१) हजरत इब्ने उमर (रजियल्लाहु अन्हु) को भनाई छ कि एकजना व्यक्ति उहाँसँग बसिरहेको थियो र उसका धेरै छोरीहरू थिए । उसले आफ्ना छोरीहरूको मृत्युको इच्छा जाहेर गर्यो । हजरत इब्ने उमर (रजियल्लाहु अन्हु) ऊसँग सार्है रिसाउनु भयो र भन्नुभयो, "के तिमी उनीहरूलाई खुवाउँछौ ?!" (अल्-अदब अल्-मुफ्रद)
२) हजरत आइशा (रजियल्लाहु अन्हा) को भनाई छ, उनी भन्छिन, "एउटी महिला आफ्नी दुईजना छोरीलाई लिएर म कहाँ आइन र मसँग (केही खानेकुरा) मागिन । तर उनले मबाट एउटा खजुर मात्र पाइन्. मैले त्यो उनलाई दिएँ । उनले त्यस खाजुरलाई आफ्नी छोरीहरूमा भाग लगाइन तर स्वयंले त्यसबाट केही पनि खाइनन् । त्यसपछि उनी उभिइन र घरबाट निस्केर गइन । (त्यहि समय) नबी (सल्लल्लाहु अलैहि वसल्लम) आउनुभयो । मैले यो पुरै वृत्तान्त वहाँलाई सुनाएँ । त्यसपछि उहाँ (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, "जुन व्यक्तिलाई यी छोरीजरूद्वारा परिक्षामा पारिन्छ (अर्थात उसको घरमा छोरीहरूको जन्म हुन्छ) । अनि ऊ उनीहरूसँग राम्रो व्यवहार गर्छ भने ती छोरीहरू उसको लागि नर्कको आगोबाट बचाउने (साधन) बन्ने छिन् ।" (बुखारी र मुस्लिम)
टिप्पणियाँ