१) जरीर (रजि.) ले पिसाब गरे पछि वुजु गरे र आफ्नो छालाका मोजाहरुमा मसह गरे । त्यहाँ उपस्थित भएकाहरुले सोधे “तपाई यसो गर्नु हुन्छ ?” उहाँ (रजि.) ले जवाफ दिए “हो, मैले अल्लाहका रसूल (स.) लाई देखें कि उहाँ (स.) ले पिसाब गरे पछि वुजु गर्नु भयो र आफ्नो छालाको मोजामाथि मसह गर्नुभयो ।” (बुखारी र मुस्लिम)
२) मुगीरह बिन शुअ्बा (रजि.) को भनाई छ कि अल्लाहका रसूल (स.) ले वुजु गर्नुभयो र आफ्नो जुर्राबमाथि र जुत्तामाथि२ मसह गर्नुभयो । (अबू दाऊद, तिर्मिजी, इब्ने माजा)
३) मुगीरह बिन शुअ्बा (रजि.) को भनाई छ, “एक रात म अल्लाहका रसूल (स.) सँगै हिड्दै थिएँ । मैले (वुजु बनाउनको लागि) अल्लाहका रसूल (स.) को हातमा पानी हालें । उहाँ (स.) ले आफ्नो अनुहार र हात धुनुभयो र टाउको माथि मसह गर्नुभयो । अनि म उहाँ (स.) को मोजा फुकाल्नको लागि झुकें । उहाँ (स.) ले भन्नुभयो, यो नफुकाल, मैले यसलाई प्रवित्रता (वुजु ) को अवस्थामा लगाएको थिएँ ।” । (बुखारी, मुस्लिम, अहमद)
[मालिकी, शाफिई र हम्बली बिद्वानहरुको यही मसलक हो । हनफी बिद्वानहरुका अनुसार उसको खुट्टामा मोजा वा जुराब लगाउँदा पवित्र र धोएको हुुनु पर्याप्त छ । स्वयं उसको वुजुको अवस्थामा हुनु जरुरी छैन । (अल्–फिक्ह अला अल्–मजाहिब अल्–अर्बआ) । यस मत भिन्नता को कारण यो हो कि माथिको हदीसमा “मैले यसलाई पवित्रताको अवस्थामा लगाएको थिएँ” बाट दुई वटै अर्थ लिन सक्छ ।]
४) अली (रजि.) को भनाई छ, “यदि दीन (इस्लाम) बिचारमाथि आधारीत भएको भए खुट्टाको माथिको भागको सट्टा तलको भागमा मसह गर्नुपर्ने हुन्थ्यो तर मैले अल्लाहका रसूल (स.) लाई देखें कि उहाँ (स.) ले खुट्टाको माथिको भागमा मसह गर्नुभयो ।” (अबू दाऊद, दार कुत्नी)
५) सफ्वान बिन अस्साल (रजि.) भन्नु हुन्छ, अल्लाहका रसूल (स.) ले हामीलाई पवित्रताको अवस्थामा लगाएको मोजमाथि यात्राको बेला तीन दिन र तीन रात मसह गर्ने र घरमा भएको बेला एक दिन र एक रात मसह गर्ने र जनावतको अवस्था (गुस्ल अनिवार्य भएको अवस्था) बाहेक अरु कुनै अवस्थामा मोजा नफुकाल्ने आदेश दिनुभयो । (शाफिई, अहमद, इब्ने खुजैमा, तिर्मिजी, नसई)
*हदीसहरुमा आधारित भएर निम्नलिखित अवस्थाहरुले मसह अमान्य हुन्छः
क) मसहको अवधि समाप्त हुनु ख) जनाबतको अवस्था (गुस्ल अनिवार्य भएको अवस्था) मा (ग) छालाको मोजा वा जुर्राबलाई फुकालेपछि र फुकाल्दा वुजु गरिदैन भने
टिप्पणियाँ