१) हजरत जाबिर बिन अब्दुल्लाह (रजियल्लाहु अन्हु) को भनाई छ कि अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, "अल्लाह त्यस व्यक्तिमाथि दया गर्दैनन् जो मानवजातिमाथि दया गर्दैन ।" (बुखारी र मुस्लिम)
२) अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, "निस्सन्देह
अल्लाह ती व्यक्तिहरूलाई पवित्र पार्दैनन जो लाचारहरूलाई उनीहरूको अधिकार
दिदैनन्।" (मिश्कात)
३) हजरत अबू हुरैरह (रजियल्लाहु अन्हु) को भनाई छ कि अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, "(दास र दासीहरु) तिम्रा भाई (बहिनी) हुन् जसलाई अल्लाहले तिम्रा अधिनमा दिएका छन् । जसको अधिनमा दास छ उसले उसलाई त्यसैबाट खुवाउनु पर्छ जुन आफै खान्छ र त्यसैबाट लुगा लगाउन दिनुपर्छ जुन आफैले लगाउँछ । र, उसलाई कुनै यस्तो कामको जिम्मा दिनु हुँदैन जसको ऊ सामर्थ्य राख्दैन । यदि यस्तो आवश्यकता पर्यो भने स्वयंले पनि उसको सहायता गर्नुपर्छ ।" (बुखारी)
४) हजरत अली (रजियल्लाहु अन्हु) ले भन्नुभयो कि अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को जीवनका अन्तिम शब्दहरू यी थिए (१) नमाज नमाज (२) जो तिम्रा अधिनमा छन् उनको संबन्धमा तिमीहरू अल्लाहको भय राख।" (अल-अदब अल-मुफरद)
५) हजरत जाबिर (रजियल्लाहु अन्हु) को भनाई छ कि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, "तीन कुराहरू यस्ता छन्, जसमा ती कुराहरू पाइने छन्, अल्लाह उसको मृत्युलाई सरल बनाई दिनेछन र उसलाई स्वर्गमा प्रवेश गराउने छन् । (क) कमजोरहरू सँग नारामी गर्नु (ख) माता पिताका साथ प्रेम (ग) दास दासीहरूसँग राम्रो व्यवहार ।" (तिर्मिजी)
६) अली बिन अबी तालिब (अल्लाह उनीबाट प्रसन्न होउन्) को भनाई छ, अल्लाहका रसूल (उनीमाथी शान्ति होस्) ले भन्नुभयो, "पीडितको श्राप (बद दुवा) बाट बच किनभने ऊ केवल अल्लाहसँग आफ्नो अधिकार माग्दछ र अल्लाह हकवालाको हकलाई रोक्दैनन ।" (मिश्कात्)
टिप्पणियाँ