१) हजरत अबू हुरैरह (रजियल्लाहु अन्हु) को भनाई छ कि एकजना महिला वा एकजना युवा मस्जिदमा कुचो लगाउने गर्दथे । एकदिन अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम ) ले उसलाई नदेखेपछि उसको बारेमा सोध्नुभयो । सबै जनाले भने कि उनको देहान्त भईसक्यो । उहाँ (सल्लल्लाहु अलैहि वसल्लम ) ले भन्नुभयो कि मलाई सूचना किन नदिएको ? उहाँ (रजियल्लाहु अन्हु) को भनाई छ कि सबै जनाले उसको मृत्युलाई एउटा साधारण घटना जानेर उहाँ (सल्लल्लाहु अलैहि वसल्लम ) लाई सूचना दिएनन् । उहाँ (सल्लल्लाहु अलैहि वसल्लम ) ले भन्नुभयो, "मलाई उसको कब्र देखाऊ ।" सबैजनाले कब्र देखाईदिए । उहाँ (सल्लल्लाहु अलैहि वसल्लम ) ले कब्रमा पुगेर नमाज़े जनाजह पढ्नुभयो । ( बुखारी )
१) यजीद बिन अस्वद (रजि.) भन्छन्, “म हजको बेला अल्लाहका रसूल (स.) सँग थिएँ । मैले बिहानको नमाज उहाँ (स.) सँग खैफ मस्जिदमा पढें । उहाँ (स.) ले सलाम फेरे पछि दुई जनालाई सबैजनाको पछाडि उभिएको देख्नुभयो जसले उहाँ (स.) सँग नमाज पढेका थिएनन् । उहाँ (स.) ले भन्नुभयो “उनीहरुलाई म समक्ष लिएर आऊ ।” उनीहरुलाई ल्याए पछि उनीहरु डरले कापिरहेका थिए । उहाँ (स.) ले उनीहरुसँग सोध्नुभयो, “तिमी दुवैजनाले हामीहरुसँग नमाज किन नपढेको ?” उनीहरुले जवाफ दिए “हे अल्लाहका रसूल ! हामीहरु आफ्नो घरमा नमाज पढेर आएका थियौं ।” उहाँ (स.) ले भन्नुभयो “यसो नगर, यदि तिमीहरु घरबाट नमाज पढेर मस्जिद आउँदा मस्जिदमा नमाज भईरहेको छ भने तिमीहरु पनि जमाअतमा सामेल होऊ । यो नमाज तिमीहरुको लागि नफ्ल नमाज हुनेछ ।” (अह्मद, अबू दाऊद, तिर्मिजी, नसई, दार कुत्नी, इब्ने हिब्बान, हाकिम) २) अबू जर (रजि.) भन्छन्, “ अल्लाहका रसूल (स.) ले मलाई भन्नुभयो, ‘यदि तिमीहरुमाथि यस्ता शासकहरुले प्रधानता प्राप्त गरे जो नमाजलाई उसको समयभन्दा ढीला पढ्छन् भने तिमीहरुको अवस्था त्यतिबेला कस्तो हुने होला ?’ मैले भनें, ‘त्यसो भए तपाई मलाई ...
टिप्पणियाँ