१) हजरत शुरैह (रजियल्लाहु अन्हु) को भनाई छ कि अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, "तिमी मध्ये जो अल्लाह र आखिरत (परलोक) को दिन माथि आस्था राख्दछ उसले केवल राम्रो बचन मुखबाट निकालोस् वा मौन रहोस् । र, जो अल्लाह र आखिरतको दिन माथि आस्था राख्दछ ऊ पाहुनालाई इज्ज़त गरोस् । उसको सत्कारको अवधि एक दिन र एक रात हो र सामान्य सत्कारको अवधि तीन दिन हो । त्यसपछि जे पनि हुन्छ त्यो सद्का हो । र, उसको लागि वैध छैन कि ऊ कसैकोमा यति दिनसम्म बसोस् कि उस (घरवाला) लाई कठिनाई होस् । (अल्-अदब अल्-मुफरद)
१) यजीद बिन अस्वद (रजि.) भन्छन्, “म हजको बेला अल्लाहका रसूल (स.) सँग थिएँ । मैले बिहानको नमाज उहाँ (स.) सँग खैफ मस्जिदमा पढें । उहाँ (स.) ले सलाम फेरे पछि दुई जनालाई सबैजनाको पछाडि उभिएको देख्नुभयो जसले उहाँ (स.) सँग नमाज पढेका थिएनन् । उहाँ (स.) ले भन्नुभयो “उनीहरुलाई म समक्ष लिएर आऊ ।” उनीहरुलाई ल्याए पछि उनीहरु डरले कापिरहेका थिए । उहाँ (स.) ले उनीहरुसँग सोध्नुभयो, “तिमी दुवैजनाले हामीहरुसँग नमाज किन नपढेको ?” उनीहरुले जवाफ दिए “हे अल्लाहका रसूल ! हामीहरु आफ्नो घरमा नमाज पढेर आएका थियौं ।” उहाँ (स.) ले भन्नुभयो “यसो नगर, यदि तिमीहरु घरबाट नमाज पढेर मस्जिद आउँदा मस्जिदमा नमाज भईरहेको छ भने तिमीहरु पनि जमाअतमा सामेल होऊ । यो नमाज तिमीहरुको लागि नफ्ल नमाज हुनेछ ।” (अह्मद, अबू दाऊद, तिर्मिजी, नसई, दार कुत्नी, इब्ने हिब्बान, हाकिम) २) अबू जर (रजि.) भन्छन्, “ अल्लाहका रसूल (स.) ले मलाई भन्नुभयो, ‘यदि तिमीहरुमाथि यस्ता शासकहरुले प्रधानता प्राप्त गरे जो नमाजलाई उसको समयभन्दा ढीला पढ्छन् भने तिमीहरुको अवस्था त्यतिबेला कस्तो हुने होला ?’ मैले भनें, ‘त्यसो भए तपाई मलाई ...
टिप्पणियाँ