१) हजरत आइशा (रजियल्लाहु अन्हा) को भनाई छ, उनी भन्छिन, "एउटी महिला आफ्नी दुईजना छोरीलाई लिएर म कहाँ आइन र मसँग (केही खानेकुरा) मागिन । तर उनले मबाट एउटा खजुर मात्र पाइन्. मैले त्यो उनलाई दिएँ । उनले त्यस खाजुरलाई आफ्नी छोरीहरूमा भाग लगाइन तर स्वयंले त्यसबाट केही पनि खाइनन् । त्यसपछि उनी उभिइन र घरबाट निस्केर गइन । (त्यहि समय) नबी (सल्लल्लाहु अलैहि वसल्लम) आउनुभयो । मैले यो पुरै वृत्तान्त वहाँलाई सुनाएँ । त्यसपछि उहाँ (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, "जुन व्यक्तिलाई यी छोरीजरूद्वारा परिक्षामा पारिन्छ (अर्थात उसको घरमा छोरीहरूको जन्म हुन्छ) । अनि ऊ उनीहरूसँग राम्रो व्यवहार गर्छ भने ती छोरीहरू उसको लागि नर्कको आगोबाट बचाउने (साधन) बन्ने छिन् ।" (बुखारी र मुस्लिम)
१) यजीद बिन अस्वद (रजि.) भन्छन्, “म हजको बेला अल्लाहका रसूल (स.) सँग थिएँ । मैले बिहानको नमाज उहाँ (स.) सँग खैफ मस्जिदमा पढें । उहाँ (स.) ले सलाम फेरे पछि दुई जनालाई सबैजनाको पछाडि उभिएको देख्नुभयो जसले उहाँ (स.) सँग नमाज पढेका थिएनन् । उहाँ (स.) ले भन्नुभयो “उनीहरुलाई म समक्ष लिएर आऊ ।” उनीहरुलाई ल्याए पछि उनीहरु डरले कापिरहेका थिए । उहाँ (स.) ले उनीहरुसँग सोध्नुभयो, “तिमी दुवैजनाले हामीहरुसँग नमाज किन नपढेको ?” उनीहरुले जवाफ दिए “हे अल्लाहका रसूल ! हामीहरु आफ्नो घरमा नमाज पढेर आएका थियौं ।” उहाँ (स.) ले भन्नुभयो “यसो नगर, यदि तिमीहरु घरबाट नमाज पढेर मस्जिद आउँदा मस्जिदमा नमाज भईरहेको छ भने तिमीहरु पनि जमाअतमा सामेल होऊ । यो नमाज तिमीहरुको लागि नफ्ल नमाज हुनेछ ।” (अह्मद, अबू दाऊद, तिर्मिजी, नसई, दार कुत्नी, इब्ने हिब्बान, हाकिम) २) अबू जर (रजि.) भन्छन्, “ अल्लाहका रसूल (स.) ले मलाई भन्नुभयो, ‘यदि तिमीहरुमाथि यस्ता शासकहरुले प्रधानता प्राप्त गरे जो नमाजलाई उसको समयभन्दा ढीला पढ्छन् भने तिमीहरुको अवस्था त्यतिबेला कस्तो हुने होला ?’ मैले भनें, ‘त्यसो भए तपाई मलाई ...
टिप्पणियाँ