सईद बिन जुबैर (रह.), इब्ने सीरीन (रह.), हसन बसरी (रह.), शअ्बी (रह.) र मस्रुक (रह.) द्वारा उल्लेख भएको पाइन्छ ।
यसै (मस्लक) लाई इमाम बुखारी (रह.) र अरु धेरै मुहद्दिसहरुले अपनाएका छन् । इमाम
अबू हनीफा (रह.) र इमाम अबू सौर (रह.) का अनुसार उम्रह फर्ज होइन सुन्नत हो । यस
मस्लकको भनाई सहाबीहरुमध्येबाट अब्दुल्लाह बिन मस्ऊद (रजि.) र ताबिईहरुमध्येबाट
इब्राहीम नखई (रह.) द्वारा उल्लेख गरिएको पाइन्छ । यिनीहरुको प्रमाण निम्न लिखित
हदीसहरु हुन् ।
३) जाबिर (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) समक्ष एकजना गाउँले आयो र
उसले सोध्यो, “हे
अल्लाहका रसूल ! मलाई बताउनु होस् कि के उमरह फर्ज हो ?” अल्लाहका रसूल (स.) ले भन्नुभयो “होइन” । अँ यदि तिमी उम्रह
गर्छौ भने त्यो तिम्रो लागि उत्तम हो ।” (तिर्मिजी, अह्मद, बैहकी, इब्ने अबी शैबा)
४) इब्ने अब्बास (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो, “हज जिहाद हो र उम्रह ततव्वुअ् (नफ्ल) हो ।” (बैहकी, हैसमी)
**मत भिन्नताको कारण: पहिलो मस्लकलाई मान्नेहरुका अनुसार अल्लाह तआलाको भनाई “व
अतिम्मुल् हज्ज वल् उम्रत (अर्थात हज तथा उम्रह पूरा गर)” मा इत्माम (अतिम्मु
अर्थात पूरा गर) को अर्थ कायम गर्नु हो । यस कारणले यो आदेश प्रत्येक व्यक्तिको
लागि हो चाहे उसले “उम्रह” मा प्रवेश गरेको होस् वा नहोस् । दोस्रो मस्लकलाई
मान्नेहरुका अनुसार “इत्माम” को आदेश केवल त्यस व्यक्तिको लागि हो जसले इह्राम
बाँधिसकेको छ र ऊ “उम्रह” मा प्रवेश गरेको होस् वा नहोस् । दोस्रो मस्लकलाई
मान्नेहरुका अनुसार “इत्माम” को आदेश केवल त्यस व्यक्तिको लागि हो जसले इह्राम
बाँधिसकेको छ र ऊ “उम्रह” मा प्रवेश भएको छ । त्यसबेला उसको लागि उम्रहका
क्रियाकलापहरु पूरा गर्ने र तिनीहरुलाई बाँकी नराख्ने आदेश हो किनकि कुनै पनि काम
चाहे त्यो फर्ज अतिरिक्त काम होस् प्रारम्भ गरेपछि त्यसलाई पूरा गर्नु जरुरी हुन्छ
।
टिप्पणियाँ