सीधे मुख्य सामग्री पर जाएं

पवित्र हुनुको निम्ति नुहाउनु

१) अबू सईद (रजि.) को भनाई छ कि अल्लाहका रसूल (स.) ले भन्नुभयो, “पानी (वीर्य) ले पानी (गुस्ल) अनिवार्य गर्छ ।” (मुस्लिम)  

*अर्थात उत्तेजनाका साथ मनी (वीर्य) निस्केपछि नुहाउनु अनिवार्य हुन्छ ।यदि मनी (वीर्य) उत्तेजनाका साथ नभई कुनै रोग वा चिसोको कारणले निस्कन्छ भने गुस्ल अनिवार्य हुँदैन । 

मुजाहिद भन्नुहुन्छ, हामी (इब्ने अब्बास (रजि.) का शिष्यहरु) म्स्जिदमा घेरा बनाएर बसिरहेका थियौं र इब्ने अब्बास (रजि.) नमाज पढिरहेका थिए । त्यतिन्जेल एउटा व्यक्ति आयो र हाम्रो नजिक उभिएर भन्न थाल्यो, “कोही मुफ्ती (धार्मिक सुझाव दिने बिद्वान) छ ?” हामीले भन्यौं, प्रश्न सोध ।” उसले भन्यो जब मँ पिसाब गरिसक्छु त्यसपछि मनी (वीर्य) निस्कन्छ ।” हामीले भन्यौं, “तिमीमाथि गुस्ल गर्नु अनिवार्य हुन्छ ।” त्यो व्यक्ति फर्केर गयो तर उसलाई चित्त बुझेन र ऊ पटक पटक आफ्नो प्रश्न सोधिरह्यो । इब्ने अब्बास (रजि.) ले तुरुन्तै आफ्नो नमाज सकाउनु भयो र इक्रीमा (रजि.) लाई भन्नुभयो, “त्यस व्यक्तिलाई म समक्ष लिएर आऊ ।” र हामीलाई भन्नुभयो, “तिमीहरुले त्यस व्यक्तिलाई के फत्वा (धार्मीक सुझाव) दियौ ? के अल्लाहको पुस्तक (पवित्र कुरआन) बाट फत्वा दिएका हौं ?” हामीले भन्यौं, “होइन”। उहाँ (रजि.) ले सोध्नुभयो, “के अल्लाहका रसूल (स.) को सुन्नतलाई आधार बनाएर फत्वा दिएका हौं ?” हामीले भन्यौ, “होइन” । उहाँ (रजि.) ले सोध्नुभयो, “के अल्लाहका रसूल (स.) का सहाबीहरु (रजि.) लाई आधार बनाएर फत्वा दिएका हौ ? हामीले भन्यौं “होइन” । उहाँ (रजि.) ले भन्नुभयो, “अनि केलाई आधार बनाएरतिमीहरुले यो फत्वा दिएका हौ ?” हामीले भन्यौं “आफ्नो बिचार र सादृश्यलाई आधार बनाएर । उहाँ (रजि.) ले भन्नुभयो, “त्यसैले त अल्लाहका रसूल (स.) को भनाई छ कि एउटा आलिम (बिद्वान) शैतानमाथि हजारजना आबिद (केबल उपसनागर्ने व्यक्ति जससँग ठोस ज्ञान हुँदैन) भन्दा बढी शक्तिशाली हुन्छ । यतिकैमा त्यो व्यक्ति आयो र इब्ने अब्बास (रजि.) ले ऊसँग सोधे, “पिसाब गरि सके पछि मनी निस्कदा के तिमीलाई अगाडिको भागमा उत्तेजना महसुस हुन्छ ?” त्यस व्यक्तिले भन्यो “हुँदैन” । फेरी ऊसँग सोधे “के तिमीलाई आफ्नो शरीर सिरिङ्ग भएको महसुस हुन्छ ?” उसले भन्यो “हुँदैन” । उहाँ (रजि.) ले भन्नुभयो, “यो त केवल पानी निस्केको मात्र हो, तिम्रो लागि केवल वुजु गर्नु पर्याप्त हुनेछ ।”

