१) हजरत अबू हुरैरह (रजियल्लाहु अन्हु) को भनाई छ कि अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, "नाबीहरू मध्ये एक जना नाबीलाई कमिलाले टोक्यो, त उनले कमिलाको पुरै घरलाई बाल्ने आदेश दिए । अल्लाहले उहाँ तर्फ प्रकाशना गरे र भने कि तिमीलाई एउटा कमिलाले टोकेको थियो तर तिमीले अल्लाहको गुनगान गर्ने एउटा समूहलाई नै आगोले जलाई दियौ ।" (बुखारी)
२) हजरत सुहैल बिन हन्ज़लह (रजियल्लाहु अन्हु) को भनाई छ कि एकचोटी अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) एउटा यस्तो उँटको नजिकबाट जाँदै हुनुहुन्थ्यो जसको ढाड पेटसँगै टाँसिएको थियो । उहाँ (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, "यी बोल्न नसक्ने जनावरहरूको बिषयमा अल्लाहसँग डराऊ उनीहरूमाथि सवारी गर जब कि उनीहरू यस लायक छन् र उनीहरूलाई छाडी देऊ जब कि उनीहरू भित्र केही ज्यान बाँकी होस् ।" (अबू दाऊद)
टिप्पणियाँ
ma islam presentation committee
kuwait ma nepali daee ko rupma karyarat chhu. hamilai pani ipc office le web site banayer diyeko chha.http:ipcblogger.net/ibrahim
tapaai ko pani blog malaai raamro laagyo. yadi haami sabai jaana le nepaali bhaasa maa post garna thaalyau bhane inshaa Allah chaandai nai thulo pariwartan hune chh, In Shaa Allah !