१) हजरत नोमान बिन बशीर (रजियल्लाहु अन्हु) को भनाई छ, उन (रजियल्लाहु अन्हु) ले भने मेरा बुबाले मलाई एउटा उपहार दिनुभयो । मेरी आमा उम्रह (रजियल्लाहु अन्हा) ले भन्नुभयो, "जबसम्म तपाई अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई यस कुराको साक्षी बनाउनु हुन्न म मान्दिन ।" उनी (हजरत नोमानका पिता) अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ गए र भने, "हे अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ! मैले मेरो छोरालाई एउटा उपहार दिएको छु ऊ उम्रह्को कोखबाट जन्मेको हो । उम्रहले malaaee तपाईलाई (यसमा) साक्षी बनाउन भनेकी छिन् ।" उहाँ (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, "के तिमीले आफ्ना सम्पूर्ण बच्चाहरूलाई यसरी नै उपहार दिएका छौ ?" उन (रजियल्लाहु अन्हु) ले भन्नुभयो, "छैन ।" उहाँ (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, "अल्लाहको भय राख र आफ्ना सन्तानहरू बीच निसाफ गर ।" उहाँ (नोमान) (रजियल्लाहु अन्हु) ले भने कि उनी (नोमानका पिता) फर्किए र आफूले दिएको उपहार फिर्ता लिए । (बुखारी)
*अर्को हदीसमा छ कि उहाँ (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, "म अत्याचारमा साक्षी बस्दिन ।"
टिप्पणियाँ