२) उम्मे सुलैम (रजि.) ले अल्लाहका रसूल (स.) सँग सोध्नुभयो, “ हे अल्लाहका रसूल ! अल्लाह तआला सत्यता वर्णन गर्न लजाउदैनन् । के स्त्रीलाई स्वप्न दोष हुन्छ भने गुस्ल अनिवार्य हुन्छ ?” उहाँ (स.) ले भन्नुभयो, “हुन्छ, जब ऊ पानी लागेको देख्छिन् ।” (बुखारी र मुस्लिम)

३) आइशा (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) सँग सोधियोः कसैले आफ्नो लुगा भिजेको देख्यो तर उसलाई स्वप्न दोष याद छैन । “उहाँ (स.) ले भन्नुभयो, “उसले गुस्ल अनिवार्य रुपले गर्नुपर्नेछ ।” सोधियो, “कसैलाई यो आभाष हुन्छ कि उसलाई स्वप्न दोष भएको छ तर उसको लुगा भिजेको छैन ।” उहाँ (स.) ले भन्नुभयो, “उसले गुस्ल गर्नु अनिवार्य छैन ।” (अहमद, अबू दाऊद, तिर्मिजी, इब्ने माजा)

४) सईद बिन मुसैयब (रजि.) को भनाई अनुसार मूसा अश्अरी (रजि.) ले आईशा (रजि.) लाई भने, “म तपाईसँग एउटा प्रश्न सोध्न चाहन्छु तर मलाई लाज लागिरहेको छ ।” उनी (रजि.) ले भने, “सोध्नुहोस् र नलजाउनुहोस् किनभने म तपाई कि आमा हुँ” (अल्लाहका रसूल (स.) कि सम्पूर्ण पत्नीहरु आस्थावानहरु कि आमा हुन्) । उनी (रजि.) ले सोधे, “पुरुष स्त्रीसँग समागम गर्छ तर स्खलन हुँदैन (के यस अवस्थामा गुस्ल अनिवार्य हुन्छ ? । आइशा (रजि.) ले भनिन्, “यदि दुबै गुप्ताङ्ग एक अर्काको सम्पर्कमा आउँछन् भने गुस्ल अनिवार्य हुन्छ (यद्यपि स्खलन भएको नहोस्)” । (मुस्नद इमाम अहमद, मुअत्ता इमाम मालिक)

५) फातिमा बिन्त अबू हबीश (रजि.) को भनाई अनुसार अल्लाहका  रसूल (स.) ले भन्नुभयो, “रजस्वलाको बेलामा तिमीहरु नमाज नपढ । रजस्वला समाप्त भए पछि गुस्ल गर र नमाज पढ ।” (बुखारी र मुस्लिम)

*यहाँ रजस्वलाको विषयमा आदेश आएको छ तर सम्पूर्ण सहाबीहरु (रजि.) को यसमा सहमति रहेको छ कि यहि आदेश सुत्केरी अवस्थामा रहेकी स्त्रीको विषयमा पनि रहेको छ ।







टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

फर्ज नमाज एक्लै वा जमाअतका साथ पढिसकेपछि पुनः त्यही नमाजको जमाअतमा सामेल हुनु

१) यजीद बिन अस्वद (रजि.) भन्छन्, “म हजको बेला अल्लाहका रसूल (स.) सँग थिएँ । मैले बिहानको नमाज उहाँ (स.) सँग खैफ मस्जिदमा पढें । उहाँ (स.) ले सलाम फेरे पछि दुई जनालाई सबैजनाको पछाडि उभिएको देख्नुभयो जसले उहाँ (स.) सँग नमाज पढेका थिएनन् । उहाँ (स.) ले भन्नुभयो “उनीहरुलाई म समक्ष लिएर आऊ ।” उनीहरुलाई ल्याए पछि उनीहरु डरले कापिरहेका थिए । उहाँ (स.) ले उनीहरुसँग सोध्नुभयो, “तिमी दुवैजनाले हामीहरुसँग नमाज किन नपढेको ?” उनीहरुले जवाफ दिए “हे अल्लाहका रसूल ! हामीहरु आफ्नो घरमा नमाज पढेर आएका थियौं ।” उहाँ (स.) ले भन्नुभयो “यसो नगर, यदि तिमीहरु घरबाट नमाज पढेर मस्जिद आउँदा मस्जिदमा नमाज भईरहेको छ भने तिमीहरु पनि जमाअतमा सामेल होऊ । यो नमाज तिमीहरुको लागि नफ्ल नमाज हुनेछ ।” (अह्मद, अबू दाऊद, तिर्मिजी, नसई, दार कुत्नी, इब्ने हिब्बान, हाकिम) २) अबू जर (रजि.) भन्छन्, “ अल्लाहका रसूल (स.) ले मलाई भन्नुभयो, ‘यदि तिमीहरुमाथि यस्ता शासकहरुले प्रधानता प्राप्त गरे जो नमाजलाई उसको समयभन्दा ढीला पढ्छन् भने तिमीहरुको अवस्था त्यतिबेला कस्तो हुने होला ?’ मैले भनें, ‘त्यसो भए तपाई मलाई ...

सलातुल् मरीज (बिरामीको नमाज)

१) इम्रान बिन हुसैन (रजि.) को भनाई छ , “ मलाई पाइल्स भएको थियो । मैले अल्लाहका रसूल (स.) सँग सोधें “नमाज कसरी पढ्ने ?” उहाँ (स.) ले भन्नुभयो “उभिएर नमाज पढ् यदि यसको सामथ्र्य छैन भने बसेर नमाज पढ । र यदि यसको पनि सामथ्र्य छैन भने आफ्नो दाहिनेतर्फ पल्टेर नमाज पढ ।” (बुखारी , अबू दाऊद , तिर्मिजी , नसई , इब्ने माजा) नसईमा यो वाक्य बढी उल्लेख भएको छ “र यदि यसको पनि सामथ्र्य छैन भने सीधा पल्टेर नमाज पढ । अल्लाह तआला कुनै प्राण माथि उसको सामथ्र्य भन्दा अधिक भार (जिम्मेवारी) राख्दैनन् ।” २) अली (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो “बिरामीले उभिएर नमाज पढ्नुपर्छ यदि ऊ यसको सामथ्र्य राख्छ भने र यदि यसको सामथ्र्य राख्दैन भने बसेर नमाज पढ्ने । यदि ऊ सज्दा गर्ने सामथ्र्य राख्दैन भने टाउकोले इशारा गर्ने र आफ्नो सज्दा गर्दा रुकूको तुलनामा अलि बढी झुक्ने । यदि ऊ बसेर नमाज पढ्ने सामथ्र्य राख्दैन भने किब्लातिर फर्केर आफ्नो दाहिनेतिर पल्टेर नमाज पढ्ने । यदि दाहिनेतिर पल्टने पनि सामथ्र्य छैन भने सिधा पल्टेर खुट्टाहरुलाई किब्लातिर गरेर नमाज पढ्ने ।” (दार कुत्नी) । यो हदीस कमजोर श्रेण...

तरावीह वा रमजान महिनाको कियाम

१) आइशा (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले एक रात मस्जिदमा नमाज पढ्नु भयो र धेरै जना उहाँ (स.) सँग सामेल भए । दोस्रो रात उहाँ (स.) ले नमाज पढ्नु भयो र अझै मानिसहरु सामेल भए । फेरी तेस्रो रात वा चौथो रात मानिसहरु भेला भए तर अल्लाहका रसूल (स.) बाहिर आउनु भएन । बिहान भएपछि उहाँ (स.) ले भन्नुभयो “मैले राती तिमीहरुलाई भेला भएको देखेको थिएँ तर मलाई केवल एउटा कुराले बाहिर आउनबाट रोक्यो र त्यो हो कि कतै यो नमाज तिमीहरुमाथि अनिवार्य नगरियोस् ।” यो रमजान महिनामा भएको थियो । (बुखारी , मुस्लिम , अबू दाऊद , नसई , इब्ने माजा , अह्मद , मालिक) २) उबै बिन कअ्ब (रजि.) को भनाई अनुसार उनी अल्लाहका रसूल (स.) समक्ष उपस्थित भए र सोधे “हे अल्लाहका रसूल ! आज राती (बितेको राती) मसँग एउटा अचम्मको घट्ना घट्यो ।” त्यस समय रमजान महिना चलिरहेको थियो । उहाँ (स.) ले भन्नुभयो , “ हे उबै ! त्यो के हो ?” उनले जवाफ दिए “मेरो घरमा केही महिलाहरुले मलाई भने , आज हामी कुरआन पढ्ने छैनौं , हामी त तपाइसँग नमाज पढ्नेछौं । अनि मैले उनीहरुलाई आठ रकअत नमाज पढाएँ । अनि वित्रको नमाज पढाएँ ।” अनि अल्लाहका रसूल (स) ले केह...